फागुन ८ गते नेकपाले नेपाल बन्द गर्ने[महासचिव बिप्लवको विज्ञप्ति सहित]

२०७४ फाल्गुन ६, आईतवार १४:१९ गते २०७४ फाल्गुन ६, आईतवार १४:१९ गते २०७४ फाल्गुन ६, आईतवार १४:१९ गते

काठमाडौं, ६ फागुन ।

नेकपाले केपी ओली नेतृत्वको सरकारको दमनविरुद्ध नेपाल बन्द आयोजना गरेको छ ।

आज बिहान प्रहरीले नेकपाका स्थायी समिति सदस्य सुदर्शन लगायतका नेतालाई गिफ्तार गरे पछि नेकपाले फागुन ८ गते नेपाल बन्दको आह्वान गरेको हो ।

सो पार्टीका महासचिव नेत्रबिक्रम चन्द बिप्लवले बिज्ञप्ति मार्फत सो कुराको जानकारी दिएका छन् ।

यसैबीच , प्रहरीले नेकपाका स्थायी समिति सदस्य सुदर्शन लगायतका नेतालाई गिफ्तार गरेको विरोधमा विराटनगरका विभिन्न ठाउँहरुमा प्रदर्शन भइरहेका छन् ।

अहिले झापाको काँकडभित्तामा विरोध जुलस प्रर्दशन भइरहेको छ । यस्तै पक्राउको विरोधमा विराटनगरको महेन्द्रचोकमा पनि रुद्र पौडेलको नेतृत्वमा विरोध प्रदर्शन भएको छ । जुलुसबाट १० जनालाई प्रहरीले पक्राउ गरेको छ ।

यस्तै विराटनगरकै संसारीमाइमा गरिएको विरोध जुलसमाथि प्रहरीले लाठि चार्ज गर्दा त्यस क्षेत्रमा तनाव उत्पन्न भएको खबर छ ।
यसैगरी , प्रहरीले सुनसरीबाट विराटनगरतर्फ जादै गरेको चारवटा बस मोरङको हातिमुढामा नियन्त्रणमा लिएको छ ।

यस्तै विभिन्न ठाउँहरुबाट गरी ९ बस प्रहरीले नियन्त्रणमा लिएको नेकपाको पुर्वी कमाण्ड कार्यालयले जनाएको छ ।

ती बसहरुमा विराटनगरमा आज हुने भनिएको राष्ट्रिय युवा जनस्वयं सेवकको उद्घाटन समारोहमा भागलिनेहरु सवार थिए ।

भर्खरै प्राप्त समाचारअनुसार विराटनगरको महेन्द्रचोकमा भइरहेको विरोध प्रर्दशनका क्रममा युवा जनस्वंसेवकका जिल्ला अध्यक्ष सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

विषयः–प्रेस विज्ञप्ती

आज फागुन ६ गते युवाहरुको संगठन राष्ट्रिय युवा जनस्वयं नेपालको तेस्रो राष्ट्रिय सम्मेलनको उद्घाटन विराटनगरमा थियो । सम्मेलनको उद्घाटन गर्न हाम्रो पार्टीका स्थायी समितिका सदस्य कमरेड सुदर्शन, पीबीएम कमरेड पदम राई लयागतका नेताहरु जाँदै हुनुहुन्थ्यो । 
विराटनगर पुग्दै गर्दा चार दिन अघि मात्र गठन भएको कथित सामाजिक दलाल पुँजीवादी केपी ओलीको सरकारले विना कारण कमरेड सुदर्शन र पीबीएम पदम राई लगानयत दर्जनौं युवन कमरेडहरलाई गिरफ्तार गरेको छ ।
यो गिरफ्तारीले राजनैतिक स्वतन्त्रताको स्वर उराल्ने पुँजीवादी संसदीय व्यवस्थाको दमनकारी, जनघाती चरित्रलाई उदांगो पारेको छ । साथै कम्युनिस्ट नामबाट सरकारमा पुगेको ओली पाखण्डी एवं दमनकारी चरित्रलाई पनि नांगो बनाइदिएको छ ।
हाम्रो पार्टी यो गिरफ्तारीको घोर भर्तसना गर्दछ । आफ्नो सरकारी काम नै जनता र पार्टीमाथि दमन गरेर शुरु गर्ने ओली सरकारको यो कदम रोक्न र गिरफ्तार वरिष्ठ नेताहरु लगायतलाई विना शत मुक्त गर्न माग र आग्रह गर्दछौं । 
अन्यथा ओली सरकारको दिनगन्ती यही बाट शुरु भएको चेतावनी दिन चाहान्छौं । ऐतिहासिक सम्मेलनमा जुट्नु भएका युवाहरुलाई दमनको कुनै प्रवाह नगरी युवाहरुको इतिहास नै न्यायको लागि विद्रोहसँग जोडिएको स्मरण गर्दै आफ्नो सम्मेलन सफल गर्न र सक्षम एवं जुझारु नेतृत्व निर्माण गर्न आव्हान गछौं । यदि ओली सरकारले हाम्रो आग्रहलाइै वेवास्ता गरेमा यही फागुन ८ गते नेपाल बन्द हुने जानकारी गराउँदछौं । बन्दलाई सफल गर्न युवाहरुले सम्मेलनलाई संघर्षमा बदल्न आग्रह गर्दछौं । साथै आम नेपाली न्याय प्रेमी जनतालाई राज्य आतंक विरुद्ध साथ दिएर नेपाल बन्दलाई सहयोग गर्न आव्हान गर्दछौं ।

विप्लव

महासचिव

मितिः–२०७४ फागुन ६ गते

Leave a Reply

Your email address will not be published. Required fields are marked *