अनुभुती – पढेर शेयर गर्न नभुल्नुहोस् !!

उनि_र_मेरो_बिवाह भैसकेको थियो ! हंसिलो अनुहार,चिम्सो आँखा,लामो कपाल,मिलेको जिउडाल, अनि नम्र बोलि ! म घरी-घरी जिस्किदै सोध्थ्यें भगवानले तिम्लाई किन यत्ती राम्री बनाएको होलाहै? उनि हांस्दै जवाफ दिन्थिन खोई…. मलाई अझ धेरै जिस्काउन मन लाग्थ्यो म जिस्काई रहन्थ्यें उनि हांस्दै हांस्दै जवाफ दिई रहन्थिन ! उनि कहिल्यै रिसाईन्न उनिलाई रिसाउन आंउदैनथ्यो होला सायद । कित लुकि लुकि रिसाउंथिन् कित हाँस्दा हाँस्दै रिसाउंथिन् तर म संङ्ग कहिल्यै रिसाईन्न ! हाम्रो बिहे भएको लामो समय पस्चात छोरा जन्मियो परिवारमा खुशीको माहोल आयो ! छोरा कुन महिना कुन साल कति गते जन्मियो एकिन गर्न सकिन मलाई यति यादछ हाम्रो घर वरिपरिको पहाडमा सेतै हिउँ जमि रहेको थियो । गाउँलेहरुले मलाई जिस्काउँथे सौजनले जाडोमा सुप मज्जाले खाने भयो ! भाले कति वाटाछ? फेरि सबै खाई देलास् ?त्यसो नगर्नुनि म हाँस्दै टाउको हल्लाएर गर्दिन भन्ने ईसारा दिन्थ्येँ । हाम्रो खुशी धेरै दिन टिकेन केहि समय पछि हाम्रो छोरा खस्यो नरमाईलो लाग्यो उनि बेस्सरी रोईन् उनि रुंदा नरोउन काली रोएर केहि फाईदा छैन आफ्नो भाग्यमा नभएको कुरा जतिनै कोशिस गरेनी पाईन्दैन भन्दै सम्झाउँथे । तर मपनी लुकि लुकि रुन्थ्यें ! छोरा खसेपछी उनि धेरै रोईन्न हाम्रो घर वरिपरिको पहाडमा जमेको सेतो हिउँ पग्लेर पहाडहरु हरियो देखिन थाली सकेको थियो तर उनि रुन छाडेकि थिईन्न ! उनि कमजोर भैसकेकी थिन्न मोटो गाला दुब्लो भैसकेको थियो हात-खुट्टा स-सानो भैसकेको थियो गाउँ घरमा मान्छेहरुले कुरा गर्न थाली सकेको थिए अव सौजन त्यो घरबाट सरेन भने उस्को बुडि पनि मर्छ ! यस्तो खवर सुन्दा मलाई बिरक्त लाग्थ्यो दु:ख लाग्थ्यो ठुलो स्वरमा चिच्याएर रुन मन लाग्थ्यो कति पल्ट हिंड्दा हिंड्दै रोएकोछु घाँसको भारी बोक्दा बोक्दै रोएकोछु ! दिमागमा एउटा डरले जरा गाडी सकेकोथियो सौजनले त्यो घर छाडेन भने उस्को बुडि पनि मर्छ ! आफुले आफुलाई भन्दा धेरै मायां गर्ने मान्छेलाई म गुमाउन चाहान्थ्यें मैले सोची सकेको थिएं अव यो घरमात्र होईन यो ठाउँनै छाडेर जाने भनेर ! घाँसको भारी बिसाएर चौताराम बसि रहेको थिएँ काकि गाउँ डुलेर फर्किदै गर्द त्यहिं भेटें काकि ….हाओ ……कताबाट आउनु भएको ? पारी गाको थ्यें अनि बुहारी कस्तोछ जेठा ? भन्दै सोध्नु भयो काकी पहिलेको जस्तैछ ….लु जेठा त्यो घरबाट सर …म पनि सोच्दैछु बेलुका काका लाई पठाई दिनुन सल्लाह गर्नु पर्यो !बेलुका काका आउनु भयो किन बोलाईस् हौ केटा ?? काका एउटा सल्लाह गर्नु पर्यो भनेरनि लु भन्न..काका मलाई यो घरले फापेन अव बसांई जानु पर्यो !तंलाई पनि ठुलै दसा लागेको रैछ केटा कता जाने बिचार गर्दैछस् अनि यो घर जग्गा केगर्छ ? ससुराली गाउँ तिर जानु पर्यो यो जग्गा काकाले बन्दकी खाई दिनु पर्यो । हौ केटा भनेको बेला पैसा हुदैन अव एक हप्ता पर्खी म बन्द बस्त गर्दिन्छु यता तँपनी केके गर पैसा उठाउनु पर्ने छ भने उठाउनु थालहै म ऐले जान्छु भन्दै जानु भयो । एक हप्ता पछि काकाले मेरो हातमा -५२,हजार थमाउदै भन्नु भयो लुमैले यतिनै सकेँ ऐले यत्तिको कागज गरौं अनि अर्को याममा अलिकती बण थप्दिन्छु त्यत्रो घर जग्गा -५२,हजारमा दायाँ बायाँ औंठाछप हान्दिएं दुखी पनि थिएं खुशी पनि थिएँ त्यत्रो घर जग्गा छाड्न मन त थिएन तर दिमागमा डरले घर बनाई सकेको थियो । मेरि उनि बाँची रहिन भने मलाई पुग्थ्यो त्यो रात हामी एक्कै ठाउँमा बसेर रोयौं मेरो छातिमा ठाउको राखेर रुदैं रुदैं सोधिन्न मैले गर्दा तपाईले धेरै दु:ख पाउनु भयो काली यस्तो कुरा नगरन आँसु रोकिएन आँसु निरन्तर बगि रह्यो बगि रह्यो ! त्योरात त्यतिकै बित्यो बिहान काका काकी आउनु भयो जेठा कहिले काहिंत आईजहै जेठी धेरै पिर नलिनु पिरले खान्छ भन्दै काकिले पोल्टोबाट मिश्रि निकालेर लु बुहारी बाटोमा कैंडा लाग्छ यो खानु अनि केहि हुँदैन भन्दै दिनु भयो । अव हाम्रो हिड्ने समय भैसकेको थियो लु काका काकी यो घर जग्गा राम्ररी हेरि दिनु यो कुकुर माथीनै लागगेर पाल्नु म अर्को याममा मात्र आउँछु उस्लाई पनि ल्याउँछु हुन्छ केटा राम्रो सङ्गजानु उता पुगेपछि खबर पठाउनुहै यति भनेर हामी छुट्टियौँ कुकुरले हेरि रहेको थियो उ बाचिन्जेल हाम्रो बाटो हेरिरहनेछ सायद ! घर ओझेल पर्न थाली सकेको थियो बाटोमा खोला आयो मौले सोधें कालि पानी खान्छौं? उन्ले भन्निन खान्छुनी अव यो खोलाको पानी खान कति बर्स कुर्नु पर्छ भन्दै पानी खाईन मैले पनि खांए ! एक अन्जुली पानीले उन्लाई भिजाई दिएं उन्लेपनी हांस्दै हांस्दै मलाई भिजाईदिन्न ! ठुलो खोलाको लामो पुल तर्दै तर्दै बिचमा पुगेको थियौं अनायसै ट्रेनको हर्न बज्यो म झसङ्ग भएं बाहिर हेरें मान्छेको भिडभाड थियो तब मात्र मलाई थाहा भयो मत मिठो भ्रममापो थिएछु ! मिठो भ्रम बाट यथार्थमा आउंदा त बहराईचको ट्रेन स्टेसनमापो आई पुगेछु । दिमाग हल्लियो यो कस्तो भ्रमहो? मलाई मात्र यस्तो हुन्छकी अरुलाई पनि हुन्छ ? मेरो भ्रमकि रानी कहाँ होलिन? के? उन्ले पनि मलाई भ्रमको दुनियाँमा पाउंछिन् हामी बसांई नगएको भए उनि साँच्चिकै मर्थिनत?ऐले सम्म बिहे नगरेको मान्छेको बिहे भयो छोरा जन्मियो छोरा मर्यो बसाँई सर्न पर्यो मेरो अंगालोमा बांधिर मैले गर्दा तपाईले दु:ख पाउनु भयो भन्ने प्रश्न गरिन्न ! त्यत्रो समय बित्यो तर हामिले कुन साल मा बिहे गरेको थियो ? त्यो एकिन गर्न सकिन के? मैले लेखेको यो कथाको कसैले रिप्लाई लेख्छकी लेख्दैन यस्तै यस्तै सोचेर एकछिन रन्थनिएं साल यकिन गर्ने कोशिस गरें सकिन एउटा चुरोट र एक बोत्तल बानी खाएर आफ्नो बाटो लागे !

,

Leave a Reply

Your email address will not be published. Required fields are marked *