नाराएणपुर महोत्सवमा रौनकता बढ्दै ,ज्योतिको प्रस्तुतिमा झुमे दर्शक

२०७४ माघ १७, बुधबार ०२:५० गते २०७४ माघ १७, बुधबार ०२:५० गते २०७४ माघ १७, बुधबार ०२:५० गते

दिपक वली
नारायणपुर, १६ माघ
घोराही उपमहानगरपालिका वडा नम्बर १० नारायणपुरमा शुक्रवारदेखी सुरु भएका महोत्सवमा मंगलबार लोक तथा दोहारी गायीका चर्चित मोडेल र सबैको लोकप्रीय गायीका ज्योति मगरले दर्शकहरुलाई मनोरञ्जन दिएकी छिन । लोक दोहोरी गित संगीत एवं मोड्लिङ क्षेत्रमा आफूलाई अब्बल रुपमा स्थापीत गर्न सफल गायीका ज्योतिले मंगलबार नारायणपुरमो महोत्सवमा उत्कृष्ट प्रस्तुति राख्दै दर्शकहरुलाई भरपुर मनोरञ्जन दिएकी थिईन ।

नारायणपुर उद्योग वणिज्य संघको आयोजनामा ‘कृषि व्यवसाय एवं पर्यटनमा प्रोत्साहनः दीगो अर्थतन्त्रकालागि अमूल्य योगदान’ मूल नाराका साथ सुरु भएको ‘नारायणपुर व्यापारिक, कृषि तथा पर्यटन महोत्सव २०७४’ मा ज्योतिले आफ्ना चर्चीत गीतहरु प्रस्तुत गरेकि थिइन । उनले उई मुलाको सिन्कि , सुर्खेत बुबलुले ताल ,ढाडे बिरालो लगायत दर्जन बढि गीत प्रस्तुत गरेकी थिईन । हिट गीतहरु ज्योतिले गाउदा बुढादेखि तन्नेरी सम्मका दर्शकहरु छमछमी नाचेका थिए । प्रस्तुतिमा साथ दिदै दर्शकहरुले हुटिङकोसाथमा नाचेर साथ दिएका थिए ।

यस्तै लोकदोहोरी क्षेत्रका चर्चीत गायक मोडल दंगाली कलाकार सन्दिप न्यौपानेले पनि आफ्ना लोकप्रीय गीतहरु प्रस्तुत गरेका थिए । उनले दिलमेरो चोरी लग्यो पुलिस वालाले,बमबमबमबम बोले ,भुइचालो लगायतका गीतहरु प्रस्तुत गरेका थिए । साथै दङगालि संगितकार तथा गाएक यादव योगिले पनि उत्कृष्ट प्रस्तुती दिएका थिए ।
मंगलबार गायक सरद समीप, टोपेन्द्र विष्ट, हास्य कलाकार राजु विक लगायत बिभिन्न नृत्य प्रस्तुत गरिएको थियो । कार्यक्रमको सहजिकरण लोकदोहोरी गायीका एवं मोडल रुपा घर्ति मगरले गरेकी थिईन ।

महोत्सवमा व्यापारिक, पर्यटन, कृषी एवं अन्य स्टलहरु रहेका छन । करिब १ लाख ५० हजार दर्शकले अवलोकन गर्ने र करिब ३ करोडको आर्थिक कारोबार गर्ने लक्ष्य रहेको महोत्सवमा आज करीब पन्द्र हजार दर्शकहरुले महोत्सव अवलोकन गरेको संचार संयोजक आर के शितल ले जानकारी दिनुभयो ।
महोत्सवमा प्रवेशकालागि ५० रुपैयाको टिकटको व्यवस्था गरिएको छ । टिकटमा विद्यार्थीहरुकालागि विशेष छुटका सहित ७५ वर्षभन्दा माथि उमेरका जेष्ठ नागरिक एवं क र ख वर्गको परिचयपत्र भएका अपांगहरुकालागि निशुल्क प्रवेशकालागि फोटोसहित पास उपलब्ध गराईएको पनि संचार संयोजक आरके शितलले जानकारी दिनुभयो । महोत्सवको मुख्य आकर्षणको रुपमा यस क्षेत्रबाट उत्पादित वस्तुहरुको पर्दशनी, यस क्षेत्रका पर्यटकिय स्थलहरुको चिनारी, दैनिक सांस्कृतिक प्रस्तुति, एवं झुला, मौतका कुवा, पिङ, ब्रेक डान्स सहित बाल उद्यानका सम्पूर्ण सामाग्री रहेका छन ।

 

बुधबारका कलाकारहरु
नारायणपुर महोत्सवका चर्चित लोक दोहोरी गाएक एवं लोक दोहोरी प्रतिष्ठान नेपालका पुर्व अध्यक्ष चन्द्र शर्मा सहित कलाकारहरुको प्रस्तुति रहने भएको छ । बुधबार चन्द्र शर्मा सँगै राष्ट्रिय स्तरमा ख्यातिप्राप्त कलाकारहरुको प्रस्तुति रहने सांस्कृतिक संयोजक अभियान बस्नेतले जानकारी दिनुभयो । बुधबार चन्द्र शर्मा , कोमल ओलि ,बिजय पुन ,सरद समीप, टोपेन्द्र विष्ट, गोमा रिजाल, राजु बिक लगायतको प्रस्तुति रहने बस्नेतले जानकारी दिनुभयो । साथै दंगाली कलाकारहरुको पनि प्रस्तुति रहने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *