मिर्गौला तस्करी आरोपमा “सइ”सहित चार जनालाई पक्राउ ।

काठमाडौं । काभ्रे वाङ्थलीका विष्णु खड्काले ख्याल–ख्यालमै भने–‘मोटरसाइकल चढ्नुपर्ने । मिर्गौला किन्ने कोही छैन ? भन है साथी हो ।’

उनले यसो भनेपछि मिर्गौला तस्कर सम्पर्कमा आइहाले ।तस्करसँग सम्पर्क गराउनेमध्ये एक थिए, प्रहरीकै सई योगेन्द्रराज थपलिया । उनी सशस्त्र प्रहरी १ नम्बर गणमा कार्यरत थिए । उनले मिर्गौला किन्ने एक व्यक्ति सम्पर्कमा रहेको बताएपछि कुरा गर्न खड्का राजी भए ।

थपलियाले प्रहरीकै पूर्वहवल्दार थनितसिंह गुरुङकी दिदीलाई मिर्गौला चाहिएको कुरा सुनाए । त्यसबापत ५ लाख रुपैयाँ पाउने आश्वासन दिए । खड्काले उनको कुरा पत्याए । गुरुङ र उनका सहयोगी रमेश कार्कीसँग भारतको दिल्ली जान खड्का तयार भए । उनलाई गुरुङकी दिदी दिल्लीमा उपचाररत रहेको भनिएको थियो । दिल्ली पुग्नुअगावै उनले परिवारसँग सम्पर्क गर्न खोजे तर गुरुङले दिएनन् ।

दिल्लीस्थित एक अस्पतालमा मिर्गौला झिक्ने तय भयो । त्यही बेला साउन ११ गते खड्कालाई उद्दार गरिएको महानगरीय प्रहरी परिसर प्रवक्ता डीएसपी होविन्द्र बोगटीले बताए । महानगरीय प्रहरी वृत्त महाराजगन्जको टोलीले भारतीय प्रहरीको समन्वयमा उनलाई उद्दार गरेको हो ।

महानगरीय प्रहरी वृत महाराजगन्जका प्रमुख डीएसपी फडिन्द्र प्रसाईले मिर्गौला तस्करी गर्न खोजेको आरोपमा सइसहित चार जनालाई पक्राउ गरिएको बताए । अन्नपूर्ण पोस्ट् दैनिकले खबर छापेको छ ।

,

Leave a Reply

Your email address will not be published. Required fields are marked *