लालमटियामा सिमसार दिवस मनाइयो

२०७४ माघ १९, शुक्रबार १४:५८ गते २०७४ माघ १९, शुक्रबार १४:५८ गते २०७४ माघ १९, शुक्रबार १४:५८ गते

ओमप्रकाश गुप्ता
देउखुरी १९ माघ । देउखुरीको राप्ती गाउँपालिका २ लालमटियामा २१ औँ विश्व सिमसार दिवस मनाइएको छ । ”दिगो शहरी भविष्यका लागि सिमसार“ भन्ने मुल नाराका साथ कालिका सामुदायिक वन उपभोक्ता समुह लालमटियाको आयोजना एवम् जिल्ला वन कार्यालय दाङको सहयोगमा दिवस मनाइएको हो । सिमसारको संरक्षण र व्यवस्थापनमा जनचासो र जनचेतना अभिबृद्धि गर्ने उद्देश्यले विश्व सिमसार दिवस कालिका सामुदायिक वनको हर्षेडाँडामा मनाइएको हो । समुहका अध्यक्ष जोहरमान मियाँको अध्यक्षता एवम् जिल्ला वन कार्यालय दाङका जिल्ला वन अधिकृत सुर्यकान्त सिग्देलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै सिग्देलले सिमसारको संरक्षण र व्यवस्थापनका लागि सरोकारवालाहरुले ध्यान दिनु पर्ने बताएका छन् । यसका लागि उनले प्रकोप र विपतजन्य जोखिमहरुलाई न्यूनिकरण गर्दै सिमसारजन्य स्रोतको दिगो तथा बुद्धिमतापूर्ण उपयोग गरी आमजनताको जीविकोपार्जनमा टेवा पुर्याउने दिशामा कार्यक्रम लक्षित गरी कार्यान्वयनमा कटिबद्ध रहनु पर्नेमा जोड दिएका थिए । कार्यक्रमका विशिष्ट अतिथि भू संरक्षण कार्यालय दाङका शरदबाबु पंगेनीले सिमसार क्षेत्र एउटा बहुआयामिक र अन्तरक्षेत्रगत विषय भएको हुनाले यसको संरक्षण र समुचित व्यवस्थापनको लागि सम्बन्धित सबै निकायहरुले सक्रिय योगदान दिनु पर्ने बताएका थिए । कार्यक्रममा गढवा सेक्टर वन कार्यालयका वरिष्ठ वन अधिकृत जिवन पंगेनी,नेपाल पत्रकार महासंघका केन्द्रिय पार्षद महेश रिजाल, आदर्श नमुना मावि लालमटियाका शिक्षक ठाकुर प्रसाद भुसाल, रामजहदी सामुदायिक वनका अध्यक्ष हरिप्रसाद श्रेष्ठ र इच्छुक स्मृती कृषि सहकारी संस्थाका अध्यक्ष भिमार्जुन सुवेदी लगायतका वक्ताहरुले बोलेका थिए । समुहका उपाध्यक्ष बुद्धिराम चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन पत्रकार ओमप्रकाश गुप्ताले गरेका थिए । सिमसारको संरक्षणमा जनचासो बढाउने उद्देश्यका साथ विभिन्न विद्यालयका शिक्षक तथा विद्यार्थीहरु, सरकारी तथा गैरसरकारी निकायका कर्मचारीहरु र पत्राकारहरुको सहभागितामा लालमटिया बजार, कालिकाचोक हुदै हर्षेडाँडा सम्म ¥याली समेत निकालिएको ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *