लहान ।
सिरहा बरियारपट्टी गाउँपालिका–२ जानकीनगरमा मंगलबार साँझ एक महिलाको शव फेला परेको छ ।
जानकीनगरस्थित विनयकुमार रायको माछा पोखरीमा सनाखत हुन नसकेको करिब ५५ वर्षीया महिलाको शव फेला परेको हो ।
शव परीक्षणका लागि लहानस्थित अस्पतालमा ल्याइएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।