ओमप्रकाश गुप्ता
देउखुरी १४ माघ । देउखुरीको जखेरा तालको सडक खण्डमा कालो पत्रे गर्ने कार्य सम्पन्न भएको छ । नेकपा माओबादीका नेता कृष्ण बहादुर महरा अर्थमन्त्री भएका बेला अर्थमन्त्रालयबाट बिनियोजन गरेको एक करोड रुपैया बाट सडक कालो पत्रे गर्ने कार्य सम्पन्न भएको हो । कालो पत्रे सम्पन्न भए पछि धुलो, हावाहुरीबाट आजित भएका त्यस ठाउँका स्थानीयबासी तथा जखेरा ताल घुम्न आउने जानेलाई समेत राहत भएको छ । सधै भरी धुलोले धुल्याम्य हुने उक्त सडक खण्ड कालोपत्रे गरे सँंगसँगै जखेरा तालमा ब्यापारमा समेत उल्लेखनीय वृद्धि भएको एक स्थानीय ब्यापारी दानालाल चौधरीले जानकारीदिएका छन् । त्यस्तै पर्यटकीय स्थल जखेरा तालमा नयाँ कार्य समिति निर्बाचित भएको डेढ बर्षमा थुप्रै कार्य गर्न सफल भएको बताईएको छ । जसमा जखेरा ताल भित्र सार्बजनिक शौचालय भित्र फोहोर ब्यबस्थापन दुई वटा डुंगा थप र जखेरा ताल भित्रको सरसफाई लगायतका थुप्रै काम सम्पन्न गरिएको जखेरा ताल शिवालय प्रतिष्ठानका कार्यबाहक सचिब लोकमणि बञ्जाडेले जानकारी दिएका छन् । गत बर्ष महोत्सब बाट संकलित रकमले सो कार्य सम्पन्न गरेको हो । आगामी माघको २९ गते देखि पुसको दुई गते सम्म जारी रहने जखेरा पर्यटन तथा साँस्कृतिक महोत्सब संचालन हुने भएकाले सम्पूर्ण दांङ देउखुरी बासीहरुमा उपस्थिति भै सहयोग गरीदिन प्रतिष्ठानले सबैमा आग्रह गरेको छ । ताल तलैयाको संरक्षण सम्बर्धन गर्ने मुख्य उद्देश्यका साथ संचालन गर्न लागिएको तीन दिने महोत्सबलाई सहयोग गरिदिनु हुन कार्यबाहक अध्यक्ष रामसिह केसीले सबैमा आग्रह गरेका छन् । त्यस्तै महोत्सवलाई ब्यबस्थित बनाउनका लागी प्रतिष्ठानका १५ जना पदाधिकारीलाई जिम्मेवारी दिई कार्य समेत बाडफाँड गरिएको अध्यक्ष केसीले बताए । २०५० सालबाट चर्चा पाउन थालेको तालको कुल ९ हेक्टर क्षेत्रफलमा फैलिएर रहेको छ ।
