साउदि अरबमा पहिलाे पल्ट नेपाली चलचित्र सायाबुङ भब्य प्रदर्सन ।।

ईतिहासमै पहिलाे पल्ट साउदि अरबमा किरात राई सस्कृतिमा अाधारित नेपाली कथानक चलचित्र सायाबुङ बाेनम्याराे पिडित सान्ति राई सहयाेगार्थ खाेबर क्लासिक रेष्टुरेन्टमा बकर ईदकाे दाेस्राे दिन अगष्ट 13 तारिकमा निर्माता श्री प्रसाद यवाकाे पहलमा किरात राई यायाेक्खा शाखा साउदिकाे अायाेजनामा भब्य प्रर्दशन भएकाे छ।
ब्यबसायिक रूपमा भन्दा नि ईतिहासमा पहिलाे पल्ट नेपाल सरकार दुतबास र साउदि सरकारद्वरा अनुमतिपत्र प्राप्त अनुसार किरात राई लगायत अादिबासि जनजातिहरूकाे भाषा ,सस्कार सस्कृति पहिचान माैलिकतालाई प्रर्बदन गर्न र बचाउन प्रर्दशन गरिएकाे अायाेजक कि,रा,या,साउदि कार्यबाहक अध्यक्षले जानकारि दिनु भयाे। ईतिहासमा पहिलाे पल्ट बाहिरि मुलुक अन्य देशमा चलचित्र चलेता पनि साउदि मुलुकमा नेपाली फिल्म सायाबुङ साेचे भन्दा पनि राम्राे दर्शकहरूकाे बाक्लाे उपस्थिति माझ प्रर्दशन गरिएकाे र चलचित्र हेरिसके पछि माैलिक्ता,भाषा ,सस्कार,सस्कृति,पहिचानकाे दस्तावेज बाेकेकाे चलचित्र सायाबुङलाई अझ देस बिदेसमा नेपालीहरू माझ प्रर्दशन गरि अाफ्नाे पहिचान,सस्कार सस्कृति रितिरिवाज भाषा बुझन बुझाउन देखाउन प्रर्दशन गर्न जरूर रहेकाे प्रतिकृया दर्शकहरूकाे रहेकाे सायाबुङले मन छाेएकाे प्रतिकृया सहित दर्शकहरूले अझ हाौसला थप दिएकाे जानकारि निर्माता श्री प्रसाद यवा लिम्बुले बताउदै चलचित्र सायाबुङ उत्कृष्ट रहेकाे बताउनु भयाे।

किरात राई सस्कृतिमा अाधारित चलचित्र सायाबुङले युनिभर्सल सठिपिकेट प्राप्त पछि अल नेपालमा प्रर्दशन गर्न समेत पाएता पनि समयमा सबै ठाउँ प्रर्दशन गर्न नसकेकाे तर नेपाल,भारत,रकाेरिया,अमेरिकामा समेत प्रर्दशन भईसकेकाे सायाबुङले दर्शकहरूकाे मन जित्न सफल रहेकाे बताउछिन निर्मात्री साया राई। चलचित्र प्रर्दशन गर्न अझै बाकि नै छ तर राम्रा संघ सस्था ब्यक्तिहरूकाे खाचाे छ निर्माण टिम एक्लैले समयमा प्रर्दशन गर्न नसकेकाे ,सकेकाे ठाउहरूमा टुट्टा तान्ने अाफनै मित्रहरू र अाफ्नै जातिय जिम्मेवारी ब्यक्तिहरू प्रति गुनासाे ब्यक्त गर्दै सायाबुङ प्रर्दशन गरि उठेकाे रकमहरू सुरूवात बाट मुटु,क्यानसर,किट्नि पिडित र असाहय परिवारलाई अाजसममा दुई लाख बराबर पत्रकार सम्मेलन गरि सहयाेगार्थ गरिसकेकाे लेखक,गितकार,गायक निर्देसक भगिराज राई बताउछन।

दि पाल्म ग्रुपकाे ब्यानरमा निर्मित चलचित्रमा साैजन सुब्बा,निसा राई,सगुन सुसरा,साया राई,राहुल ,राई, दिब्या अाङदेम्बे,दर्पन राई,दिप्सन अाङबाे लगायतकाे मुख्य भुमिका रहेकाे चलचित्रमा श्री प्रसाद यवा, राहुल राई,कल्पि साङपाङ,टाईसन केरूङ निर्माता रहेका छन भने भक्त सुनुवार,उदय नेम्बाङ,भगिराज राईकाे शब्द सङगितमा दिपक लिम्बू,रजिना रिमाल,दिपा लामा उदय नेम्बाङ,भगिराज राईकाे स्वर सुन्न पाईने छ।
साया बान्तावा राई काे कथा निर्माण रहेकाे चलचित्र सायाबुङ काे लेखन निर्देशन भगिराज राई,छायाङकन / सम्पादन देब जंग थापा, पार्शव सङ्गीत धनु ज्ञाङमिकाे रहेकाे चलचित्र सायाबुङ दशै अगाब नेपाल ,भारत तथा बाहिरि देसमा प्रर्दशन हुने भारत मणिपुरका कलाकार तथा निर्माता राहुल बाेगिकाे राईले जानकारि दिएका हुन।

, ,

Leave a Reply

Your email address will not be published. Required fields are marked *