दाङमा ६ महिनामा २६४ जना हराएको ब्यक्तिहरुको निवेदन यकिन तथ्यांक लिन समस्या : प्रहरी

२०७४ माघ २४, बुधबार ०४:३६ गते २०७४ माघ २४, बुधबार ०४:३६ गते २०७४ माघ २४, बुधबार ०४:३६ गते

(सागर थापा दाङ)

माघ २४ दाङ

जिल्ला प्रहरी कार्यालय दाङमा मानिस हराएको सूचना लिएर आउनेहरु मानिस फेला परेपछी भने जानकारी दिन नआउने गरेको पाएको छ । हराएका मानिस परिवारको सम्पर्कमा आए पछी प्रहरीमा जानकारी नदिने गरेको कारण यकिन तथ्यांक लिन समस्या हुने गरेको हो । यसले गर्दा प्रहरीमा हराएका मानिसको सख्या बढी देखिने गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार चालू आर्थिक बर्षको ६ महिनामा (२६४ ) जना हराएको भने निवेदन परेको छ । तिमध्ये (९२ ) जना भेटिएको कार्यालयको तथ्यांकले देखाएको छ ।

अझै न भिटिएको प्रहरीको तथ्यांकले देखाउछ । यघपी उनीहरू मध्ये केही परिवारको सम्पर्कमा आएको हुन सक्ने प्रहरीको अनुमान छ । प्रहरीका अनुसार यो अबधिमा बालक (५०) जना हराएका थिए भने बालिका (४६ ) जना महिला (१५३ ) जना र पुरुष (१६) थिए जस मध्ये बालक र बालिक (४६ ) र (५० ) जना नै भेटिएको छ्न भने महिला (५४) जना र पुरुष (८ ) जना भेटिएको छ्न । अघिल्लो आव २०७३/ २०७४/ मा बालक (५१) बालिका (४५) महिला (१६३) पुरुष (१६ ) जना हराएको थियोे । जस मध्ये केही न भेटिएको प्रहरीले जनाएको छ । भेटिनेमा बालक (१८ ) बालिका (४६) महिला (५४) पुरुष (१८) जना रहेको छन सो आवमा (२६४) जना हराएको प्रहरीले जनाएको छ ।

हराउनेमा बालक दुई बालिका छ महिला ७४ र पुरुष आठ जना रहेको छन जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी दुर्गा सिंहका अनुसार जो कोहि हराएको निवेदन दिने र भेटे पछी जानकारी न दिने गरेको कारण हराएको संख्या धेरै देखिने गरेको छ । आफ्नो मानिस भेटाए पछी प्रहरी लाई खबर गर्नुपर्ने भन्ने विषयमा समेत जानकारी गराउन आफ्न्तले चासो न दिनु मुख्य समस्या रहेको उहाँको भनाइ छ ।प्रहरीले मानिस हराएको फाइल थन्किएको पुन खोज तलाश नगर्दा पनि हराएको मानिसको यकिन तथ्यांक आउन नसकेको हो ।

निवेदन माथि कार्वाही भए पछी कार्वाहीको जानकारी न हुनु समस्या रहेको एसपी सिंहले बताउनुभयो बढी मात्रामा महिला हराउनुले धेरै जसो महिला एउटा घर बाट अर्को घर परिवर्तन गर्ने गरेको र आफ्नतले उसलाई चासो नदिएको कारण यस्तो समस्या आउने गरेको उहाले बताउनुभयो यो समस्या अहिले वैदेशिक रोजगारमा रहेको पुरुषको घरमा बढी हुने गरेको उहाले बताउनुभयो । अहिले समाजमा वैदेशिक रोजगारीमा लैजाने बहानामा छिमेकी मुलुक पुराएर बेचबिखनमा पर्ने गरेको पनि उहाले बताउनुभयो । यो मात्र न भएर हराएको कति पयले विविध कारणले आत्महत्या गर्ने गरेको समेत गरेको अनुसन्धान बाट पाएको उहाले बताउनु भयोको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *