दाङ महोत्सवको तयारीका वारेमा यसो भन्छन् उप समितिका संयोजकहरु

२०७४ फाल्गुन १, मंगलवार १४:३६ गते २०७४ फाल्गुन १, मंगलवार १४:३६ गते २०७४ फाल्गुन १, मंगलवार १४:३६ गते

दाङ जिल्ला उद्योग बाणिज्य संघले फागुन ३ गतेदेखि १३ गतेसम्म ‘‘दाङ ब्यापारिक तथा पर्यटन महोत्सब एवं प्रदेशस्तरिय औद्योगीक कृषि मेला—२०७४’ को आयोजना गरेको छ । महोत्सब सफल पार्नका लागि दाङ जिल्ला उद्योग बाणिज्य संघले विभिन्न समिति तथा उपसमिति गठन पनि गरेको छ । महोत्सब सञ्चालन हुने दिन आउन पनि केही दिन मात्रै बाँकी रहेको छ । यसैक्रममा पत्रकार विमला घर्तीले विभिन्न उपसमितिका संयोजकहरुसंग संक्षिप्त कुराकानी गर्नुभएको छ ।

महिलाले उत्पादन गरेका सामग्री प्रदर्शन हुन्छ – दाहाल
बिन्दु दाहाल संयोजक, महिला उद्यमी तथा धार्मिक उपसमिति

फागुन ३ गतेदेखि १३ गतेसम्म घोराहीमा ‘दाङ व्यापारिक तथा पर्यटन महोत्सव एवं प्रदेशस्तरिय औधोगिक कृषि प्रदर्शनी सञ्चालन हुदैछ । उक्त महोत्सबमा उद्यमी महिलाहरुले उत्पादन गरेका सामग्रीहरुको बिशेष प्रदर्शनी गरिने भएको छ । महिला उद्यमी तथा धार्मिक उपसमितिको संयोजक म छु । मेरो संयोजकत्वमा गठन भएको उपसमितिले महोत्सब नजिकिदै गर्दा तयारीलाई पनि तीब्र रुपमा अगाडि बढाएको छ । धेरै जसो तयारी पुरा भएको छ, भने अब केही तयारीहरु बाँकी छन् । बिशेष त महोत्सबमा महिला उद्यामीहरुलाई चार प्रकारका तालिम दिइने छ ।

हामीहरुले महोत्सबको अवसर पारेर तालिमको आयोजना गरेका छौँ । उक्त फागुन ४ गतेबाट सुरु भइ १२ गतेसम्म सञ्चालन हुनेछ । अहिले तालिममा सहभागी हुने महिला दिदीबहिनीहरुले तालिममा सहभागीता हुनका लागि फारम भर्ने काम भइरहेको छ । महिला दिदी÷बहिनीका लागि गुडिया बनाउने, झोला बनाउने, अल्लो तथा होजियारी सम्बन्धी तालिम प्रदान गरिनेछ । महिलाहरुलाई आत्मनिर्भर बनाउनका लागि तथा उत्पादनलाई बजारीकरण गर्न तालिमले मद्दत गर्ने विश्वास हामीले लिएका छौँ ।

यस्तै धार्मिक उपसमिति अन्तर्गत हुने कार्यक्रमको तयारी पनि हामीहरुले गरीरहेका छौँ । महोत्सब अबधिभर स्वर्गद्धारी महाप्रभुको मुर्ति स्थापना गर्ने, पाण्डबेश्वर मन्दिर धारपानीको त्रिशुल राख्ने काम हुने तथा पुजाको कार्यक्रम रहेका छन् । बिहान ५ बजेदेखि दैनिक रुपमा पुजाको कार्यक्रम हुने छन् । महोत्सबस्थलमा महोत्सब सञ्चालन हुदासम्म योग कार्यक्रम राखिएको छ । बिहान ५ बजेदेखि साढे ६ बजेसम्म योगको कार्यक्रम राखिएको छ । धार्मिक कार्यक्रमहरुको पनि तयारी सम्पन्न भइसकेका छन् ।

स्थानीय उत्पादनका स्टल बढी रहेका छन्- पोखरेल
टंकप्रसाद पोखरेल-संयोजक, स्टल व्यबस्थापन उपसमिति

महोत्सब सञ्चालन हुने दिन अब धेरै छैन । त्यसैले पनि सबै जसो काम सम्पन्न हुने अवस्थामा पुगेका छन् । स्टलहरु निर्माण भइसकेका छन् । महोत्सबमा दुई सय १८ वटा स्टल निर्माण गरिएका छन् । तीमध्ये दुई सय सात वटा स्टल बुकिङ भइसकेका छन् । मंगलबार (आज) हाम्रो उपसमितिको बैठकको आयोजना गरिएको छ । बैठकमा स्टल सम्बन्धी बिभिन्न बिषयमा छलफल हुने छ । स्टल नम्बरिङको काम सम्पन्न भएसंगै व्यबसायीहरुले आफ्नो स्टललाई प्रयोग गर्न पाउनु हुने छ ।

स्टल प्रयोग गर्ने व्यबसायीहरुलाई पासको व्यबस्था गरिएको छ । महोत्सबमा होटल सञ्चालन गर्नेहरुलाई पाँच वटा पासको व्यबस्था गरिएको छ । त्यस्तै पसल सञ्चालन गर्नेहरुलाई तीन वटा पासको व्यबस्था गरिएको छ । उनीहरुको फोटो संकलन गर्ने र पास बनाउने काम भइरहेको छ । हाम्रो उपसमितिको जिम्मामा रहेका कामहरु तीब्र गतिमा भइरहेका छन् ।

महोत्सबमा ब्यापार गर्नका लागि स्टल बुकिङ गर्ने ब्यबसायीहरुको संख्या अधिक रहेको छ । हामीहरुले स्थानीय उत्पादनलाई ध्यानमा राख्दै बढी मात्रामा स्थानीय उत्पादनका स्टलहरु बढी राखेका छौँ । स्थानीय उत्पादनले प्रोत्साहन पावस भन्नका लागि पनि हामीहरुले यस्तो योजना बनाएका हौँ । हामीहरुलाई त्यही अनुसारको तयारी पनि गर्न लगाइएको छ ।

नमुना मञ्च बनाउने तयारीमा छौँ – बुढाथोकी
महेन्द्र बुढाथोकी-संयोजक, स्वयसेवक परिचालन तथा सञ्च व्यबस्थापन उपसमिति

हाम्रो मञ्च व्यबस्थापन तथा स्वयसेवक परिचालन उपसमितिको ९० प्रतिशत काम सम्पन्न भएको छ । हाम्रो उपसमितिको जिम्मेवारी भनेको महोत्सबस्थलमा रहने मञ्च व्यबस्थापन तथा सुरक्षालगायत कामहरु ब्यबस्थापन गर्ने नै हो । यस्तै महोत्सबलाई ब्यबस्थित गर्नका लागि स्वयसेबक परिचालन गर्ने हो । हामीहरुले त्यसको तयारीलाई तीब्र बनाएका छौँ । जसरी हुन्छ महोत्सबलाई ब्यबस्थित गर्ने गरी काम भइरहेको छ ।

महोत्सबका लागि मञ्च महत्वपुर्ण केन्द्र हो । केही दिनमा मञ्चको पनि निर्माण र मञ्चलाई सजाउने काम हुने भएको छ । कलाकार तथा अतिथी बस्ने तथा मनोरञ्जन दिने केन्द्र नै मञ्च भएकाले त्यसलाई भब्य बनाउने तयारी भएको छ । त्यस्तो मञ्च कसरी बनाउन सकिन्छ भन्ने विषयमा छलफल भइरहेको छ । हामीले अन्य स्थानको भन्दा उत्कृष्ट र नमुना मञ्च बनाउने परिकल्पना गरेका छौँ ।

यस्तै अहिले महोत्सबमा खटिने स्वयसेवकहरु तयारी अबस्थामा राखिएको छ । जसमा बिभिन्न राजनितिक दलका भातृ गंगठनलगायत घोराही उपमहानगरपालिकाका प्रमुख, जिल्लाका प्रमुख व्यक्तिहरुसंग छलफल पनि तयारी गरिएको हो । स्वयमसेबकहरुमा सल्यूट गोर्खा ट्रेनिङ सेन्टरका प्रशिक्षार्थीहरुलाई परिचालन गरिने कार्यक्रम रहेको छ । यस्तै अन्य व्यक्तिहरु पनि स्वयसेबकको रुपमा परिचालन गर्ने तयारीका बारेमा पनि छलफल गरीरहेका छौँ ।

महोत्सब कसरी सरसफाईयुक्त बनाउने भन्ने सोचमा छौँ – पौडेल

पिताम्बर पौडेल-संयोजक, टिकट, सरसफाई, खानेपानी तथा प्राथमिक उपचार उपसमिति

महोत्सव सञ्चालन गर्नका लागि टिकट, सरसफाई, खानेपानी तथा प्राथमिक उपचार उपसमितिको भूमिका एकदमै महत्वपुर्ण हुन्छ । उक्त जिम्मेवारी मैले प्राप्त गरेको छु । जिम्मेवारीलाई सहज रुपमा बहन गरीरहेको छु । आफ्नो तयारीलाई चुस्त बनाउनुपर्ने हाम्रो चुनौती रहेको छ । कसरी आफ्नो जिम्मेवारीलाई उत्कृष्ट गराउने भन्ने ध्यान र छलफल गरीरहेका छौँ । त्यसैले हाम्रो समितिले छलफल गर्दै कामलाई मुर्तरुप दिने काम गरेको छ ।

महोत्सब सञ्चालन हुने दिन अब धेरै छैनन् । त्यसैले पनि हामीले आफ्नो तयारीलाई तीब्र पारेका छौँ । अहिलेसम्म खानेपानीको लागि पाइपलाईन जडानको काम भएको छ । महोत्सबमा सहभागीहरुका लागि पिउने पानीको ब्यबस्थापनका लागि जिम्मेवार ढंगले काम गरेका छौँ । खानेपानीको ट्यांकीलाई पनि तयारी अबस्थामा राखेका छौँ । प्राथमिक उपचारको लागि बिभिन्न निकायमा औषधी ब्यबस्थापन गर्ने काम भएको छ । औषधी पनि तयारी अबस्थामा राखिएको छ ।

स्वास्थ्य फिजिसियन डा. रविन चन्दको टोलीले महोत्सब अबधिभर सेवा प्रदान गर्ने कार्यक्रम तय गरिएको छ । सरसफाईलाई पनि महत्वका साथ हेरिएको छ । सबै स्थानमा स्वास्थ्य र सरसफाई बढी महत्वपुर्ण भएकाले पनि हामीले त्यसको तयारीलाई चुस्त राखेका छौँ । महोत्सबमा हुने फोहर ब्यबस्थापनलाई कसरी गर्न सकिन्छ भन्ने विषयमा पनि हामीहरु गम्भिर रहेका छौँ ।

महोत्सवमा एम्बुलेन्स सेवा उपलव्ध गराइने भएको छ । एम्बुलेन्स समितिले फागुन ३ गतेदेखि १३ गतेसम्म पालैपालो गरी सेवा दिने निर्णय गरिएको छ । महोत्सबमा सरसफाई पनि अति आबश्यक कुरा हो । जसका लागि त्यसलाई पनि व्यबस्थापन गर्ने काम भएको छ । घोराही उपमहानगरपालिका—१५ नम्बर वडासंग समन्वय गरेर सरसफाइलाई व्यबस्थित गर्ने निर्णय भएको छ । वडाबाट ३० वटा फोहोर संकलन गर्ने भाडोहरु ल्याइने तथा गल्ने र नगल्ने फोहोर छुट्टाएर राखिने छ । उपमहानगरबाट दुई जना तथा अन्य व्यक्तिहरुलाई सरसफाईमा खटाउने तयारी भएको छ ।

महोत्सबमा प्रबेश गर्नका लागि ५० र ३० रुपैयाँको टिकटको व्यबस्था गरिएको छ । बिद्यार्थीलाई ३० रुपैयाँ तथा अन्य लाई ५० रुपैँया लाग्ने भएको छ । जेष्ठ जागरिक, अशक्त, अपांगता भएका व्यक्तिहरुलाई भने निःशुल्क टिकटको व्यबस्था गरिएको छ । हाम्रो उपसमितिले तयारी स्वरुप अहिलेसम्म ८० प्रतिशत काम सम्पन्न गरेको छ ।

साँस्कृतिक विविधता घोराहीमा देखिने छ- शर्मा
धनपति शर्मा-संयोजक, शोभा यात्रा तथा बाल उद्यान उपसमिति

महोत्सबमा शोभायात्रामा सहभागी हुनका लागि टोल बिकास संस्था, संघसंस्थाहरु, स्कुल तथा बिद्यालयलाई निमन्त्रणा पत्र पठाएका छौ । उहाँहरुलाई आ—आफ्ना प्रस्तुतीसहित सभागी हुन आग्रह गरेका छौँ । हामीले पत्र पठाएकाहरुले सकारात्मक सन्देश पठाउनुभएको छ । दाङमा मगर तथा थारु समुदायहरुले आफ्नो भेषभुषासहित प्रस्तुत हुने कार्यक्रम रहेको छ । महोत्सव उद्घाटनको दिन बिहान १० बजे घोराहीको ट्राफिक चोकबाट शुरु भएको शोभायात्रा बजारको बिभिन्न भागको परिक्रमा गरी महोत्सबस्थलमा पुग्ने भएको छ ।

जसमा जातजाती भाषाभाषी टोल बिकास संस्था, संघसंस्था तथा बिद्यालयमा शिक्षाको नेतृत्वमा बिद्यार्थीहरुको सहभागीता रहने छ । महोत्सब सञ्चालनको समयमा जिल्लामा रहेको जातजातीहरुले आफ्नो मौलिक कला प्रदर्शनी गर्ने छन् ।  बिद्यार्थीहरुले निर्माण गरेका बिज्ञान कला प्रदर्शनी, जिल्लामा रहेका सारंगी, मयूरलगायतका बिभिन्न कला प्रदर्शनी हुने कार्यक्रम तय भइसकेको छ ।

विविधताले धनी जिल्ला रहेको दाङमा समुदायका आ—आफ्नै पहिचानहरु रहेका छन् । विविधताको शोभायात्रा निकाल्ने तयारी गरिएको छ । त्यसका लागि सबै तयारी हामीहरुले गरीसकेका छौँ । दाङमा रहेको साँस्कृतिक विविधता हामीले फागुन ३ गते घोराही बजारमा देखाउने तयारी गरेका छौँ ।

शान्तिसुरक्षामा कुनै कमी हुदैन – गिरी
छबिनारायण गिरी-संयोजक, सुरक्षा तथा पार्किङ व्यबस्थापन उपसमिति

हाम्रो सुरक्षा तथा पार्किङ व्यबस्थापन उपसमितिको तयारी करिब अन्तिम चरणमा पुगेको छ । सुरक्षाका लागि सम्बन्धित निकायसंग पत्राचार तथा समन्वय गर्ने काम सम्पन्न भएका छन् । महोत्सब सञ्चालनको सममयमा सुरक्षाका लागि जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय तथा सशस्त्र प्रहरी कार्यालयसंग छलफल भएको छ । सुरक्षा निकायका प्रमुखहरु सकारात्मक रहनुभएको छ । शान्ति सुरक्षामा कुनै कमी नहुने गरी काम गरीरहेका छौँ ।

महोत्सबको सुरक्षाका लागि सशस्त्र प्रहरीबाट दैनिक २५ जना, जिल्ला प्रहरी कार्यालयबाट २० जना प्रहरी खटिने भएका छन् । त्यस्तै शुभलाल सेक्यूरिटीबाट नौ वटा सञ्चार सेटसहितका ३० जना, दाङ सोसाइटीबाट ७५ जना, लोटस टे«निङ सेन्टरबाट ५० जना तथा स्यालुट गोर्खाबाट ५० जना सुरक्षाका लागि खटिने पक्का भएको छ ।

यसैबीच पार्किङ व्यबस्थापनको काम पनि सकिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले ट्राफिक व्यबस्थापन हेर्ने भएको छ । महोत्सब अबलोकनका लागि उपस्थित दर्शकहरुकालागि घोराहीको कर्मचारी मिलन केन्द्रको प्रागणमा पार्किङको व्यबस्था मिलाइएको छ । जहाँ जिप तथा कारको ५०, मोटरसाईकलको २०, साईकलको १० रुपैयाँ पार्किङ शुल्क निर्धारण गरिएको छ । आयोजकको सवालमा जेसिज भबनको प्रांगणमा पार्किङ गर्ने व्यबस्था मिलाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *