पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले लगाए ९० वर्षीय पिताको हातबाट टीका

काठमाडौं : पूर्वप्रधानमन्त्री एवं समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले दसैंको टीका ग्रहण गरेका छन् ।

उनले ९० वर्षीय पिता भोजप्रसाद भट्टराईको हातबाट टीका ग्रहण गरेका हुन्। दसैंको टीका ग्रहण गरेको फोटो राख्दै भट्टराईले फेसबुकमा लेखेका छन्, ‘९० ोर्षीय पिता भोजप्रसाद भट्टराईको हातबाट सपरिवार शुभविजयादशमीको टीका ग्रहण गरियो, सबैको जय होस् !असत्य र अन्याय माथि सत्य र न्यायको विजय होस् !’
स्रोत: अन्नपूर्ण पोस्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *