अाफ्नै दार्इले भाइको यसरी हत्या गरे

२०७४ माघ २६, शुक्रबार १२:३४ गते २०७४ माघ २६, शुक्रबार १२:३४ गते २०७४ माघ २६, शुक्रबार १२:३४ गते

माघ २६, अर्घाखाँची।

सन्धिखर्क नगरपालिका- ५ बागिखोलामा एकजना मजदुरको हत्या भएको छ। रुपन्देही कपिलवस्तुको महाराजगन्ज नगरपालिका-६ घर भई हाल सन्धिखर्कको वागिखोलामा मजदुरी गर्ने २२ वर्षीय प्रेम पासवानको आफ्नै दुईदाजुहरुको कुटपिटबाट मृत्यु भएको हो।

कुटपिट गरी भाइको हत्या गर्ने दुईदाजुहरु २९ वर्षीय दयासंकर पासवान र २३ वर्षीय कृष्ण पासवानलाई प्रहरीले पक्राउ गरिसकेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक प्रदिपकुमार डिसिले जानकारी दिएका छन।

दाजु दयासंकर पासवानकी श्रीमतीसँग मृतक प्रेम पासवानले ३ वर्ष अघि बिहे गरेका थिए। भने रिसिबिका कारण हत्या भएको प्रहरीले बताएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *