दाङ, ६ चैत्र ।
विगत केहि वर्ष देखि दाङमा चर्चामा रहेको औद्योगिक क्षेत्र निर्माणका लागि अहिले सरकारी निकायबाट सम्भाब्यता अध्ययन भैरहेको छ । सामाजीक क्षेत्रको विकाशका लागि काम गर्दै आएको दाङ जिल्ला उद्योग बाणिज्य संघको पहलमा घोराही उप महानगरपालिका ३ र ५ मा औद्योगिक क्षेत्र निर्माण गर्ने योजना बनेको हो । प्रदेश नं ५ स्तरिय औद्योगिक क्षेत्र निर्माणका लागि अहिले सरकारी स्तरबाट समेत सम्भाब्यता अध्ययन अगाडी बढेको छ ।
सम्भाब्यता अध्ययन गर्ने टोलीले दाङका उद्योगी व्यवसायीहरु संग छलफल अगाडि बढाएको छ । अध्ययन टोलीमा सहभागी विडिए नेपालका जगदिश श्रेष्ठले दाङमा औद्योगिक क्षेत्र निर्माणको सम्भाबना, अबसर, सक्षमता र चुनौतीहरुको बारेमा स्थानिय उद्योगी व्यवसायीहरु संग जिज्ञाशा राखेका थिए । प्राध्यापक डाक्टर पिताम्वर रावलले दाङमा कस्तो प्रकारका उद्योगहरुको विकास हुन सक्छन ? उद्योग सञ्चालनका लागि आबश्यक जनशक्तिहरु कहाँबाट ल्याउने ?, औद्योगिक क्षेत्र निर्माण पश्चात उद्योगहरु त्यहाँ आउछन् की आउँदैनन् भनेर प्रश्न राखेका थिए । उनको प्रश्नमा जवाफ दिदै उद्योगी व्यवसायीहरुले दाङको विकासका लागि औद्योगिक क्षेत्र नभईनहुने बताएका थिए ।
उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष हेमराज बन्जाडेले औद्योगिक क्षेत्रमा प्रदुषण फैलाउने उद्योगहरु भन्दा पनि मझौला उद्योगहरु राखिने र त्यसका लागि स्थानिय स्रोत साधनहरुको प्रयोग गरेर स्थानियहरुलाई नै रोजगार दिने योजना रहेको जानकारी गराएका थिए ।
उनले जडिबुटी र कृषिजन्य बस्तुहरुको प्रशोधन तथा बस्तुहरुको उत्पादन गर्ने, खाद्यन्न र निर्माणका सामग्रीहरु समेत उत्पादन गर्ने उद्योगहरु उक्त क्षेत्रमा रहने बताएका थिए । बन्जाडेले मासु जन्य बस्तुहरुको उत्पादन गर्ने लगाएतका मझौला खालका उद्योगहरु सञ्चालन गर्ने गरी औद्योगिक क्षेत्रको निर्माण आवश्यक रहेको उनको भनाई छ । कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका सदस्य धु्रवराज श्रेष्ठले दाङको सम्भावना अनुसार यहाँको विकास गर्नका लागि औद्योगिक क्षेत्रको निर्माण गरीनुपर्ने बताएका थिए ।
जिल्लाको कृषिजन्य बस्तुहरुलाई औद्योगिक रुपमा विकासका लागि निश्चित क्षेत्रलाई तोकेर अगाडी बढ्नु पर्ने बताए । कार्यक्रममा पुर्वअध्यक्ष रामदयाल गुप्ताले औद्योगिक क्षैत्रको निर्माण लगत्तै उहाँको जनशक्ति तयार नभएका कारण केहि समय बाहिरबाट जनशक्ति ल्याउनु पर्नेहुनसक्ने बताएका थिए । जिल्लालाई कुरुप हुनेगरि जथाभावी रुपमा उद्योग स्थापना गर्ने परिपाटीलाई रोक्नका लागि औद्योगिक क्षेत्र निर्माण गर्नुपर्ने गुप्ताले बताए ।
जिल्लाका उद्योगी व्यवसायीहरुको कुरा सुनिसकेपछि विज्ञहरुको टोलीले जिल्लाका उद्यौगीक क्षेत्रको आवश्यक्ता रहेको प्रतिक्रिया दिएका थिए । जिल्लाका व्यवसायीहरुको सुझावका आधारमा प्रस्तावित क्षेत्रको अनुगमन गरीने टोलीले जानकारी दिएको छ । संभवतः विज्ञ टोलीले बुधवार प्रस्तावित औद्योगीक क्षेत्र घोराही उप महानगरपालीका ३ र ५ को अनुगमन गर्ने बताईएको छ ।