दाङ, २७ माघ ।
नेपाल उद्योग संघको प्रथम केन्द्रीय अधिवेशनबाट ४५ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ । जसमा दाङबाट अनिल आचार्य केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको छ ।
दुई दिनसम्म काठमाडौं भएको अधिवेशनले ओमप्रताप रानाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । यस अघि अधिवेशनको उद्घाटन नेकपा एमालेका महासचिव इश्वर पोखरेलले गर्नुभएको थियो । अध्यक्ष राजेन्द्रमन श्रेष्ठको अध्यक्षतामा भएको अधिवेशन देशभरका सवै जिल्लाबाट प्रतिनिधित्व रहेको थियो ।
नेकपा एमाले उद्योगीहरुको संस्थाका रुपमा रहेको नेपाल उद्योग संघको प्रथम अधिवेशनले उद्योगी व्यवसायीहरुको हितका लागि विभिन्न प्रस्तावहरु पारित गरेको छ । यसैगरी अधिवशेनमा प्रदेश नं. ५ को इञ्चार्ज प्युठानका नेघनसिंह कुवर निर्वाचित हुनुभएको छ । नव निर्वाचित केन्द्रीय सदस्य आचार्यले दाङ लगायत अन्य जिल्लामा पनि कमिटी गठन, पुनःगठन र विस्तारलाई तिव्रता दिने बताउनुभएको छ ।
