घोराही २९ पुस । माउन्टभ्यु बोडिङ स्कुलले विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको चाहना अनुसार कलात्मक र रचनात्मक किसिमले स्थापना दिवस मनाएको छ । विविध कार्यक्रमको आयोजना गरी शनिवार आफ्नो ३४ औं स्थापना दिवस मनाएको हो ।
विद्यालयको प्राङगणमै विद्यार्थीहरुले विज्ञान प्रदर्शनी एकदमै कलात्मक ढंगले प्रस्तुत गरेका थिए । कक्षा ७ देखी १२ कक्षा अध्ययन गर्ने विद्यार्थीले कृर्षी, स्वास्थ्य, संचार, लगायतका विविध किसिमका विज्ञान प्रदर्शनीहरु आफैले निर्माण गरी अभिभावकका सामु दर्शाएका थिए ।
लामो समयपछि विद्यालयका विद्यार्थीले मेहनत र परिश्रम गरी आफ्ना जनचेतनामुलक ढंगले कला प्रस्तुत गरेको कक्षा दशमा अध्ययनरत समिक्षा आचार्यले बताइन् । पहाडी क्षेत्रमा गरिने कृर्षी प्रणालीलाई थप बल पु¥याउने गरी कृर्षी सामग्री तयार पारेको आचार्यले बताइन् ।
अन्य विद्यालयले पनि विज्ञान प्रदर्शनी गरेकाले आफुहरुले पनि गर्नुपर्छ भन्ने भावना जागेर आफ्नो कला प्रदर्शन गरेको सोही कक्षामा अध्ययनरत अर्की कमला डाँगीले बताइन् । अब प्रत्येक बर्षमा हुने स्थापना दिवसका अवसरमा यस्ता विज्ञान प्रदर्शनीलाई निरन्तरता दिने डाँगीले बताइन् ।
विद्यालयका पुर्व प्रिन्सीपल सिर्जन अधिकारीले यस भन्दा पहिले एक पटक विद्यालयको आयोजनामा विज्ञान प्रदर्शनी भएपनि अहिले लामो समयपछिको अन्तरालमा भएको बताउनुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अरुण कुमार शर्माको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका विद्यार्थीले विभिन्न सांस्कृतिक कार्यक्रमहरु समेत प्रस्तुत गरेका थिए ।
जिल्ला शिक्षा अधिकारी रमेश मैनालीको प्रमुख अतिथ्यमा र परिक्षा बोर्डका दण्डपाणी घिमिरेको विशिष्ट आतिथ्यमा भएको कार्यक्रममा प्याब्सन दाङका अध्यक्ष यादव गिरी, वरिष्ठ साहित्यकार गिरिराज शर्मा, गोरखा बोर्डिङका नवल जिएम, विद्यालय निरिक्षक रामप्रसाद जैशी लगायतले विद्यालयको सफल्ताको शुभकामना दिनुभएको थियो ।
विद्यालयका प्रिन्सीपल टेकनाथ अधिकारीको स्वागत मन्तव्यवाट शुरु भएको कार्यक्रमको सहजीकरण विद्यालयका शिक्षक सर्जन गौतमले गर्नुभएको थियो ।