ओमप्रकाश गुप्ता
देउखुरी १७ फागुन । देउखुरीकाे राप्ती गाउँपालिका वार्ड न. ६ को सगरापुर गाउँमा बाटाे बने पछि स्थानीयहरू खुसी भएका छन । गाउँमा हिड्ने वाटो बर्षामा हिलाम्मे र पानी पोखरी बन्दै आएकोमा वार्ड कार्यालयको १० लाख बजेटमा बाटो उच्च र नाली निर्माण गरि ब्यवस्थित बनेको छ । खाल्टो र सागुरो बाटोलाई गाउँलेहरुको र वार्ड कार्यालयको पहलमा फराकीलो र उच्च र नाली निर्माण गरि ब्यवस्थित गरिएको वार्ड अध्यक्ष बेद प्रसाद चौधरीले जानकारी दिएका छन ।सगरापुर विच गल्ली देखी उत्तर मरुवा थान सम्मको वाटो मर्मत गरेपछि बाटो पनि चाक्लो र सबै मौसममा सहज हिडडुल गर्न पाईने वाटो निर्माण उपभोक्ता समितिकी अध्यक्ष रामरती चौधरीले बताए ।
