घोराही, ८ फागुन । ६८ औँ प्रजातन्त्र दिवसका अबसरमा आज दाङमा रक्तदान कार्यक्रम गर्दै दिवसको समापन गरिएको छ । राष्ट्रिय प्रजातन्त्र दिवस मूल समारोह समितिको आयोजनामा रक्त सञ्चार केन्द्र घोराहीमा रक्तदान आज ९ जनाले रक्तदान गरेका छन् ।
रक्तदान गर्नेहरुमा तिलाकुमारी बुढा, ईन्द्रबिबस डिसी, माधब तिमल्सीना, कृष्णबहादुर खत्री, उज्वल रिजाल, प्रकाश भण्डारी, अनिलकुमार डाँगी, समिर वली र देवबहादुर वली रहनुभएको छ । यसैविच तीन दिन सम्म बिभिन्न कार्यक्रम आयोजना गरिए मनाईएको प्रजातन्त्र दिवसको आजै समापन गरिएको छ । मूल समारोह समितिका संयोजक एवं जिल्ला समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपालीको अध्यक्षतामा रक्त सञ्चार केन्द्रमा कार्यक्रमको आयोजना गरि दिवसको समापन गरिएको हो ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाईटीका सभापति नारायण आचार्य र रक्त सञ्चार केन्द्रका ईन्चार्ज दिलिप न्यौपानेले प्रजातन्त्र दिवसका अबसरमा रक्तदानले सामाजिक प्रभाब राम्रो परेको बताउनुभयो ।
यही फागुन ६ गते घोराहीमा सरसफाई, ७ गते हिजो प्रभातफेरी सँगै अन्तरक्रिया, बेलुका दिप प्रज्वलन र आज रक्तदान गरेर दिवसको समापन गरिएको हो । समापन कार्यक्रमको सहजिकरण समन्वय समितिका कृष्ण केसीले गर्नुभएको थियो ।