मिडियाहबले धोका दिए पछि, पुरानै टिमका साथ् नया सिरियल लिएर आउदै भद्रगोल टिम

नेपाल टेलिभिजनबाट प्रसारण हुने चर्चित लोकप्रिय हाँस्यटेलिसिरियल “भद्रगोल” केही हप्ता अगाडिदेखि बन्द भद्रगोल सदाझै टेलिभिजन र युट्युबमा सार्वजनिक भएको छ । तर, दर्शकहरु भद्रगोलको नयाँ श्रृङखला प्रति सन्तुष्ट देखिँदैनन् । कारण हो सुरुवाती दिनदेखी सिरियलमा देखिँदै आएका कलाकारहरु समावेश थिएन ।मिडिया हब एजेन्सी सँगको असमझदारीम र बिबाद पछि पुराना सबै कलाकारहरु भद्रगोल बाट बाहिरिएका छन् ।

२२० भाग सम्म आइपुगेर पुराना कलाकारले छाडेको सिरियललाई नयाँ कलाकारहरुले पुन: सञ्चालन गर्दा मन पराउने भन्दा मन नपराउनेको सङ्ख्या दोब्बर देखिएको छ । कलाकार कुमार कट्टेल (जिग्री) अर्जुन घिमिरे (पाँडे)का अनुसार अब दर्शकले पुरानो भद्रगोल टिमको निर्माणमा नयाँ सिरियल हेर्न पाउनेछन् । यही आउँदो असोज २ गतेबाट टिम तेही थिम तेही तर फरक नाममा सिरियल ल्याउन लागेको निर्माण टीमले जानकारी गराएका छन् ।अब आउने सिरियलमा भद्रगोलका पुराना कलाकार शंकर आचार्य (वरिष्ठे) र सि पि पुडासैनी (धतुरे) पनि थपिएको छ । उनिहरु दुवैजनाले भद्रगोललाई विचैमा छाडेर नयाँ सिरियल निर्माण गरेका थिए’ तर, दर्शक माझ लोकप्रिय हुन सकेन । प्राप्त जानकारी अनुसार अबको केही दिनमै पत्रकार सम्मेलन गरेर सिरियलको नाम सार्वजनिक गर्ने भएको छ । दर्शकको मागलाई मध्यनजर गर्दै नयाँ सिरियल ल्याउन लागेको कुमार कट्टेल जिग्री बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *