ज्ञानेन्द्र शाहीलाई सम्झाईबुझाई गरेर छाड्ने प्रहरीको तयारी

काठमाडौं । आइतबार ललितपुरबाट पक्राउ परेका ज्ञानेन्द्र शाहीलाई प्रहरीले छाड्ने तयारी गरेको छ । आइतबार साँझदेखि ललितपुर प्रहरीको हिरासतमा रहेका ज्ञानबहादुर शाही भनिने ज्ञानेन्द्र शाहीले पत्रकार सम्मेलनमै प्रहरीमाथि दुर्व्यवहार गरेका थिए । शनिबार साँझ नेपालगन्ज विमानस्थलमा पर्यटनमन्त्री योगेश भट्टराईमाथि दुर्व्यवहार गरेको विषयमा शाहीले आइतबार पत्रकार सम्मेलन राखेका थिए । पत्रकार सम्मेलनमै सहभागीले शाहीमाथि हातपात गरेपछि सुरक्षाका लागि गएको प्रहरीमाथि नै शाहीले दुर्व्यवहार गरेका थिए ।

‘नेपालका लागि नेपाली’ नामक अभियान सञ्चालन गरेर भ्रष्टाचारविरुद्ध कार्यक्रम गर्दै आएका शाही नेपालगञ्ज विमानस्थलमा भएको विवादपछि चर्चामा छन् । महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी टेकप्रसाद राईले भने, ‘‘उहाँलाई सम्झाइबुझाइ गरेर छाड्ने तयारीमा छौं । यसका लागि प्रमुख जिल्ला अधिकारीज्यूसँग छलफल गर्दैछौं । आउँदा दिनमा कार्यक्रम गर्दा व्यवस्थित तरिकाले गर्न र असल व्यवहार प्रस्तुत गर्न भनेका छौं । आवश्यक प्रक्रिया पूरा गरे आजै छाड्ने हाम्रो तयारी छ ।’’

ज्ञानेन्द्र शाहीमाथि मुद्धा चलाइँदै : हेर्नुहोस विस्तृतमा : – प्रहरीलाई अभद्र ब्यवहार गरेको अभियोगमा आइतबार पक्राउ परेका ज्ञानेन्द्र शाहीलाई जिल्ला प्रशासन कार्यालय ललितपुरमा मुद्दा चलाइने भएको छ ।शाहीलाई आइतबार बेलुका पक्राउ गरी महानगरीय प्रहरी परिसर ललितपुरको हिरासतमा राखिएको छ । शनि।बार नेपालगञ्ज विमानस्थलमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईलाई दुर्व्यवहार गरेको आरोपबारे जानकारी दिन पत्रकार सम्मेलन गरेको ठाउँमा प्रहरीलाई अभद्र व्यवहार गरेको अभियोगमा शाहीलाई पक्राउ गरिएको हो । प्रहरीले सोमबार जिल्ला प्रशासन कार्यालय ललिपुरमा मुद्दा दायर गर्ने महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) दुर्गा चन्दले जानकारी दिनुभयो

Leave a Reply

Your email address will not be published. Required fields are marked *