जन्डिसमा बेसार खाए आँखा पहेंलो हुने भए साग खाँदा हरियो र गोलभेंडा खाँदा रातो किन नहुने ?

‘जन्डिस रोग नभएर, रोगको एउटा लक्षण मात्र हो’ भनेर डाक्टरहरुले जतिसुकै भने पनि धेरै बिरामीहरु यो कुरालाई मान्न तयार हयेका छैनन् । जन्डिस, पहेँलो जोरो अथवा कमलपित्त कलेजो सम्बन्धी एक रोगको लक्षण हो । रगतमा बिलिरूबिन नामक तत्वको मात्रा बढी हुन गएमा जन्डिस हुन्छ ।खाएको खाना पचाउन सहयोग गर्ने कलेजोमा प्रदूषित खानपान, फोहोर पानी र अत्याधिक रक्सी, चुरोट र सुर्तीजन्य पदार्थले असर गरेको हुन्छ । असर बढ्दै गएमा जन्डिसको संक्रमण बढ्ने सम्भावना देखिन्छ । जन्डिस रोग होइन, शरीरमा भएको अन्य खतरनाक रोगको एउटा कारण मात्र हो । जन्डिस एउटा लक्षण हो ।

हेपाटाइटिस वा प्यानक्रियाजमा क्यान्सर लागेमा जन्डिस देखिने गरिन्छ । जन्डिसका बारेमा समाजमा फैलिएको हावा कुराका करणले गर्दा जाने बुझेका मानिसहरु पनि जन्डिस हुँदा मुख बार्नु पर्छ भन्ने गर्छन् । डा. मुकेश शर्मा पौडेलका अनुसार कलेजोमा समस्या हुने बिरामीलाई खाना नरुच्ने, उल्टी आउने हुदा शरीर कमजोर हुने, जाँगर नचल्ने हुन सक्छ ।यस्तो बेलामा बिग्रेको कलेजोलाई सुधार्न, बिरामीको शरीरमा ऊर्जा ल्याउन पर्याप्त मात्रामा पोषिलो खाना खान जरुरी हुन्छ । जन्डिस भएका व्यक्तिलाई भेट्न आउने व्यक्तिले यो खानु हुन्न, त्यो खानु हुन्न भनेर सुझाव दिने गर्छन् । यस्ता विभिन्न कुरा मान्दै जाने हो भने जन्डिसको बेलामा बिरामीले केहि पनि खानु पाउँदैन । मुख नमिठो गराउने रोग, पौष्टिक आहार नपाएरै भएको हुने गर्दा मनपर्ने खानेकुरा खान नदिएर नानाथरी मुख बार्न लगाएर बिग्रेको कलेजोलाई झन बिगार्दै रोग बढ्दै जान्छ ।

पोषिलो आहार खाएमा दुई हफ्तामा निको हुने रोगलाई मुख बारेर निको हुनलाई दुई देखि तीन महिना समेत लग्न सक्छ । नेपाली समाजमा जन्डिस भएका बरामीलाई बेसार हालेको तरकारी खुवाउनु हुँदैन भन्ने मान्यता छ । तरकारीमा बेसार हाल्दा खानेकुरा आकर्षक तथा मिठो हुने गर्छ । डा. मुकेशका अनुसार बेसार खाएर आँखा पहेंलो हुने भए हाम्रो आँखा साग खाँदा हरियो र गोलभेंडा खाँदा किन रातो भएन त ? बेसारको जन्डिससँग टाढाको सम्बन्ध पनि नभएको करणले जन्डिसका बिरामीलाई बेसार खुवाउँदा केही पनि हानि गर्दैन ।मुख बार्नु परेमा जन्डिस भएको बेलामा चुरोट, रक्सी तथा सुर्तीजन्य पदार्थको सेवन गर्नु हुदैन । यसको सेवनले कलेजोलाई बिगारेर बिरामीको मृत्यु समेत हुन सक्छ । त्यसैले जन्डिस भएका बिरामीहरुलाई मुख बार्न प्रोत्साहन गर्नु भन्दा पनि जन्डिस रोग नभई लक्षण मात्र हो र पोषण युक्त खानेकुरा खाने गर्दा जन्डिस छिट्टै निको हुन्छ भनेर सम्झाउनु पर्छ ।सैनामैना

Leave a Reply

Your email address will not be published. Required fields are marked *