हेर्नुहोस मोटोपन हुँदा ध्यान दिनुपर्ने सामान्य कुराहरू जसले छिटै मोटोपन घटाउछ

मोटोपनाले अचेल धेरैलाई सताउने गरेको छ । विभिन्न उपाय अपनाउँदा पनि मोटोपना नघटेर हैरान हुनेहरुको जमात पनि उत्तिकै छ। तर, बेलैमा ध्यान दिन सके यस्तो समस्याबाट जोगिन सकिने बताउँछन् हिमालयन योग तथा प्राकृतिक हस्पिटलका मेडिकल डाइरेक्टर यञ्जन गैह्रे ।

  • –शारीरिक व्यायाम प्रशस्त मात्रामा गर्ने । जस्तै, नियमित १ घण्टा हिँड्ने, खेतबारीमा काम गर्ने, खेलकुदमा भाग लिने, पौडी खेल्ने ।
  • –गुलियो र चिल्लो खानेकुरा (चिनी, मिठाई, घिउ, वटर, चीज, पनिर, तेल आदि) को सेवन अत्यन्त कम गर्ने ।
  • –खाना खानुअघि एक कचौरा हरियो सलाद खाने बानी बसाल्ने ।
  • –रातको खानामा २ वटा रोटी, १ कचौरा हरियो सागसब्जी, सलाद र सुप खाने ।
  • –पानी पर्याप्त मात्रामा पिउने ।
  • –धूमपान, मद्यपान तथा सूर्तीजन्य पदार्थ (रक्सी, चुरोट, खैनी, पान, सूर्ती, बिँडी आदि) को सेवन नगर्ने ।
  • –योग, ध्यान, प्राणयाम गर्ने र तनावयुक्त जीवन जिउने । सूर्य नमस्कार, अनुलोमविलोम, कपालभाती, भस्त्रिका आदि नियमितत गर्ने ।
  • नोट: खानामा रोटी भातको मात्रा २०–४० प्रतिशत तथा हरियो सागसब्जी र सुपको मात्रा ६०–८० प्रतिशत हुनुपर्दछ ।

यो पनि :  धेरै मानिसको पेट ग्यास भरिएर ढुस्स भइरहेको हुन्छ । यसलाई सामान्य समस्या ठानेर बेवास्ता पनि गर्छन् मानिसले ।तर ग्यासका कारण भोक कम लाग्ने, छाती दुख्ने, सास लिन समस्या हुने र पेट फुल्ने समस्या आइलाग्छ । ग्यासका बारेमा पत्ता लगाउँदा यसबाट छुटकारा पाउन सजिलो हुन्छ ।भारतको जयपुरस्थित नेसनल इन्स्टिच्युट अफ आयुर्वेदमा चिकित्सक डा सीआर यादवले ग्यास्ट्रिक समस्याका पाँच कारण र बच्ने उपायका बारेमा बताएका छन् ।पेटमा राम्रा र नराम्रा ब्याक्टेरियाहरूको सन्तुलन बिग्रँदा ग्यास बन्छ । कहिलेकाहीँ कुनै रोगको साइडइफेक्टका रूपमा पनि यस्तो सन्तुलन बिग्रन्छ ।

लसुन, प्याज र दानादुनीले ब्याक्टेरियाको सन्तुलन बिगार्छन् । त्यसैले यी कुराहरू नखानुस् ।उमेर बढ्दै जाँदा पाचन प्रणाली कमजोर हुँदै जान्छ । दूध र (दहीबाहेक) दूधबाट बनेका कुराहरू राम्ररी पच्न पाउँदैनन् र ग्यास बन्छ ।पैंतालीस वर्षमाथिका मानिसले दही मात्र खानुस्, अरू कुनै दुग्धपदार्थ नलिनुस् ।कब्जियतको समस्या हुँदा शरीरका विषाक्त पदार्थ राम्ररी बाहिर निस्कन पाउँदैनन् । त्यसले गर्दा पनि ग्यास बन्छ ।दिनभरिमा १० गिलास पानी पिउनुस् । फाइबर बढी भएको खानेकुरा खाने गर्नुस् ।

कुनै एन्टीबायोटिकहरूका कारण पेटमा राम्रो ब्याक्टेरिया बन्न पाउँदैनन् । यसले गर्दा पाचन खराब हुन्छ अनि ग्यास बन्छ ।एन्टीबायोटिक लिएपछि पाचनमा समस्या आएमा चिकित्सकलाई भनेर ग्यास्ट्रोरेजिस्टेन्ट औषधि लेख्न भन्नुस् ।कहिलेकाहीँ छिटोछिटो खाना खाँदा राम्ररी पच्न पाउँदैन र ग्यास बन्ने समस्या आइलाग्छ ।खाना खाँदा आरामले चपाएर खानुस् अनि बिस्तारै पच्न दिनुस् । खाना खाँदा गफ नगर्नुस् ।मैदाबाट बनेका कुरा, जंक फूड अनि बाहिरबाट तारेको खानेकुरा नखानुस् ।सन्तुलित आहार लिनुस् अनि दिनको आधी घन्टा व्यायाम गर्नुस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *