आज असोज २९ गते बुधवारको राशिफल हेर्नुहोस् ।।।

आज मिति २०७६ साल असोज २८ गते। तदनुसार १६सेप्टेम्बर सन् २०१९ । शकसंवत् १९४१,परिधावी संवत्सर,दक्षिणायन,सरद ऋतु,नेपाल संवत् ११३९ ञलगा,आश्विन कृष्ण पक्षको तृतीया

मेष– सन्तानबाट लाभ र सुख मिल्नेछ। दीर्घकालीन योजनाहरू सम्पादन हुनेछन्। प्रेम वा दाम्पत्यमा आत्मीयभाव बढ्नेछ।

वृष– उद्योगधन्दा र रोजगारीका लागि विभिन्न अवसर आउनेछन्। धार्मिक तथा सामाजिक काममा रुचि जाग्नेछ।

मिथुन– पढाइलेखाइमा राम्रो नतिजा हासिल गर्न सकिनेछ। विभिन्न अवसरले पछ्याउनेछन्। यात्रा फलदायी बन्नेछ र काममा उत्साह जाग्नेछ।

कर्कट– विशवासपात्रले धोका दिनेछन्। वैदेशिक रोजगारीमा केही समस्या आउनेछन्। श्रम र उत्पादनको राम्रो मूल्य नपाइएला।

सिंह– काममा विलम्ब र चुनौती सामना गर्नुपर्ला। मानहानि वा अपयश समेत सम्भावना छ। आर्थिक अभावले सताउनेछ।

कन्या– मित्रता,प्रेम र दाम्पत्य सम्बन्धका लागि समय अनुकूल देखिन्छ। तर्कशक्ति बढ्नेछ। कीर्तिमानी काम सम्पादन गर्न सकिनेछ।

तुला– मनन,ध्यान वा रचनामा रुचि बढ्नेछ। घरमा बसेरै विभिन्न काम सम्पादन गर्न सकिनेछ।

वृश्चिक– आफन्तजनसँगै मनमोटाव बढ्न सक्छ। नसा वा जोर्नीसम्बन्धी समस्याले पनि सताउन सक्छ।समय प्रतिकूल रहनेछन्।

धनु– कृषि र व्यवसायमा उन्नति हुनुका साथै मनग्ये धन कमाउने अवसर जुट्नेछ। नयाँ नोकरीमा प्रवेश,पदोन्नति वा अनुकूल स्थानान्तरण हुन सक्छ।

मकर– विशेष अध्ययनका लागि विदेशयात्रा सम्मको योग छ। साथीभाइले धोका दिने र परिवारजनले समेत साथ नदिने समय छ।

कुम्भ– सोचने शक्तिबढने छ। कुराकाटनेहरु प्रसम्सा गर्न थालने छन अन्न तथा धनको पनि वृद्धि हुनेछ।

मीन– सहयोगीको राम्रो साथ पाइनेछ। शिक्षा र साझेदारीमा फाइदा हुनेछ,घरमा सामान्य मनमुटाव होला।

नोटः ज्योतिष बास्तुसँग सम्बिन्धित कुनै पनि समस्या छन् र ज्योतिष सम्बन्धि सल्लाह लिन चाहनुन्छ भने हामीलाई सम्झनुहोस्। युबा तथा फलित ज्योतिषि अमृत पौडेल सम्पर्क नम्बर = ९८५६०११९९७; ९८०५२७२६१५
स्थान =पोखरा २ बिन्ध्याबाशिनी मन्दिर पराजुली मिनी मार्केट भित्र