दाङ महोत्सवमा विशेष सांस्कृतिक आकर्षण बनाउछौ–सांस्कृतिक संयोजक मिनराज भाट

२०७४ माघ २९, सोमबार १४:५२ गते २०७४ माघ २९, सोमबार १४:५२ गते २०७४ माघ २९, सोमबार १४:५२ गते

घोराहिमा फागुन तीन देखी घोराहिमा हुन लागेको ब्यापारिक महोत्सवको बारेमा केही रोचक जानकारी बारे प्रकाश पार्दै सांस्कृतिक कार्यक्रमका संयोजक मिनराज भाटसँग भ्एको छोटो मिठो कुराकानी ्र

सांस्कृतिक कार्यक्रमको तयारी कसरी अगाडि बढेको छ ?

. सांस्कृतिक कार्यक्रमका लागि तयारी व्यापकरुपमा अगाडि बढेको छ । खासगरी कलाकार छनौंट गर्ने, उनीहरुको कार्यतालिका बनाउने काम भइरहेको छ ।

महोत्सबमा छाडापन देखाउने कलाकारहरु कति छानिए त ?

. राम्रो प्रश्न गर्नुभयो । विभिन्न अनुभवहरुलाई संगालेर हामीले यो कुरामा बढि ध्यान दिएका छौं । महोत्सव वा अन्य विभिन्न कार्यक्रमहरुमा उछृंखलता प्रस्तुत गर्ने कलाकारहरुलाई हामीले कुनै स्थान दिएका छैनौं । महोत्सबमा कलाकार आवश्यक पर्छ । यो भन्दैमा समाजमा नपच्ने किसिमका गतिविधिहरु गर्न कसैलाई छुट छैन । तपाई ढुक्क हुनुहोस्, महोत्सबमा राम्रा, सभ्य कलाकारहरु नै आउनेछन् ।
नाम चलेका कलाकारहरुको नाम बताई दिनुहोस् न रु
. हामीले राष्ट्रि र स्थानीयस्तरमा नाम चलेका सबैजसो कलाकारहरुलाई समेट्ने जमर्को गरेका छौं । कतिपय आउनै पर्ने
कलाकारहरुको समय नमिलेकाले आउन सक्नु भएन ।

यति हुँदा हुँदै पनि सामाजिक अभियनताकारुपमा चिनिनु भएका कलाकारहरु धुर्मश–शुन्तली, प्रमोद खरेल, मनोज गजुरेल, कालिप्रसाद बासकोटा, हेमन्त शर्मा, बद्री पंगीनी, जुतु नेपाल, इन्दिरा जोशीलगायतका राष्ट्रिय र जिल्लाका राष्ट्र र स्थानीय स्तरमा ख्याती कमाउनु भएका सबै कलाकारहरु महोत्सबमा समावेश हुनुहुनेछ ।
स्थानीय कलाकारहरुले आफूहरुलाई कम पारिश्रमिक दिएको गुनासो गरिरहेका छन् नी ?
. हामीले सकेसम्म यहाँका कलाकार साथीहरुको पनि चित्त बुझाउनेछौं । विगतको जस्तो ठूलो महोत्सब नभएकाले पनि सायद सोँचे जस्तो नभएको होला । तर पनि चित्त बुझाउने प्रयास गर्नेछौं ।
महोत्सबमा सांस्कृतिक पाटो तर्फ नयाँ पन के छ ?
. हामीले गीतसँगीतका साथै लोपउन्मूख सारंगी बाजा प्रतियोगिता राखेका छौं । यसैगरी श्रीमान् श्रीमतीको जोडि नृत्य प्रतियोगिता राखेका छौं । त्यस्तै दङाली तारा गायन प्रतियोगिता राखेका छौं । प्रदेशस्तरीय लोकनृत्य प्रतियोगिता पनि राखिएको छ । साहित्यीक कार्यक्रमहरुको पनि आयोजना गरिएको छ । हामीले सांस्कृतिक कार्यक्रमलाई सन्देशमुलक बनाउने प्रयास गरेका छौं ।

अन्तमा महोत्सब सबैको साझा विषय भएकाले सभ्य अनि भव्य बनाउनका लागि दाङ जिल्ला उवासंघको तर्फबाट सबैसँग अनुरोध गर्न चाहन्छु ।
गणतन्त्रवाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *