स्तन दुख्ने समस्याबाट बच्ने तरिका जान्नुहोस् ।

महिलामा सबैभन्दा डरलाग्दो रुपमा रहने समस्या भनेको स्तनको समस्या हो । स्तनमा हुने विभिन्न समस्याहरुलाई वास्ता नगर्नाले महिलाहरुलाई स्तन क्यान्सरको समस्याले सताउने गर्छ । यसले गर्दा हरेक बर्ष लाखौ महिलाहरुको ज्यान जाने गर्छ । कहिले काँही स्तन दुखिरहेको भएता पनि महिलाहरु यसलाई वास्ता गर्दैनन् । जसले पछि गएर ठुलो समस्या ल्याउने गर्छ । स्तन के कारणले गर्दा दुख्छ भन्ने कुरा सुरुमा नै थाहा भयो भने पछि आएर ठुलो समस्या हुन् पाउदैन । स्तन दुखेमा के गर्ने त भन्ने कुराको जानकारी पनि कतिपय महिलाहरुलाई हुने गर्दैन ।
स्तन दुख्ने समस्याबाट बच्ने केहि उपायहरु यस्ता छन् :
१) मिलेको ब्रा लगाउने
२) केफिन र सोडियमको मात्रा कम गर्ने अर्थात चिया, चकलेट, कफी, हल्का पेय पदार्थ तथा नुन कम खाने
३) कम चिल्लो भएका खाद्यवस्तु खाने । फलफुल, तरकारी र अँकुरित खाद्यवस्तु बढी खाने
४) शरीरको तौल वाञ्छित राख्ने
५) शरीरमा भिटामिन बी६, बी१ र ई को पर्याप्त मात्रा राख्ने
६) तनाव र बेचैनीबाट मुक्त रहने
७) दैनिक व्यायाम गर्ने

Leave a Reply

Your email address will not be published. Required fields are marked *