‘निमित्त मेसुलाई जिम्मेवारी हस्तान्तरण गर्ने चिट्ठि एक–दुइ दिनमा आउछ’–उपकुलपति संगिता भण्डारी

२०७४ फाल्गुन १, मंगलवार १४:४० गते २०७४ फाल्गुन १, मंगलवार १४:४० गते २०७४ फाल्गुन १, मंगलवार १४:४० गते

संगीता भण्डारी उपकुलपति, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति संगीता भण्डारी पुरानो र नयाँ जनशक्ति व्यवस्थापन गरेर जनतालाई अनुभुति हुने गरी दाङसहीत त्यस क्षेत्रमा महत्वपुर्ण प्रभाव पार्नु आफुहरुको पहिलो जिम्मेवारी रहेको बताउँछिन् । प्रतिष्ठानको पदाधिकारी नियुक्तिका लागि सबै पक्षसँग परामर्श गरेर नियुक्त गरेको उनको भनाई छ । प्रतिष्ठानको अबको काम, चुनौती, शैक्षिक कार्यक्रमलगायतका विषयमा केन्द्रित रहेर गरीएको कुराकानिकुराकानी । –सम्पादक
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा नियुक्त हुनुभएको छ । प्रतिष्ठानको विषयलाई लिएर केही विवाद जस्तो देखीएको छ, अव यसलाई कसरी अगाडि बढाउने सोच गर्नुभएको छ ?

भर्खरै नियुक्त भएको छु । हाम्रो स्वास्थ्य सचिवज्यूको पद बहाली भएको पनि धेरै भएको छैन् । हामिहरुको विचमा केही विवाद छैन् । अव औपचारीकरुपमै प्रतिष्ठानको ऐन पास भइसकेको अवस्थामा साविकको राप्ति उपक्षेत्रीय अस्पताल अव उपक्षेत्रीयकारुपमा नभई राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानकारुपमा आइसकेको छ । केही ब्यक्तिले आफ्नो स्वार्थ पुरा भएन भनेर अस्पतालमा वखेडा, विवाद गर्नुको कुनै अर्थ रहदैन । प्रतिष्ठानमा हामि नियुक्त भएर आएपछि काम गरेर देखाउन चाहन्छौ । उपक्षेत्रीय अस्पतालका निमित्त मेसुले अव प्रतिष्ठानलाई अघि बढाउने विषयमा आफ्नो जिम्मेवारी हस्तान्तरण गरेर प्रतिष्ठानलाई दिनुपर्छ । उहाँ भन्दा माथि अव प्रतिष्ठानवाट नियुक्त भइसकेका पदाधिकारी हुन्छन् । पदमा अल्झि रहन भन्दा प्रतिष्ठानको ऐन अनुसार निमित्त मेसुल वाटो खोलिदिन जरुरी छ । प्रतिष्ठानको औपचारीकरुपमा पदभार ग्रहण गरेर जिम्मेवारी लिएपछि हाम्रो काम सुरु हुन्छ । अहिले प्रतिष्ठानका तत्कालिन कामहरु भएका छन् । यसलाई दिर्घकालिनरुपमा अघि बढाउन त्यस क्षेत्रका समुदायसंग छलफल गर्न तयार छौ । अहिले मन्त्रालय, प्रतिष्ठान र उपक्षेत्रीय अस्पतालको नीति नियमहरु केही बन्ने प्रक्रीया छन् । केही ऐनहरु आइसकेका छन् । अव पद नछाडि लफडा मच्चाएर अस्पतालका कर्मचारीलाई उकासेर केही हुनेवाला छैन् । जति भ्रम छरे पनि त्यो चल्नेवाला छैन् । कुनै कर्मचारीहरु आन्दोलनमा जानु हुँदैन् । ऐनमा नै कर्मचारीको विषयमा वोलिसकेपछि सबै कुरा हल भइसकेका छन् । सबै प्रतिष्ठानका एउटै नियम हुन्छन् र । सबैको आ–आफ्नै नियम हुन्छन् । यी सबै मिलाउनको लागि समय लाग्छ ।
प्रतिष्ठानलाई कसरी सबैभन्दा उत्कृष्ट मोडलमा सञ्चालन गर्ने भनेर हामिले सोची राखेक छौ । यहाँका चिकित्सक र कर्मचारीहरु पनि विस्थापित हुने फिल नहोस् । त्यस्तै प्रतिष्ठान पनि शैक्षिक उद्देश्यसहित आएकाले यो नितान्त आवश्यक पनि छ ।
प्रतिष्ठान मेरो सोच मात्र नभएर यहाँका जनताको अपेक्षा अनुसार अघि बढाउनुपर्ने हुन्छ । म त्यही समन्वयको लागि मन्त्रालय, प्रतिष्ठान र यहाँको अस्पताल तथा जनताको मध्यस्थकर्ताको रुपमा काम गरिररहेको छु ।

विवाद छैन भन्नुभयो, हिजोमात्र्र अस्पतालका निमित्त मेसु र अस्पताल विकास समितिका अध्यक्षले संयुक्त पत्रकार सम्मेलन गरेर कर्मचारीको विषयमा नियमावलिमा नआएको र उपकुलपति एकलौटे अघि बढ्नु भयो भन्नु भएको छ त ?

आफ्नो स्वार्थलाई केन्द्रमा राखेकै कारण निमित्त मेसुले विवाद खडा गराइ राख्नु भएको छ । कुनै ब्यक्तिको स्वार्थले प्रतिष्ठान धरापमा पार्नु हुँदैन भन्ने मेरो निष्कर्ष हो । अस्पताल विकास समिति र अस्पतालका सरकारी कर्मचारीलाई प्रतिष्ठानको ऐन नियमानुसार जिम्मेवारी लिन्छौ भनेपछि अस्पतालका कर्मचारीका वारेमा वोलेन ऐन, नियमले भन्नु हास्यास्पद कुरा हो । अस्पतालमा भित्र के–का लागि निमित्त मेसुले विवादको वखेडा झीक्नु भएको छ भन्ने कुरा मैले भन्नुपर्छ जस्तो लाग्दैन, घाम जत्तिकै छर्लङग छ । उहाको इन्ट्रेष्ट के मा छ भन्ने कुरा दङ्गालि सरोकारवालाले थाहा पाइसक्नु भएको छ । आफ्नो ब्यक्तिगत स्वार्थका लागि प्रतिष्ठानलाई ठिक छैन, हाम्रो मानिस नियुक्त भएन भन्नु गलत कुरा हो । निमित्त मेसुवाट तिनै कुराहरु आइरहेको अस्पतालभित्रैवाट डाक्टरहरु, नर्सहरु र कर्मचारीहरुले फोन गरेर मलाई भनिरहनु भएको छ । अस्पतालका कर्मचारीहरुलाई सबै कुरा थाहा छ । आफु जिम्मेवारीमा भएका वेला कर्मचारीका वारेमा के–के गर्नु भयो भन्ने कुरा अस्पतालका कर्मचारीहरुले अहीले भन्नुहुन्छ । पदमा रहदा कर्मचारीको आवाज नवोल्ने, पद छाड्ने वेला कर्मचारीको विषयमा वोले जस्तो गरेर आफ्नो स्वार्थ सिद्ध गर्न खोज्नु उपयुक्त होइन् । प्रतिष्ठानमा नियुक्त सबैलाई राखेर आफुसहीत निमित्त मेसु, पत्रकार र नागरीक समाज, जनप्रतिनिधि सबैलाई राखेर पत्रकार सम्मेलन गर्ने मेरो सोच थियो । तर, निमित्त मेसुले आफु अनुकुल नभएपछि उपकुलपति र नियुक्ती भएका पदाधिकारीहरु विरुद्र भ्रम छर्ने गरी पत्रकार सम्मेलन गर्नुले उहाँको अस्पताल प्रतिको भावना उदाङ्गो भएको छ । सबैले बुझ्ने मौका पाउनु भएको छ । उहाको त पद नै जान लागीहाल्यो । अलि वढि चिन्तीत भए जस्तो गर्नु भएको छ । प्रतिष्ठान बनाउने विषयमा मसंग प्रशस्त भिजन छ । नयाँ स्वास्थ्य विज्ञान प्रतिष्ठानको नेतृत्व गरेर यहाँसम्म आइरहदा अस्पताललाई कसरी राम्रो बनाउने र शैक्षिक कार्यक्रमलाई कसरी अघि बढाउने सबै सोच विचार र योजना बनाएर आएकि छु । उपकुलपति निमित्त मेसुका अनुसार चल्नुपर्ने भन्न खोज्नु भएको हो , यदि त्यस्तो सोच्नु भएको छ भने म वाट हुँदैन । म कसैको इसारामा चल्नेवाला छैन् । मेरो आफ्नै भिजन भइसकेपछि आफ्नो कार्यकाल सफल बनाउन सहकार्य गर्न तयार रहेकी छु । मैले कही कतै एकलौटे गरेकि छैन् । आफ्नो कार्यकालमा कसलाई नियुक्त गर्दा म सफल हुन्छु भन्ने कुरा मैले बुझ्ने कुरा हो ।

प्रतिष्ठानको विषयमा यति धेरै चिन्तीत हुनुहुदो रहेछ, किन पहिलो प्रतिष्ठानको सिनेट बैठक दाङ नराखि काठमान्डौ राख्नु भयो ?

प्रतिष्ठानको कुलपति प्रधानमन्त्रि हुने ब्यवस्था छ । दाङको राप्ति उपक्षेत्रीय अस्पताल पहिलोपटक प्रतिष्ठान हुन लागेको हो । आर्थिक अवस्था निकै कमजोर छ । सुरुदेखी नै राम्रो वातावरण बनाएर अघि बढेको भएमा प्रतिष्ठानको उद्घाटन नै गर्ने गरी प्रधानमन्त्रि, स्वास्थ्यमन्त्रिलाई नै दाङ ल्याउन सकिन्थ्यो । त्यतिमात्र नभई सोही अवसरलाई समात्दै सिनेट बैठक दाङमै गर्न सकिन्थ्यो । तर, निमित्त मेसुले दाङमा यस विषयमा छलफल चलाउनुको सट्टा आफुनो स्वार्थ पुरा नभएपछि वखेडा झीकेर अल्झाउने काम गर्न थाल्नु भयो । प्रधानमन्त्रि, स्वास्थ्य मन्त्रिको कार्य ब्यवस्तताले पनि कुलपति र सहकुलपतिले जहाँ बैठक वोलायो, त्यही गर्नुपर्ने कानुनि वाध्यता जस्तै छ । यदी निमित्त मेसुले जिम्मेवारी हस्तान्तरण नगरेर प्रतिष्ठानको विकास रोक्ने काम भयो भने यो दङ्गालिका लागि राम्रो कुरा हुदैन् । प्रतिष्ठानको ऐन नै आइसकेपछि उपक्षेत्रीय अस्पताल प्रतिष्ठान भइसक्यो, उहाँले जिम्मेवारी हस्तान्तरण गर्नुको विकल्प छैन् । यदि उहाँले स्वास्थ्य मन्त्रालयको निर्देशन कुर्नु भएको छ भने त्यो पनि हामि मिलाउछौ । तर, अन्य आफ्ना नाजायज फाइदा भएन भनेर प्रतिष्ठान र आफ्नो विषयमा गलत प्रचार नगर्न म सम्वन्धित पक्षलाई आग्रह गर्न चाहन्छु ।

निमित्त मेसु जनार्दन पन्थिले स्वास्थ्य मन्त्रालयले पद छाड्न निर्देशन दिए तत्कालै छाडि हाल्ने भन्नु भएको छ, त्यो वातावरण त तपाइले मिलाउनुपर्ने होइन् र ?
उपक्षेत्रीय अस्पतालका निमित्त मेसुले स्वास्थ्य मन्त्रालयको लिखीत निर्देशन कुर्नु भएको हो भने हामि त्यो ब्यवस्था मिलाउन तयार छौ । तर, किन वाहीर एउटा कुरा गर्ने भित्र आफ्नो कुरा गर्ने भन्ने कुरा मात्र हो । वाहीर जे वोल्नु भएको छ, त्यही कुरा भित्र पनि वोल्नुपर्यो नि । नेताहरुलाई लगाएर आफ्नो सरुवा रोक्न स्वास्थ्य मन्त्रालयमा दवाव दिइराख्ने, अनि पद छोड्न तयार छु भन्ने यो त द्वेत कुरा हो । नेकपा माओवादिका नेता जिवन गौतममार्फत निमित्त मेसु पन्थिले सरुवा नगर्न भनेर स्वास्थ्य सचिवलाई दवाव दिइरहेको भन्ने कुरा आइरहेको छ । आफ्नो पद जान थालेपछि अनि विभिन्न तिकडम गरेर नेतामार्फत किन स्वास्थ्य मन्त्रालयमा दवाव दिनुपर्यो नि ? कर्मचारीको वारेमा गलत प्रचार गरेर आफ्नो स्वार्थ पुरा गर्न खोज्ने योे प्रबृत्ति राम्रो होइन् । यदि उहाले स्वास्थ्य मन्त्रालयको पत्र नै खोज्नु भएको हो भने, हामिले मन्त्रालयमा गएर स्वास्थ्य सचिवलाई पत्र पठाउन अनुरोध गछौ । सायक एक दुइ दिन भित्रमै जिम्मेवारी हस्तान्तरण गर्नु भनेर चिट्ठि मन्त्रालयवाट आउछ ।
पदाधिकारी नियुक्त गर्न पनि केही ढिला भयो । विचमा सचिव ज्यू नभएर पनि केही ढिलाइ भएको हो । करीव–करीव पदाधिकारी सबै नियुक्त भइसक्नु भयो । अहिले डाइरेक्टर नियुक्त गर्ने पक्षमा छैन् । आर्थिक ब्यवहार बढ्ने भएकाले पनि तत्कालै नियुक्त गर्ने पर्ने अवस्था छैन् । यहाँका बासिन्दाहरुको भावना बुझ्नुपर्छ । त्यसैगरी यहाँका चिकित्सकहरुका इच्छा के छ भनेर बुझ्नुपर्छ । उहाँहरुले इच्छा राखेर मात्र भएन सरकारले पारित गरेको निश्चित मापदण्ड छ । त्यो मापदण्ड अनुसार म जानुपर्छ ।
कुन तहको मान्छेलाई रष्जिटार बनाउने, कुन तहको मान्छेलाई निर्देश बनाउने र शिक्षाध्यक्ष बनाउने भनेर मैले सरकारको नीति कार्यान्वयन गर्नुपर्ने हुन्छ । सरकारी मापदण्डमै रहेर पदाधिकारी नियुक्त गर्दा कसरी एकलौटे गरेको हुन्छ । त्यस्तै यहाँको जनचाहना र आवश्यकता हेर्नुपर्छ । ठूलो प्रतिष्ठान ल्याउनको लागि त्यसलाई हाँक्न सक्ने सक्षम व्यक्ति ल्याउनु मेरो जिम्मेवारी पनि हो । सबै सन्तुलन कायम गर्नको लागि मलाई केही समय लागेको पनि हो ।

पहिलो सिनेट बैठकले प्रतिष्ठानको पक्षमा के–के निर्णय भयो ?
पहिलो सिनेट बैठक भब्यरुपमा सम्पन्न भयो । कुलपति प्रधानमन्त्रि शेरबहादुर देउवाको अध्यक्षतामा बैठक बसेको हो । बैठकले अरवौ बजेट प्रस्तावित गरेको छ । काम पनि अव छिटो हुन्छ । प्रतिष्ठान आफ्नै नियम कानुन बनाएर अघि बढ्छ । म नै प्रतिष्ठानको नियम पालना गरेर अघि बढेपछि प्रतिष्ठानका कर्मचारीमा स्वतह लागु हुन्छ नै । पहिले जस्तो जे गरेपनि हुन्छ भन्ने कुरा प्रतिष्ठानमा हुँदैन् । एकैछिनमा आउछु भनेर क्लिनिकमा गएर विरामि जाचेर अस्पताल आउने वातावरण पुर्णरुपमा न्युनिकरण गर्नेछु । त्यहाका धेरै समस्याहरुका विषयमा अध्ययन गरीरहेकी छु । तपाइलाई भन्नुपर्दा निमित्त मेसुलाई अस्पतालको कर्मचारीको विषयमा कुरा राख्नलाई अनुरोध मैले गरेकि हुँ । तर, उहाँले कर्मचारीको विषयमा एक शब्द सिनेट बैठकमा वोल्नु भएन् । गफ लगाएर त हुँदैन नि । कर्मचारीको विवरण त उहाले बुझाउनु भएन, अनि कर्मचारीको विषयमा वोल्ने त कुरा त परै जाओस् । प्रतिष्ठानको ऐन अनुसार उहाले अहिलेसम्म जिम्मेवारी हस्तान्तरण गरेर हामिलाई काम गर्न सहयोग गर्नुपर्ने हो, तर, आफ्ना केही स्वार्थ पुरा गर्नका लागि मन्त्रालयमा नेताहरुमार्फत निरन्तर दवाव दिने काम भएको छ, पहिलो मेरो काम दङ्गालि जनताले हेर्नुहोस, यदि कतै वाटो विराउन खोजेमा मलाई खवरदारी पनि गर्नुहोस ।’ यो स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई मुलुककै नमुना बनाउने सोच मेरो छ ।आफुलाई धेरै ठाउमा प्रतिष्ठान चलाएको अनुभव रहेको र नयाँ ठाउ दाङ भएकाले कसरी काम गर्ने भन्ने वारे योजना बनाइसकेकी छु । सिनेट बैठकमा अस्पतालका निमित्त मेसुले अस्पतालमा कार्यरत सबै कर्मचारीको विवरण नदिनुका साथै कर्मचारीको विषयमा एक शब्द वोल्नु भएन्, अस्पताल प्रतिष्ठानमा गइसकेपछि हामिलाई कर्मचारी विवरण बुझाउनुपर्ने उहाँको दायित्व हो, त्यो बुझाउनु भएन । उहाँको ठुलो इन्टे«ष्ट देखीएको छ। उहाका आफना ब्यक्तिगत स्वार्थहरु देखीएका छन्, यो कुरा हाम्रो टिमले राम्रोसंग बुझेको छ । अव अस्पतालका निमित्त मेसुले हामिलाई जिम्मेवारी हस्तान्तरण गरेर काम गर्ने वातावरण दीनुपर्छ, तत्काल जिम्मेवारी हस्तान्तरण नगरे प्रतिष्ठानको वाधक उहाँ नै बन्नुहुन्छ ।

आफ्नो स्वार्थ पुरा नभएपछि कहीले कर्मचारी, कहीले अरुलाई उकास्ने गरेको कुरा आफुकहाँ सुचना आएको छ । निमित्त मेसुका वारेमा मन्त्रालयमासमेत विभिन्न गुनासाहरु आइपुगेको छ । प्रतिष्ठानमा अस्पताल गइसकेपछि ऐन अनुसार जिम्मेवारी हस्तान्तरण गरेर काम गर्न दिनु वाहेक अव निमित्त मेसुसंग कुनै विकल्प छैन । सिनेट बैठकमा निमित्त मेसुले आफुले भवन बनाएको विषयमा गुनगान मात्र गाउनु भयो । जिम्मेवारी हस्तान्तरण नगर्दा आफुहरु दाङ आएर काम गर्ने वातावरण नवनेको र प्रतिष्ठानको नियमानुसार काम गर्ने र स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई मुलुककै नमुना बनाउने पनि मेरो प्रतिवद्धता छ । ‘हामिलाई जिम्मेवारी हस्तान्तरण गरे न काम गर्ने हो, जिम्मेवारी हस्तान्तरण नगरे कसरी काम गर्ने हो । निमित्त मेसुले जिम्मेवारी हस्तान्तरण गरे दङ्गालि राजनितिक दल, जनप्रतिनिधि तथा सरोकारवाला सबैसंग सल्लाह सुझाव लिएर अघि बढछु ।

अब राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान कसरी अघि बढ्छ । अब के–के कुरामा सुधार हुन्छ भन्दिनुहोस् न ?
यो प्रतिष्ठान दाङको लागि मात्र नभएर पश्चिम नेपालकै प्रदेश नं ५, ६ र ७ को लागि उपयोगी हुन्छ । बिरामीको सीमित घेरा हुँदैन । राम्रो सेवा सुविधा दिन सकेको खण्डमा बिरामीहरु अस्पतालमा आउँछन् ।
तीन वटै प्रदेश हेर्ने गरी यहाँ शैक्षिक प्रतिष्ठान खडा हुन्छ । जसले विभिन्न तहको पठनपाठन गर्नुका साथै अहिले भएको राप्ती उपक्षेत्रीय अस्पताल र अन्य अस्पताल विकासको दायित्व पनि मेरो भन्ने भावना राखेर काम गर्छ । यहाँ विशेषज्ञ डाक्टरहरु हुनेछन् ।
गोविन्द केसीको आन्दोलनपछि छात्रवृत्तिमा पढ्नुभएका विशेषज्ञ तथा अन्य डाक्टरहरुलाई कर्णाली, दाङलगायतका पछाडि परेका क्षेत्रमा पठाइदिनुपर्छ भनेर मैले स्वास्थ्य सचिव ज्यूलाई भनिसकेको छु ।
भएको जनशक्तिलाई पनि उहाँहरुको इच्छाअनुसार क्षमता अभिवृद्धिका लागि तालिमहरुको अबसर प्रदान गरिनेछ । शुरुको एक दशक बाहिरका विशेषज्ञ आउँछन् । त्यसपछि यहाँकै उत्पादित जनशक्तिले काम गर्छ । हामीले आम जनतालाई अनुभूति हुने गरी काम गर्ने छौं ।

जनशक्ति उत्पादनको काम अथवा शैक्षिक कार्यक्रम कहिलेदेखि शुरु हुन्छ ?
अहिले ५० वेडको जनशक्ति छ । अहिलेको अवस्थामा हामीले केही गर्न सक्दैनौं । अहिले नै एमबीबीएस चलाउन सकिदैन । पढाउने शिक्षकको पनि अभाव छ । हामीले अन्यत्रबाट ल्याएर काम गर्नुपर्छ । अहिले भौतिक पूर्वाधारको अभाव छ । अहिले त्यही अस्पताल लिने कि प्रतिष्ठान छुट्टै गराउने भनेर अन्योल पनि छ । भौतिक पूर्वाधारको काम गर्न अझै तीन वर्ष लाग्छ । त्यसपछि हामीले नियमित शैक्षिक कार्यक्रम शुरु गर्नेछौं ।
जुन विषय चाँडै सञ्चालन गर्न सम्भव हुन्छ त्यसैको पढाइ पहिले शुरु हुन्छ । अस्पतालको स्तरवृद्धि गरेपछि मात्र हामीलाई एमबीबीएसको पढाइ सञ्चालन गर्न मान्यता प्राप्त हुन्छ । अहिले हामीलाई तत्काल एमबीबीएस सञ्चालन गर्न काउन्सिलको मापदण्डले पनि दिदैन ।

नीतिगत रुपमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको ऐन पारित भएको छ । साथसाथै अहिले राप्ती उपक्षेत्रीय अस्पताल पनि सञ्चालन भइरहेको छ । यसको समन्वय कसरी हुन्छ ?
सबैभन्दा जटिलता नै यही छ । वीर अस्पताल र न्याम्सको अहिले पनि द्वन्द्व छ । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति हुँदा म आफैले भोगेर आएको छु । मिसनको पालाको कर्मचारी एउटा हुनुहुन्छ । पछि प्रतिष्ठानले नियुक्त गरेका कर्मचारी अर्कै हुनुहुन्छ । त्यो दुई वटालाई समन्वय गराउन असाध्यै गाह्रो भएको छ ।
मैले ज्वलन्त रुपमा दुईरतीन वटा देखिसकेको हुनाले म पनि अत्यन्तै संवेदनशील छु । सचिव ज्यू पनि यो विषयमा निकै संवेदनशील हुनुहुन्छ । कसैलाई पनि हामी माथि प्रतिष्ठान लादियो भन्ने फिल हुनुहुँदैन । प्रतिष्ठानले पनि तिमीहरु हाम्रो हौ भनेर जबर्जस्त गर्नुभएन । यो विषयमा मैले यहाँ फिल्डमै आएर छलफल गरेका छु । केन्द्रमा पनि हामीहरु सचिवज्यूसहित मन्त्रीज्यूसँग छलफल गरेका छौं । विज्ञहरुलाई कसरी राखेर यसलाई कसरी ठिक ढंगले अगाडि लैजाने भनेर छलफलको काम भइरहेको छ ।
अस्पतालको स्तरवृद्धि पनि होस् भन्ने हामी सबैको चाहना हो । यहाँ रहनुभएका डाक्टरहरुको उचित व्यवस्थापन होस् र साथसाथै प्रतिष्ठान पनि आओस् भन्ने हामी सबैको चाहना हो । प्रतिष्ठानमा नयाँ हुने कर्मचारी र पूराना कर्मचारीबीच कुनै मनमुटाव नहोस् भन्नेमा म निकै सचेत छु ।

अहिले मन्त्रालय र अस्पताल विकास समितिको दरबन्दीमा रहनुभएका डाक्टर तथा कर्मचारीहरु हुनुहुन्छ । स्वास्थ्य विज्ञान प्रतिष्ठान भइसकेपछि प्रतिष्ठानअन्तर्गत आउनुपर्छ । अब उहाँहरु प्रतिष्ठानअन्तर्गत आउनुपर्छ कि सरकारी दरबन्दीअनुसार नै काम गर्नुहुन्छ ? उहाँहरुको समायोजनको सन्दर्भमा तपाईसँग ठोस योजना के छ ?
प्रतिष्ठानको ऐन अनुसार आएपछि प्रतिष्ठानकै नियम लागु हुन्छ । तर, प्रतिष्ठान आएपछि उहाँहरु छोडेर जानुपर्छ भन्ने होइन । हामीलाई चाहिएसम्म मन्त्रालयले त्यो दरबन्दी दिन्छ ।
जस्तो पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विभिन्न विशेषज्ञ डाक्टरहरु मन्त्रालयअन्तर्गत दरबन्दीका डाक्टरहरु हुनुहुन्छ । अहिले यहाँका चिकित्सकहरुले त्रास देखाइरहनुभएको छ । प्रतिष्ठान आउँछ सबै छोडेर जानुपर्छ । यहाँको स्वास्थ्य सेवा डामाडोल हुन्छ भनेर त्रास देखाउनुभएको छ । त्यस्तो अवस्था कहिल्यै आउन दिनुहुँदैन ।
हामीले नयाँ नियुक्ति गर्छौं । उहाँहरुले पनि मन्त्रालयको दरबन्दीमा रहेर काम गरिररहनुहुन्छ । हामीलाई जनशक्ति चाहिएसम्म उहाँहरुले काम गरिरहनुभएको छ । अहिले ६ महिनाको समय सिमा निर्धारण गरेको उहाँहरुलाई प्रतिष्ठानअन्तर्गत आउने कि नआउने भनेर मात्रै हो । उहाँहरु प्रतिष्ठान अन्तर्गत नआए पनि काम गर्न कसैले रोक्दैन । काम गर्न दिन्छौं हामी ।
हामी आउँदा वित्तिकै यहाँका डाक्टर आउनुपर्छ भन्ने हुँदैन । यहाँ प्रचार गरेजस्तो खाली हुँदैन । यहाँ अहिले रहनुभएका चिकित्सकहरुभन्दा बढ्ने हुन्छ । घट्ने र खाली हुने कुरै हुँदैन ।
तपाईले स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई व्यवहारिक कार्यान्वयन गर्नुहुन्छ भनेर कसरी विश्वास गर्ने ?
यो हल्ला गलत हो । म दाङमा नै बस्छु । दाङमै बस्ने गरी मलाई व्यवस्था गर्न यहाँका निमित्त मेसु र आम सरोकारवालाले सहयोग गर्नुप¥यो । तर, निमित्त मेसुले स्वार्थ पुरा नहुने देखेपछि विभिन्न वखेडा झीकिरहनु भएको देखीरहनु भएको छ । काठमान्डौमा भएको सम्पर्क कार्यालय भनेको सम्पर्कका लागि मात्र हो । तर, प्रतिष्ठानको केन्द्रिय कार्यालय दाङमा नै हुन्छ । सबै स्वास्थ्य विज्ञान प्रतिष्ठानहरुको सम्पर्क कार्यालय काठमाडौंमा छन् । शुरुको काम स्वास्थ्य मन्त्रालय, अर्थमन्त्रालय र मन्त्रिपरिषद्सँग धेरै हुन्छ । काम दाङको लागि गर्छौं ।
प्रतिष्ठान सबै केन्द्रअन्तर्गत हुन्छन् । सम्पर्क कार्यालय मात्र काठमाडौंमा मात्र हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *