ओमप्रकाश गुप्ता
भालुवाङ १४ माघ । देउखुरीको राप्ती गाउँपालिका १ भालुवाङ बजारमा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् । आधिकारिक रुपमा पहिचान नभए पनि रोल्पाका ५५÷५६ वर्षिय प्रेम पुनमगर नाम खुल्न आएको प्रहरीले बताएको छ । आइतवार विहान साढे ६ बजे हाम्रो होटल अगाडी मृत अवस्थामा स्थानीयले फेला पारे पनि प्रहरीले भने ९ बजे मात्र खवर पाएको बताएको छ । स्थानीयका अनुसार रोल्पा घर भई कामका शलिशिलामा रसुवामा रहेका पुनमगर विरामी भए पछि त्यहाँका स्थानीयहरुले १६ हजार १ सय ६० रुपैयाँ पैसा संकलन गरी उनलाई घर पठाएका थिए । रोल्पा जाने क्रममा राती उनी भालुवाङमा आर्लेर खुल्ला ठाउँमा बसेका पुन विहान मृत अवस्थामा फेला परेको स्थानीयले बताएका छन् । तर मृतकको वास्तविक पहिचान भने खुल्न सकेको छैन । प्रहरीका अनुसार मृतक जन्डिसको विरामी भएका कारण मृत्यु भएको हुन सक्ने बताएको छ । मृतक पुन गहुगोरो, कालो जाकेट,खैरो टिसर्ट ट्राक्याक सुट र जुत्ता लगाएको प्रहरीले बताएको छ । मृतकलाई इलाका प्रहरी कार्यालय भालुवाङले लमही अस्पतालमा पोष्टमार्टमका लागि राखेको छ । मृतक पुनका परिवार तथा आफन्ती सम्पर्कमा आएका छैनन् ।
