सागर थापा
दाङ ४ माघ
करिब ३ बजेबाट निस्केको जुलुस बेलझुण्डीमा गएर कोणसभामा परिणत भएको थियो । हाम्रो दाङ हाम्रो सान, सरकारले गरेको निर्णय फिर्ता गर , जसरी नि दाङलाई राजधानी बनाउनै पर्छ ू लगाएका नारा सहित सहित उक्त जलुसले बेलझुण्डी बजारको परिक्रमा गरेको थियो/

सभामा बोल्दै महिला सञ्जालकि सल्लाहकार लालिका पोख्रेल, युवा उद्यमी तिलक डाँगी , नेपाल राष्ट्रिय कर्मचारी महासंघ ५ नं प्रदेश सह(ईन्चार्ज कमल पोख्रेल , युवाहरु सागर केसि, सागर बुढाथोकी , बिकास बस्याल , कमल बस्नेत , बिनाराम नकाल लगाएतले सरकारले मनोमानी रुपले दादागिरीको भरमा बुटवल रुपन्देही राजधानी तोकेको भन्दै जबसम्म सरकारले आफ्नो गलत निर्णय फिर्ता गर्दैन तवसम्म कडा रुपले आन्दोलन गर्ने बताएका थिए ।

बेलझुण्डीमा करिब ४५ मिनेट सम्म भएको उक्त कोणसभामा शेर बहादुर देउवाको पुत्ला जलाउदै बर्तमान सरकारलाई मनोमानी गरेको भन्दै राजिनामा दिन दबाव दिईएको थियो । राष्ट्रिय जनमुक्ति पार्टीका जिल्ला उपाध्यक्ष रविन्द्र उच्च नेपालीको संयोजकत्वमा भएको उक्त कार्यक्रमको संचालन युवा कपिल लामिछानेले गरेका थिए

Leave a Reply

Your email address will not be published. Required fields are marked *