घोराही, फागुन २८ 

उदाहरण समुह नेपालको आयोजनामा सरस्वती प्रतिक्षाको उपन्यास नथियामाथि बहस कार्यक्रम आज घोराहीमा सम्पन्न भएको छ ।
लेखक सरस्वती प्रतिक्षाको उपस्थीतिमा शुरु भएको कार्यक्रममा बहसकर्ताहरुमा निर्मल नेपाली बादी र निर्मला कुमारी बादी गुप्ता रहनुभएको थियो ।

उपन्यासकार सरस्वती प्रतिक्षाले बादी समुदायका महिलाहरुको जिवनमा आधारित पुस्तक नथियाले २०४०सालभन्दा अगाडी दाङ जिल्लामा रहेका बादी महिलाहरुले भोग्नुपरेको यर्थाथ पिडालाई चित्रण गरेको बताएतापनि बहसकर्ता निर्मला कुमारी बादी गुप्ताले पुस्तक पढिसकेपछि आम जनसमुदायले बादि समुदायलाई नै हेर्ने दृष्टिकोणमा भिन्नता आउने हुदा आफुलाई चिन्ता बढेको बताउनुभयो साथै निर्मलाले पुस्तकले समग्र बादी समुदायको महिलाहरुको विषयभन्दा पनि काल्पनीक संसारको कुरालाई नै बढी प्राथमिकता दिएको बताउनुभयो ।

यसैगरी कार्यक्रममा बोल्दै निर्मल नेपाली बादिले बादि समुदायमा रहेको चलनलाई आधार मानेर लेखिएको पुस्तकले २०४६सालपछि बादी समुदायमा आएका परिवर्तनहरुको बारेमा पनि सिक्वेक्न्स मार्फत यर्थाथ जानकारी दिन आवश्यक रहेको बताउनुभयो अन्यथा बादी समुदायलाई हेर्ने आम मानिसको नजर र बुझाई नै गलत हुने भन्दै पुस्तकको सिक्वेन्स छिटो निकाल्न बादीले लेखक सरस्वती प्रतिक्षालाई अनुरोध गर्नुभयो ।
उक्त कार्यक्रमको सहजीकरण पत्रकार नविन अभिलाषी तथा उदाहरण समु्हका घनश्याम अस्तीत्वले गर्नुभएको थियो ।