मिना आचार्य प्रधानमन्त्री पुत्रीका रुपमा कहिलै चिनिन चाहन्नन्

४५ वर्षदेखि भने नेपालको विकास, अर्थतन्त्र, लैंङ्गिक सम्बन्ध, वैदेशिक सहयोग, श्रम बजार, राजनीति, गरिबी र योजनाजस्ता विषयमा अनुसन्धानरत छिन्।

अर्थशास्त्री मीना आचार्यले जीवनको उर्वर समय २५ वर्ष राष्ट्र बैंकमा बिताइन्। त्यसपछिका ४५ वर्षदेखि भने नेपालको विकास, अर्थतन्त्र, लैंङ्गिक सम्बन्ध, वैदेशिक सहयोग, श्रम बजार, राजनीति, गरिबी र योजनाजस्ता विषयमा अनुसन्धानरत छिन्। ८२ वर्षकी आचार्यका एक दर्जनभन्दा बढी पुस्तक, दर्जनौं प्राज्ञिक लेख तथा अनुसन्धान प्रकाशित छन्। आचार्यले विश्व बैंक, युएनडिपी, एसियाली विकास बैंकजस्ता संस्थामा परामर्शदाताको रुपमा काम पनि गरिसकेकी छन्। अहिले सरकारले गठन गरेको नीति तथा अनुसन्धान प्रतिष्ठानको सञ्चालक समिति सदस्यका रुपमा कार्यरत छिन्।

१० वर्ष बुबाको मुख देख्न नपाउँदा
१९९४ सालमा काठमाडौँको धोबीखोलामा पिता टंकप्रसाद आचार्य र माता रेवन्तकुमारी आचार्यकी जेठी सन्तानको रुपमा मीनाको जन्म भयो। उनका बुबा टंकप्रसाद नेपालको पहिलो संगठित राजनीतिक पार्टी नेपाल प्रजा परिषद्का संस्थापक अध्यक्ष थिए। राणाकालमा यस्तो काम गर्नु ज्यानको जोखिम मोल्नु थियो। विश्व उज्यालोतर्फ लम्किरहेको बेला नेपालमा भने विद्यालय थिएनन्। यस्ता कुराको माग गर्ने र स्वतन्त्र राजनीतिको वकालत गर्ने उनी राणाको आँखाको कसिंगर हुने भइहाले। त्यसैले त मीना जन्मेको तीन वर्षमै घर, जग्गा र समग्र सम्पत्ति जफत भयो।

यसपछिका १० वर्ष उनले बुबाको मुखसमेत हेर्न पाइनन्। बुबा जेल परेपछि, बुबाकहाँ जाने भनेर मीना रोइछन्। एक पटक उनकी आमाले बुबाका लागि खाना पु¥याउन जेल जाँदा सँगै लिएर गएकी थिइन्। त्यहाँका कर्मचारीले कसैगरी उनलाई भेटन दिएनन्। उनकी आमाले कपडा खोलेर सबै चेक जाँच गरेर पठाउँछु, एक पटक भेट्न पठाइदेऊ भन्दा पनि दिएनन्। मीना एकोहोरो रोइरहे पनि भेट्न नपाएपछि उनकी आमाले उनलाई बोकेर पछाडिबाट अलि अग्लो ठाउँबाट गोलघर देखाउँदै भनिछन्, ‘ऊ त्यही घरमा बुबा बस्नुहुन्छ। अब अलि पछि भेट्ने ल !’

बुबा जेल परेपछि भने धनुषाको सिर्सिया गाउँमा पु-याइयो। त्यहाँ उनका हजुरबुबाले अति माया गरेर हुर्काए। उनलाई त्यतिबेला हजुरबुबाले भन्थे रे, ‘छोरा जेल परिहाल्यो, यही रैछ मेरो छोरा।’

मीनालाई छोरा हजुर बाले पुरुष भेष लगाइदिन्थे। उनलाई आफूसँगै सधैँ लिएर जाने हजुरबुबाले बनारस पनि लगे।
उनको स्कुले यात्रा भने धनुषामा भयो। त्यस बखतको धुले स्कुलमा उनको पहिलो शिक्षा सुरु भयो। उनकी आमा रेवन्तकुमारीले आफ्नै प्रयासले लेखपढ गर्न जानेकी थिइन्। उनलाई त्यो बेला एबिसिडी लेखपढ गर्न आउँथ्यो। आफूले सिकेका कुरा नै छोरीलाई पनि पढाउँथिन्।

आमाले अक्षर चिन्नु र पढ्नुको महत्त्व बुझेकी थिइन्। हेलेन केलर लगायतका विश्वप्रख्यात महिलाहरुको कथा बालापनमा नै रेवन्तकुमारीले छोरीलाई सुनाउँथिन्।

२००४ सालमा आमालाई पछ्याउँदै मीना पुनः काठमाडौँ आइपुगिन्। त्यो बेला गौशालामा आधार स्कुल थियो। त्यहीँ उनी, उनकी बहिनी र रामहरि शर्माका छोरीहरु भर्ती भए। सात सालको आन्दोलन हुँदा उनी १२ वर्षकी थिइन्। उनी त्यो बेला आन्दोलनलाई सघाउ पु¥याउन पत्रिका र सूचना आदानप्रदानमा सहभागी हुन्थिन्।

सन् १९५५ मा उनले म्याट्रिक दोस्रो श्रेणीमा उत्तीर्ण गरिन्। त्यतिबेला १० कक्षापछि दिने परीक्षालाई म्याट्रिक भनिन्थ्यो। त्यतिबेला म्याट्रिकसम्म पढ्नु नै छोरीका लागि ठूलो कुरा थियो। यति पढेपछि छोरीको विवाहको कुरा पनि नचलेको हैन तर उनको पढ्नमा यति चाख थियो कि अन्य कुरामा चासो नै दिइनन्। छोरीको पढाइ देखेर आमाले पनि साथ दिइरहिन्।

उनले आइए पढ्ने बेलामा उनका बुबा टंकप्रसाद अचार्य प्रधानमन्त्री थिए। ‘हाम्रो घरको आर्थिक अवस्था कमजोर भएकाले, पढ्ने किताब पनि मागीमागी पढ्नु परेको थियो। २०१० सालमा बुबा गृहमन्त्री र २०१२ सालमा प्रधानमन्त्री भएपछि अलि सजिलो भयो। किताब किन्न र ट्युसन राख्न सकियो,’ उनले सुनाइन्।

बुबा प्रधानमन्त्री, छोरी आन्दोलनकारी
पद्मकन्या क्याम्पसमा आइएमा भर्ना भइन्। त्यतिबेला पटना युनिभर्सिटीबाट मान्यता प्राप्त थियो आइएको परीक्षा दिनुपथ्र्यो। अर्थशास्त्र लिएर पढेकी उनी कलेजको अन्य गतिविधिमा पनि उत्तिकै सक्रिय थिइन्। इन्टरकलेज युनियनमा पद्मकन्या कलेजको तर्फबाट प्रतिनिधि थिइन्।

उनका बुबा देशका प्रधानमन्त्री थिए। शिक्षामन्त्री डिल्लीरमण रेग्मी थिए। भएछ के भने, पद्यकन्या कलेजमा भारतीयलाई क्याम्पस प्रमुख बनायाइयो भनेर विद्यार्थीले विरोध गरेछन्। उनी त्यसमा सक्रिय रहिन्। बाध्य भएर भारतीयलाई हटाएर नेपालीलाई नै राखियो।

‘अहिले जस्तो बाउ प्रधानमन्त्री भए छोराछोरीको चुरीफुरी नै बेग्लै हुन्थ्यो होला तर हामीले त बुबाको गाडी पनि चढेनौँ,’ उनले भनिन्, ‘बिहान थापाथलीमा ट्युसन पढन कमल पोखरीबाट हिँडेर आउजाउ गर्थें।’

त्यतिबेला प्रधानमन्त्री निवास कमलपोखरीको पश्चिम किनारमा रहेको अरविन्द शमशेर राणाको घरमा थियो। त्यहीँ पद्मकन्या कलेजबाट इन्टरकलेज युनियनमा प्रतिनिधि भएका बखत विद्यार्थीहरुको तर्फबाट रुसमा भएको महिला सम्मेलनमा भाग लिने अवसर प्राप्त गरिन्।

नौ वर्षकै उमेरमा विवाहको चिन्ता
१९९७ सालतिर नेपाली समाजमा छोरी मान्छेको महिनावारी हुनुभन्दा अघि नै विवाह गरे पुण्य प्राप्त हुने अन्धविश्वास व्याप्त थियो। मीना नौ वर्षकी हुँदा नै जेलमा भएका उनका बुबालाई उनको विवाह गर्नुपर्ने चिन्ता भयो तर आमाको दृष्टिकोण अर्कै थियो। उनले अबको जमानामा यसको आवश्यकता छैन, अब छोरीलाई पढाउनु पर्छ भनेर आमाले बुबालाई लेखेर पठाउनुभयो।

मीना सानैदेखि निडर र हक्की स्वभावकी थिइन्। छोरी मान्छेलाई उति साह्रो बाहिर नपठाउने त्यो समयमा पनि उनको सानो साथीहरुको सर्कल भेला भएर साइकलमा काठमाडौँ घुम्थे। त्यो बेला केटी मान्छेले साइकल चढ्यो भने सबै जनाले के के न भयो भनेजसरी हेर्ने गर्थे। ‘हामी साइकल चढेर डिल्लीबजार–नारायणहिटी–उत्तर ढोका हुँदै पकनाजोलसम्म जान्थ्यौँ,’ मीनाले भनिन्, ‘आसपासका टोले केटाहरु नारायाणहिटीको ढोकामा बस्ने सेना र पुलिसले समेत हामीलाई देखेर छाडा बोल्थे !’

‘जुन छोरा मान्छेसँग बोल्यो, उसैसँग लभ प-यो भन्ने हल्ला चल्थ्यो,’ त्यो बेला सम्झँदै उनले भनिन्, ‘म त कसैसँग पनि डराउँदिनथेँ। यस्ता कुराको पछि लाग्दिनथेँ।’

भारत, रुस र अमेरिकाको पढाइ
आइए पास गरेपछि मीनाले भारतको युनिभर्सिटी अफ दिल्लीबाट अर्थशास्त्रमा बीए अनर्स (सन् १९६०), सोभियत संघको मस्को युनिभर्सिटीबाट आर्थिक साइबरनेटिक्समा एम.एस. (सन् १९६६) र संयुक्त राज्य अमेरिकाको युनिभर्सिटी अफ विस्कन्सिन म्याडिसनबाट विकास अध्ययनमा विद्यावारिधि (सन् १९८७) मा गरिन्। उनलाई सानैबाट गणितमा रुचि थियो। तर स्कुल पढाउने शिक्षकले गणित किताब टाउकोमा राखेर घनले ठोक भनेपछि उनलाई चित्त नबुझेर उनले ९ कक्षामा ऐच्छिक विषयमा संस्कृत लिएर पढ्नु परेछ। साइन्स पढ्ने धोको अपुरै भएपछि उनले अर्थशास्त्र रोजिन्। आफूले विषय छान्दा मैले यो पढेर देशका लागि के योगदान गर्न सक्छु भनेर बारम्बार घोत्लिने गर्थिन्। त्यसैले अर्थशास्त्र विषय छानेको बताइन्। ‘त्यतिबेला अर्थशास्त्र पढ्ने केटी निकै कम थिए,’ उनले भनिन्, ‘अर्थशास्त्र पढेपछि विकासका आयामबारे बुझ्न पाइन्छ भनेर त्यो विषय पढेँ।’

दिल्लीबाट सन् १९६० मा काठमाडौँ आएपछि उनको घरमा फेरि विवाहको कुरा चल्यो। उनले फेरि इन्कार गरिन्। २०÷२१ वर्षकी भइसक्दा विवाहको कुरा झन् चर्कनु स्वाभाविक नै हो। त्यो बेला उनकी बहिनीको समेत विवाह भइसकेको थियो। मीनाको विवाहले घरमा यति उग्र रुप लियो कि उनलाई रुस पढ्न पठाउनेबारे बुबाआमाको झगडा नै प¥यो। उनले घरमा थाहै नदिई सोभियत संघ पढ्न फारम भरेकी थिइन्। उनको नाम निस्कियो अनि मात्र घरमा थाहा पाए। उनकी आमाले फेरि पहिलेजस्तै अडान कसिन्, ‘पढ्छु भन्नेलाई पढ्न दिनुपर्छ।’ आमाको साथ पाएपछि मस्कोतिर लागिन्।

आँखा खुलाउने रसियन पढाइ
उनका लागि रुस यात्रा नयाँ विश्वमा प्रवेश गरेसरह थियो। नेपालमा केटा र केटी बोल्नेबित्तिकै बिनासित्ति कुरा काट्ने गर्थे, रुसमा भने केटा र केटी एउटै होस्टलमा बस्थे।

त्यहाँ पढाइको व्यवस्था पनि छुट्टै थियो। नेपाल र भारतमा जस्तो घोकन्ते विद्या होइन।निश्चित समय पछि ३÷४ घण्टे परीक्षा दिने प्रथा जुन अहिलेसम्म पनि कायम छ। तर जसै मीना रुस पुगिन् त्यताको पढाइ र संस्कार देखेर छक्क परिन्। नलिखित परीक्षा लिइन्छ न त घोकाइन्छ। गणित नआए घनले टाउमा ठोक्नु भनेर शिक्षकले भनेको झोकमा गणित नपढेकी त्यहाँ बुझाएर पढाउने रुसी शैलीले पढाएको गणित सजिलै पचाइन। रुसमा युनिभर्सिटी अघि त्यहाँको १०–१२ कक्षाको जसरी रुसी भाषा पढाइन्थ्यो। यस कक्षामा उनले स्वीजरल्याण्ड, ब्रिटेन बेल्जियम आदि देशका सहपाठीहरुलाई समेत पछि पार्दै एक वर्षको पढाइ सकिन। त्यसपछि युनिभर्सीटीमा भर्ना भइन।

‘त्यहाँको पढाइ कस्तो भने थेसिस गर्न पथ्र्याे ओरल परीक्षा दिन पथ्र्याे,’ मीनाले भनिन्,‘एकजना फेल भयो भने मोनीटरले गाली खान्थ्यो।कसैलाई पनि फेल गराउनुहुन्न भन्ने मान्यता राखिन्थ्यो। मलाई भने यो चलन अचम्म लाग्थ्यो।’

रुसमामाक्र्सवाद र द्वन्दात्मक भौतिकवाद पनि पढाइन्थ्यो। त्यो पढाइले मेरो समाज शास्त्रलाई हेर्ने दृष्टिकोण नै बदलियो। ‘त्यहाँको पढाइले प्रत्येक विषयमा विषयगत साघुँरो घेराबाट फराकिलो घेरामा पु-यायो।’ व्यक्तिको र समाजको स्थितिलाई एक दृष्टिले मात्र विश्लेषण गरेर हुँदैन, सम्पूर्ण सामाजिक व्यवस्थाको परिप्रेक्षमा हेुर्न पर्दछ भन्ने तत्थ्य बुझेँ।

त्यो विवाह जसले कानुन परिर्वतन ग-यो
सन् १९६२ मा मीनाले आफ्नै युनिभर्सीटीमा पढ्ने भिक्टर सिम्भाकोभसँग विवाह गर्ने भइन्। यो कुराले उनको परिवार मात्रै हल्लिएन रसियास्थित नेपाली राजदूतावास पनि हल्लियो। त्यतिबेला नेपालको नागरिकता ऐनमा यदि नेपाली महिलाले विदेशी पुरुषसँग विवाह गरे नेपाली महिलाको नागरिकता स्वतः खारेज हुने व्यवस्था थियो। हक्की स्वभावकी मीना आत्तिनन्। म भिक्टर सिम्भाकोभसँगै विवाह गर्छु, नेपाली नागरिकता पनि त्यागदीनर पढाइ सकेर हामी नेपाल जान्छौँ भन्ने अडडी कसिन्।अनि नेपाली दुतावासले राजा महेन्द्रलाई लेखेर पठायो। अनि राजबाट बुवालाई सोधनी भयो। उनका बाबुले त्यस समय भने सजिलै स्विकृति दिएर राजाबाट यसको स्वीकृति पठाइयो।तर सोभियत युनियनले पनि विवाह दर्ता गर्न मानेन् र नेपाली दुतावासले पनि।मीनाले बाठो खेल रचिन्। नेपालमा त्यतिन्जेलसम्म विवाह दर्ता गर्ने चलन थिएन। ‘मैले त्यतिबेला हाम्रोमा विवाह दर्ता गर्ने चलन छैन भोेज खुवाए हुन्छ भने अनि तोकिएको दिनमा नै भोज गरेर विवाह सम्पन्न गरियो। सोभियत सरकारले पनि विवाह रजिस्टर धेरैसम्म गरेन। अनि उनले त्यहाँका उपराष्ट्रपतिमा निवेदन लेखिन, अनि मात्र उनको विवाह रजिस्टर भयो।

सन् १९६६ सम्म थियो उनको पढाइ। त्यही छोरी विना सिम्भाकोभ आचार्यको जन्म भयो। विवाह अघिनै उनीहरुको सल्लाह नेपाल गएर बस्ने त्यही काम गर्ने थियो। त्यही योजनाहल्ला पनि भयो। त्यसैले विवाह दर्तामा सोभियत राज्यले समेत विरोध गरेको थियो।

उनीहरुको पढाइ सकिनेबेलासम्म नेपालको नागरिकता ऐनमै परिर्वतन भयो। व्यक्तिले नागरिकता नछाडेसम्मअथवा अन्य देशको नागरिकता नलिएसम्म उसको नागरिकता नजाने कानुन बन्यो। मीना, एम.एस डिग्री डिस्टिङसन सहित श्रीमान् भिक्टर र छोरी लिएर काठमाण्डौ आइन्। पछिभिक्टर सोभियत संघको सहायतामा यहाँको महेन्द्र राजमार्ग बनाउने काममा रोजगार भए। मीना त्यतिबेलाअनुसन्धान अधिकृतको रुपमा राष्ट्रबैंकमा कार्यरत भइन।

उनको विवाह लामो समय भने टिक्न पाएन। सन् १९७४ सम्म भिक्टर यही थिए। सडक प्रोजेक्ट सिद्धियो मीनाको अनुसार भिक्टरलाई आइडेन्टीटीको समस्या पनि प¥यो। उनीहरुलेसम्वन्ध अन्त्य गर्ने टुगोँमा पुगे। मीनाले छोरी आफ्नो साथ राखिन्। सोभियत सँघमा गएर सम्वन्ध विच्छेद गरेर नेपाल फर्किइन्।

राष्ट्रबैंकको यात्रामा अनेक समस्याको सामना
सन् १९६६ देखि १९९०सम्म मीनाले राष्ट्रबैंकमा काम गरिन्। क्रमशःअनुसन्धान अधिकृत, आर्थिक सल्लाहाकार, प्रमुख आर्थिक सल्लाहाकार र वित्त विभाग प्रमुख भएर।

उनले राष्ट्रबैंकमा काम थाल्दा राष्ट्र बैकमा अथवा बैकिङ क्षेत्रमा नै महिला अफिसरहरु थिएनन् भन्दा फरक पर्दैन। उनी सुरुमा नै सिनियर कर्मचारीको रुपमा कार्यरत भइन्। राष्ट्रबैंकले धेरै विषयमा अध्ययन अनुसन्धान गर्न थाल्नु परेको थियो। उनी अनुसन्धान विभागमा काम गर्न थालिन। उनी आर्थिक विकास र सरकारी वित्त शाखाको प्रमुख भइन। यसैकारण विभिन्न मन्त्रालय र अर्थ मन्त्रालयसँगबराबर प्रत्यक्ष कुराकानी गरिरहनुपर्ने हुन्थ्यो। उनले काम गर्दा अनाबश्यक लफडा भने फिटिक्कै झेल्न नसक्ने बताउँछिन्। ‘कहिलेकाही सरकार मार्फत आएका बडामहारानी÷बडामहाराजाधिराजका निर्देशनहरुलाई पनि कार्यान्वयन गर्न नसकिने भनेर जबाफ पठाउनु पर्दथ्यो। मन्त्रीहरुलाई कारण बुझाउन जानु पर्दथ्यो।

राष्ट्रबैंकबाट विदा लिएर उनले अमेरिकामा विकास अध्ययनमा विद्यावारिधीगरेकी हुन्। उता पढेर आउँदा यताको राजनीतिक माहोल अर्कै भइसकेको थियो। बहुदल आउन लागेको थियो। बहुदल पछि समावेसिताका कुरा पनि उठ्न थालेका थिए। त्यसैले डेपुटी गर्भनरमा राजनीतिक नियुक्ति भयो र अरु नै कोही आयो। फेरि उनी महिला भएको हुनाले बैकभित्र पनि चाकरीवालाहरुबाट प्रतिष्पर्धाको बबण्डर नै उठ्यो। ‘योग्यताको आधारमा भैदेको भए गर्भनरसम्म पुग्थँे होला धमाधम राजनीतिक नियुक्ति हुन थाल्यो,’मीनाले भनिन् त्यसपछि भने मैले जागिर छोडेँ। यसमा मेरो पहिलेदेखि नै राजनीतिमा लाग्ने इच्छाले पनि भूमिका खेल्यो।

महिला अध्यनमा संलग्नता
सन् १९७७ मा पर्सी कमिसनको प्रतिबेदनलाई अमेरिकी कंग्रेसले स्वीकृति गरेपछि अमेरिकाले आर्थिक सहयोग दिने सबै राष्ट्रले महिलाको स्थितिबारे अध्ययन गराउनु पर्ने भयो। अनि महिलाको मर्यादा स्तरको अध्ययनसम्बन्धी प्रस्ताव नेपाल ओर्लियो। नेपालमा यो प्रोजेक्ट न्यू एराका एले डिफेन वेकरले पाएका थिए। उनले लिन बेनेटलाई अनुरोध गरेपछि लिनले मीनालाई भेटेर नेपाली महिलाहरुको मर्यादास्तरबारे अध्ययन/अनुसन्धानमा सहभागिताका लागि अनुरोध गरिन, उनले सहर्ष स्वीकार गरिन्। उनीहरुले सानो समुह बनाएर काम सुरु गरे। परियोजनाले आर्थिक, सामाजिक, कानुनी तथा विविध पक्षबारे महिलाहरुको स्थितिबारे अध्ययन÷अनुसन्धान गर्ने भयो। यो परियोजनाका निमित्त सरकाबाट स्विकृति लिन पनि उनीहरुलाई गाह्रो परेको थियो। अन्तमा अधययनको प्रस्ताव नै उनीहरुले त्रिभुवन विश्व विद्यालय अन्तरगतको आर्थिक विकास तथा सार्वजनिक प्रशासन केन्द्र (सिडा) बाट गर्ने गरी त्यहाँ लिएर गए। त्यही पनि अर्थ मन्त्रालयको स्विकृति चाहिन्थ्यो। त्यतिबेला अर्थमन्त्रालयका सचिव देबेन्द्रराज पाण्डे थिए। उनले ‘देशको अर्थतन्त्र हाकेँर बसेको मान्छे के को भात कति पकाउँछन् के खान्छन् अध्ययन गर्न जाने भनेर गाली समेत गरेछन् मीनालाई। जात अनुसारको महिलाको स्थिति फरक भएको कुरा त्यही बेलाको अनुसन्धानबाट विस्तृत रुपमा थाहा पाएको उनले बताइन्।‘हामीले समग्र महिलाको सोलोडोलो अध्ययन गरेनौँ,‘ उनले भनिन् जात अनुसार महिलाको स्थिति फरक फरक पायौँ त्यसैलाई मिहिन ढगंले केलायाँै।’ त्यसैले यस अध्ययनले नेपालको सामाजिक अध्ययनमा नै नयाँ आयाम थपेको मानिन्छ।

४५ वर्षे दौरानमा आउँदा नेपाली महिलाको स्तर धेरै परिर्वतन भएको मीना बताउँछीन्।‘पहिले भन्दा परिर्वतन धेरै भएको छ, दक्षिण एशियामा हामी नै अघि छौँ,’ उनले भनिन्, तर सोचाइ पुरातन छ। महिलाको मात्र हैन पुरुषको पनि सशक्तिकरणको आबश्यकता देखेको छु।’

पढेर बित्छन् दिनहरु
सन् १९९० मा राष्ट्रबैंकमा जागिर छोडेपछि उनी आइ.आइ. डि.एस को कार्यकारी निर्देशक भइन। तर साथ साथै उनले आफ्ना बुबाले स्थापना गरेको नेपाल प्रजा परिषद पार्टी पुन सक्रिय गराएर राजनीतिमा होमिन खोजीन्।तर राजनीति उनको बसमा रहेन।‘राजनीति मेरो बसमा रहेन,’ कर्मचारी पृष्ठभूमिबाट आएको मान्छेले सक्दो रहेनछ भन्ने भयो अनि छोडीदिएँ।’ विश्वास नभएको, गर्न नसक्ने कुरा पनि भन्नु पर्ने, जागिरका लागि राजनीतिमा आउने, नेपाली राजनीतिक परम्परामा उनी भिज्न नसकेको बताइन।

हालको जीवन भोगाइ
‘अहिले म केही नयाँ काम आफैँ गर्न सक्दिन, सहयोग चाहिन्छ। नयाँ नयाँ पुस्तक पढ्ने पत्रपत्रिका पढ्ने र केही लेखहरु किताव सम्पादन गर्ने गर्दछु। अन्तर्राष्ट्रिय जर्नलको लागि लेख लेख्ने विचार गर्दैछु।म धेरै हिड्न पनि सक्दिन खासै काम गर्न शक्ति पुग्दैन।नीति अनुसन्धानप्रतिष्ठानमा बेलाबेलामा जान्छु। ’ एकै श्वासमा उनले यति भनिन्।

उनले यती भनेर अबको महिलामुक्तिको लागि अभियन्ताहरुलेतत्थ्यमा आधारित रहेर धेरै अनुसन्धान गर्नुपर्ने र त्यसमा आधारित भएर महिला मुक्तिको आन्दोलन अघि बढाउने गर्नु पर्दछ। ” महिला मुक्ति भनेको सबै विभेदबाट मुक्ति हो, एउटा क्षेत्रमा मुक्त भएर पुग्दैन। स्रोत: नागरिक

,

Leave a Reply

Your email address will not be published. Required fields are marked *