तनहुँ, ६ फागुन /
तनहुँको भानु नगरपालिका वडा नं ३, दोरदोरका छ वर्षीय बालक विशाल श्रेष्ठलाई बुधबार राति चितुवाले खाएपछि पीडितको परिवारलाई रु ५० हजार राहत रकम उपलब्ध गराइएको छ ।
जनावरको आक्रमणबाट मानिसको मृत्यु भएमा बढीमा रु १० लाख राहत रकम दिने कानूनी व्यवस्था छ । बालकलाई खाने जनावर नरभक्षी बाघ नभएर जंगलमै पाइने चितुवा भएको अनुमान गरिएको छ । चितुवाको बच्चा रहेको ठाउँ वरिपरि बालक हिँडडुल गरेकाले खाएको हुनसक्ने वन कार्यालयका कर्मचारीले बताए ।
सो घटना भएलगत्तै काठमाडौँको चिडियाखानाबाट आएको टोलीले दुई दिनसम्म उक्त जंगलमा चितुवालाई नियन्त्रणमा लिन सर्च गरेपनि फेला नपरेपछि त्यसै फर्केको बताइएको छ ।