दाङ महोत्सव तेस्रो दिन दर्शकको अत्यधिक भिड

२०७४ फाल्गुन ५, शनिबार १३:३७ गते २०७४ फाल्गुन ५, शनिबार १३:३७ गते २०७४ फाल्गुन ५, शनिबार १३:३७ गते

दिपक वली
दाङ, ५ फागुन
उद्योग व्यापार कृर्षि एवं पर्यटनको विकास परनिभर मुखी अर्थतन्त्रको निकास भन्ने मुल नाराका साथ सुरु भएको दाङ व्यापारीक तथा पर्यटन महोत्सव एवं प्रदेशस्तरीय औद्योगीक कृर्षि प्रदर्शनी २०७४को तेस्रो दिन महोत्सव अवलोकन गर्न आउनेहरुको भिड थामि नसक्नु भएको छ । दाङ व्यापारीक तथा पर्यटन महोत्सव एवं प्रदेशस्तरीय औद्योगीक कृर्षि प्रदर्शनी २०७४को तेस्रो दिन शनिवार परेको हुनाले पनि उल्लेख्य दर्शकको उपस्थिति रहेको पनि आयोजकले जनाएको छ ।

महोत्सवमा सुगम संगित स्वरका धनि गाएक प्रमोद खरेलले चल बतास चल चल,मेरो दिल छ पोखरामा , माया गर्ने मुटुले हो हातले होइन,ओय झुमा ओय झुमा ओय झुमा झुम्का वालि लयाएत वोलको गीत गाउदा दर्शकहरु निकै उत्साहित भएर साथ दिएका थिय ।
यस्तै कलाकारहरु प्रचन्ड जिसि ,प्रेम शर्मा,रोशन रत्गैँया,टोपेन्द्र बिष्ट,अञ्जली अधिकारी,श्रृजु अधिकारी ,शंकर बिशि लगाएतका कलाकारहरुले आ आफनो प्रस्तुती राख्नु भएको थियो ।
दाङ उद्योग वाणीज्य संघको आयोजनामा घोराही उपमहानगरपालीका १५ स्थित कृर्षि सामाग्री संस्थानको प्राङगणमा २०७४÷११÷०३ गते बाट सुरु भएको दाङ व्यापारीक तथा पर्यटन महोत्सव एवं प्रदेशस्तरीय औद्योगीक कृषि प्रर्दशनी २०७४ को नारा उद्योग व्यापार, कृषि एवं पर्यटनकोे विकास परनिरभरमुखी अर्थतन्त्रको निकास रहेकोछ ।

महोत्सवका अवसरमा दाङ जिल्लाको आर्थीक विकाससंग सम्वन्धीत अन्तरक्रीया , यस क्षेत्रको पर्यटकीय स्थलहरुलाइ अवलोकन गर्न प्याकेजको व्यवस्था, हेलीकप्टरवाट यस क्षेत्रको पर्यटकीय एवं धार्मीक स्थलहरुको अवलोकन , योग शिवीर तथा धार्मीक प्रवचन नेपालको स्थानीयस्तरमा उत्पादीत वस्तुहरुको प्रदर्शनी, बिभिन्न जातीको खानाको परिकार, जातीय पहीचान झल्काउने सास्कृतिक नृत्य तथा झाँकीहरु सास्कृतिक कार्यक्रम स्थानीय तथा चर्चीत राष्ट्रीय कलाकारहरुको प्रस्तुती, खुल्ला वाल कविता प्रतीयोगीता , प्रदेशस्तरीय खुल्ला कविता प्रतीयोगीता , बिद्यालय स्तरीय नृत्य प्रतीयोगीता प्रदेशस्तरीय खुल्ला गजल प्रतीयोगीता लगाएतका साहीत्यीक कार्यक्रमहरुको समेत आयोजना गरिएको महोत्सव मुलआयोजक समीत्ीका प्रचार प्रसार संयोजक माया कुमारी पोख्रेलले जानकारी दिनुभएको छ।

यसैगरी महोत्सवमा राप्ती आखा अस्पतालको सहयोगमा निशुल्क आखा जाचँ उपचार सेवा , लाघु औषध दुव्र्यसनी सम्वन्धी सचेतनामुलक कार्यक्रमहरु समेत संचालन भैरहेको महोत्सव प्रचार प्रसार उपसमीतीका संयोजक माया कुमारी पोख्रेलले जानकारी दिनुभएको छ।
महोत्सवमा कृर्षि, फेन्सी ,खेलौना , होटल व्यवसायी , अटोमोवाएल, काचो कपडा, लगाएतका २१९ स्टलहरु राखीएको छ। महोत्वमा ५ लाख दर्शकलाइ अवलोकन गराउने र करिव २० करोड वरावरको आर्थीक कारोवार हुने महोत्सव मुल आयोजक समीतीका संयोजक नारायण प्रसाद भुसालले जानकारी दिनुभएको छ । साथै आज तेस्रो दिन करीब १८ हजार बढि दर्शकले महोत्सव अवलोकन गरेका थिय भने करीब ४५ लाखको आर्थिक कारोबार भएको पनि संयोजक भुषालले जानकारी दिनुभयो ।यसपटक महोत्सवमा ४०० रुपैयाको पेइङ टिकटको समेत व्यवस्था गरिएको महोत्सव मुलआयोजक समीतीले जनाएको छ।

उक्त रकमको टिकट लिने व्यक्तीलाइ विशेष प्रकारको पासको व्यवस्था गरिने र उक्त पासले महोत्सव अवधिभर महोत्सवको अवलोकन गर्न पाइने व्यवस्था समेत गरिएको छ। । महोत्सवको अवलोकनका लागी विद्यार्थीहरुलाइ ३० रुपैया , अन्य व्यक्तीहरुका लागी ५० रुपैया को टिकट सुल्क निर्धारण गरिएको छ।
यसैगरी महोत्सवका अवसरमा हेलीकप्टर मार्फत विभीन्न स्थानको अवलाकोनका लागी सुल्क पनी निर्धारण गरिएको छ। जसअनुसार घोराही वजार को अवलोकनका लागी चार हजार ५ सय , दाङ उपत्यकाको अवलोकनका लागी ७ हजार ५ सय, स्र्वगद्धारी दर्शन १० हजार, ५ सय, रुकुमको स्यार्पुतालको अवलोकनका लागी २४ हजार , रारा ताल अवलोकन ५० हजार , हेलीकप्टर चार्टरका लागी १ लाख ९५ हजार रुपैया सुल्क निर्धारण गरिएको महोत्सव मुलआयोजक समीतीका सहसंयोजक बशन्त जोशिले जानकारी दिनुभएको छ।

महोत्सवमा भोली कलाकारहरु हेमन्त शर्मा ,कला लम्साल, पुर्णिमा श्रेष्ठ ,प्रकाश सपुत , मेक्सम खाति ऋतु कडेंल सरीता प्रजापति लगाएतका कलाकारहरुको प्रस्तुती रहने सास्कृतिक उपसमीती संयोजक मीनराज भाटले जानकारी दिनुभएको छ।आजको सास्कृतीक कार्यक्रमको सहजीकरण कमल गाउलेले गर्नुभएको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *