ओमप्रकाश गुप्ता
भालुवाङ २ चैत । देउखुरीको राप्ती गाउँपालिका २ बराखुटीमा आज दिउसो यात्रुवाहक बस पल्टिदा ६ जना यात्रु गम्भीर घाइते भएका छन् । लमहीबाट भालुवाङतर्फ गइरहेको ना २ ख ५५७१ नम्बरको यात्रुवाहक बस अनियन्त्रीत भई पल्टिदा बसमा सवार ६ जना यात्रु घाइते भएका हुन् । घाइते हुनेहरुमा प्युठान सरुमारानी गाउँपालिका २ निवासी २४ वर्षिय आयुष्मा थापा, निजकी ७ वर्षिय छोरा सिरिज थापा, राप्ती गाउँपालिका ३ मसुरीया निवासी १८ वर्षिय मुना चौधरी, निजकी २ महिनाकी छोरी सोनी चौधरी, सोही ठाउँ निवासी ३५ वर्षिय दयाराम चौधरी र ७ वर्षिय विपना चौधरी गम्भीर घाइते भएका छन् । घाइते ६ जनालाई लालमटियामा सामान्य उपचार पछि थप उपचारका लागि बुटवल रिफर गरिएको इलाका प्रहरी कार्यालय भालुवाङले जानकारी दिएको छ । चालक भने फरार रहेको र खोजी कार्य जारी रहेको प्रहरीले बताएको छ ।
