दाङ महोत्सवमा रौनकता थपिदै छैटौ दिनपनि दर्शकको अत्यधिक चाप

२०७४ फाल्गुन ८, मंगलवार १३:५० गते २०७४ फाल्गुन ८, मंगलवार १३:५० गते २०७४ फाल्गुन ८, मंगलवार १३:५० गते

दिपक वली
दाङ,८फागुन
उद्योग व्यापार कृर्षि एवं पर्यटनको विकास परनिभर मुखी अर्थतन्त्रको निकास भन्ने मुल नाराका साथ सुरु भएको दाङ व्यापारीक तथा पर्यटन महोत्सव एवं प्रदेशस्तरीय औद्योगीक कृर्षि प्रदर्शनी २०७४को छैटौे दिन महोत्सव अवलोकन गर्न आउनेहरुको भिड थामि नसक्नु भएको छ । दाङ व्यापारीक तथा पर्यटन महोत्सव एवं प्रदेशस्तरीय औद्योगीक कृर्षि प्रदर्शनी २०७४को छैटौ दिन नेपाल बन्द भएको हुनाले पनि उल्लेख्य दर्शकको उपस्थिति रहेको पनि आयोजकले जनाएको छ ।
महोत्सवमा लोक तथा दोहोरी गाएक बद्रि पंगेनिले आमा छुट्टि पाइन आमा यसपालिनि म घरमा आउन पाइन भन्ने बोलको गित गाँउदा सबै दर्शकको आखामा आशु रसाएका थिय। एनले रातो पछ्यौरी ,लयाएतका आधा दर्जन बढि गित गाएर दर्शकलाई मनोरञ्जन दिएका थिय ।यसै गरी आज  पुजा पुरी  , धुर्मुस सुन्तलि ,प्रेम शर्मा लयाएतले आ–आफ्नो प्रस्तुति राख्नु भएको थियो ।

दाङ उद्योग वाणीज्य संघको आयोजनामा घोराही उपमहानगरपालीका १५ स्थित कृर्षि सामाग्री संस्थानको प्राङगणमा २०७४÷११÷०३ गते बाट सुरु भएको दाङ व्यापारीक तथा पर्यटन महोत्सव एवं प्रदेशस्तरीय औद्योगीक कृषि प्रर्दशनी २०७४ को नारा उद्योग व्यापार, कृषि एवं पर्यटनकोे विकास परनिरभरमुखी अर्थतन्त्रको निकास रहेकोछ ।
यसैगरी महोत्सवमा राप्ती आखा अस्पतालको सहयोगमा निशुल्क आखा जाचँ उपचार सेवा , लाघु औषध दुव्र्यसनी सम्वन्धी सचेतनामुलक कार्यक्रमहरु समेत संचालन भैरहेको महोत्सव प्रचार प्रसार उपसमीतीका संयोजक माया कुमारी पोख्रेलले जानकारी दिनुभएको छ।
महोत्सवमा कृर्षि, फेन्सी ,खेलौना , होटल व्यवसायी , अटोमोवाएल, काचो कपडा, लगाएतका २१९ स्टलहरु राखीएको छ। महोत्वमा ५ लाख दर्शकलाइ अवलोकन गराउने र करिव २० करोड वरावरको आर्थीक कारोवार हुने महोत्सव मुल आयोजक समीतीका संयोजक नारायण प्रसाद भुसालले जानकारी दिनुभएको छ । साथै आज छ्रैटौ दिन करीब ३० हजार बढि दर्शकले महोत्सव अवलोकन गरेका थिय भने करीब १ करोड ४५ लाखको आर्थिक कारोबार भएको पनि संयोजक भुषालले जानकारी दिनुभयो । त्यसका साथसाथै आज महोत्सवबाट एउटा ट्य«ाक्टर पनि बिक्रि भएको छ । महोत्सवको अवलोकनका लागी विद्यार्थीहरुलाइ ३० रुपैया , अन्य व्यक्तीहरुका लागी ५० रुपैया को टिकट सुल्क निर्धारण गरिएको छ।

यसैगरी महोत्सवका अवसरमा हेलीकप्टर मार्फत विभीन्न स्थानको अवलाकोनका लागी सुल्क पनी निर्धारण गरिएको छ। जसअनुसार घोराही वजार को अवलोकनका लागी चार हजार ५ सय , दाङ उपत्यकाको अवलोकनका लागी ७ हजार ५ सय, स्र्वगद्धारी दर्शन १० हजार, ५ सय, रुकुमको स्यार्पुतालको अवलोकनका लागी २४ हजार , रारा ताल अवलोकन ५० हजार , हेलीकप्टर चार्टरका लागी १ लाख ९५ हजार रुपैया सुल्क निर्धारण गरिएको महोत्सव मुलआयोजक समीतीका सहसंयोजक बशन्त जोशिले जानकारी दिनुभएको छ।

महोत्सवमा भोली कलाकारहरु मिलन लामा ,माण्डवी त्रिपाठि ,पिएन सापकोटा ,भुमिका गिरी ,गोरण चौधरी ,दिपासा बिसि , खड्ग शर्मा , भुपु पाण्डे लगाएतका कलाकारहरुको प्रस्तुती रहने सास्कृतिक उपसमीती संयोजक मीनराज भाटले जानकारी दिनुभएको छ।
आजको सास्कृतीक कार्यक्रमको सहजीकरण गायिका तथा उद्घोषिका सोभा त्रिपाठिले गर्नुभएको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *