जखेरामा महोत्सबको तयारी तीब्र पारिदै,महोत्सबको उद्घाटन पूर्ब उपप्रधानमन्त्री महराले गर्ने

२०७४ माघ २३, मंगलवार १६:१८ गते २०७४ माघ २३, मंगलवार १६:१८ गते २०७४ माघ २३, मंगलवार १६:१८ गते

लमही, २३ माघ

देउखुरीको प्रसिद्ध पर्यटकीयस्थल जखेरा तालमा महोत्सब सञ्चालन हुने भएको छ । माघको २९ गतेदेखि फागुन २ गतेसम्म महोत्सब सञ्चालन हुने जनाइएको छ ।

दोस्रो जखेरा पर्यटन तथा साँस्कृतिक महोत्सब—२०७४ को सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको महोत्सब ब्यबस्थापन समितिले जनाएको छ । महोत्सबका लागि प्रचारप्रसार, स्टल बुकिङ्ग, स्टल सजावट, र महोत्सबस्थलको सरसफाई तीब्र पारिएको छ ।

महोत्सब ब्यबस्थापन समितिका संयोजक लोकमणी बञ्जाडेका अनुसार महोत्सब सफल पार्नका लागि सबैलाई सहयोग गर्न आग्रह गर्नुभएको छ । ताल तलैयाको संरक्षण र संबद्र्धनका लागि महोत्सब सञ्चालन गर्न लागिएको जनाएको छ ।

जखेरा ताल शिबालय पर्यटन बिकास प्रतिष्ठान लमही नगरपालिका—३ को आयोजनामा महोत्सब सञ्चालन हुन लागेको हो । महोत्सबको उद्घाटन पूर्ब उपप्रधानमन्त्री कृष्णबहादुर महराले गर्ने कार्यक्रम रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *