जलवायु परिवर्तनः प्रमुख समस्या

२०७४ चैत्र ६, मंगलवार १६:३५ गते २०७४ चैत्र ६, मंगलवार १६:३५ गते २०७४ चैत्र ६, मंगलवार १६:३५ गते

जलवायु परिवर्तन पृथ्वीको प्राकृतिक प्रक्रियाभित्र पर्ने एक गतिविधि हो । आजभोलि नेपालमा भनौ या विश्वमै भनौ जलवायु परिवर्तनका कुराहरु व्यापक चर्चामा आउन थालेका छन् । नआओस पनि कसरी जलवायु परिवर्तनकै कारण विश्वमा भयाभव स्थीति आउने लागेको कुरा वैज्ञानिकहरु जानकार गराउछन् । पृथ्वीमा सूर्यका विकिरणबाट तापशक्ति प्राप्त हुन्छ र तिनै सूर्यबाट आयका विकिरणका कारण पृथ्वीको वायुमण्डलको तापक्रममा सन्तुलन रहन्छ । पृथ्वीले सूर्यबाट जति सौर्य विकिरण प्राप्त गर्छ त्यसको धेरै मात्रामा विकिरण अन्तरिक्षमै पठाउछ । जसले गर्दा पृथ्वीको वायुमण्डलको तापक्रम स्थिर रहन्छ । तर कुनै कारणबस विकिरणको आदानप्रदानमा घटबढ हुनगई असन्तुलन हुन गएमा पृथ्वीको वायुमण्डलको तापक्रम घटबढ हुन जान्छ र जलवायुमा परिवर्तन आउँछ ।
सामान्यतया कुनै स्थान विशेषको लामो समय अवधिको औसत मौसमी अवस्थालाई जलवायु भनिन्छ । वैज्ञानिकका भनाई अनुसार जलवायु भन्नाले करिब ३० वर्ष सम्मको मौसमी अवस्थालाई बुझाउछ । जलवायु परिवर्तन भन्नाले कुनै स्थान विशेषमा लामो समय अन्तरालमा जलवायुमा आउने फेरबदललाई जनाउँदछ । जलवायु परिवर्तन लामो समयको जलवायु सम्बन्धि तथ्याङ्कको नियमिततामा देखिने स्थायी प्रकृतिको परिवर्तन हो । जस अनुसार बेलाबेलामा मौसममा आउने उतार चढावलाई वातावरणीय परिवर्तन भन्न सकिन्छ । सन् १९६० को दशक पछि पृथ्वीमा भएको दु्रत औद्योगिक विकास र जनसंख्या बृद्धिले ल्याएका नकारात्मक असरका कारण पृथ्वीमा जलवायु परिवर्तन भएका तथ्यहरु वैज्ञानिकहरु बताउँछन् । जलवायु परिवर्तनमा आउने अस्वभाविक परिवर्तनका कारण सामाजिक, आर्थिक, पर्यावरणीय र विकासको संरचनामा नकारात्मक असर पुगेको कुरा विभिन्न तथ्याङ्क र प्रमाणले पृष्टी गरेका छन् ।
विश्वव्यापी रुपमा बढेको यस समस्याका लागि विश्वका औद्योगिक तथा धनि राष्ट्र जिम्मेवारी रहेको यर्थात विभिन्न अध्ययन तथा प्रतिवेदनले सार्वजनिक गरिसकेका छन् । हरित गृह ग्याँसको प्रमुख कारणको रुपमा ऋइद्द उत्सर्जनलाई लिइएको छ । धनि र औद्योगिक मुलुकले ऋइद्द अत्याधिक उत्सर्जन गरेपनि नेपाल जस्ता विकासोन्मुक तथा अति कम विकसित मुलुकहरुले यसलाई खप्न सक्ने हैसियत प्राप्त गर्ने अझै बढी कठिनाई भोग्नु पर्नेछ ।

जलवायु परिवर्तनका कारणहरुः
खासगरी जलवायु परिवर्तन प्राकृतिक कारण र मानविय (कृत्रिम) कारणबाट हुने गर्दछ । प्राकृतिक कारणबाट हुने जलवायु परिवर्तनलाई हामीले रोक्न नसकौला तर कृत्रिम कारणबाट हुने जलवायु परिवर्तनलाई पक्कै पनि कम गर्न सकिन्छ ।

प्राकृतिक कारणः
 विभिन्न प्राकृतिक प्रकोपहरु जस्तैः ज्वालामुखी विस्पोटन, भुकम्प आदिबाट विभिन्न हानीकारक ग्याँसहरु, धुलोहरु, रसायनहरु उत्पन्न हुन्छन जुन वायुमण्डलमा मिसियर वायुमण्डल परिवर्तनमा विशेष भूमिका खेल्दछन् ।
 पृथ्वी र सूर्य बिचको चुम्बकिय शक्ति (आकर्षक शक्ति) का कारण जलवायुमा परिवर्तन हुने गर्दछ । वैज्ञानिकहरुका अनुसार हजारौ वर्षको अन्तरालमा पृथ्वीको नक्षत्रमासमा आउने परिवर्तनका कारण पृथ्वीमा आउने सूर्यको प्रकाशको मात्रामा परिवर्तन हुने गर्दछ जसले जलवायुमा परिवर्तन ल्याउँछ ।

कृत्रिम (मानवीय) कारणः
 पछिल्लो २०० वर्षको अध्ययनबाट मिथेन, नाइट्रस अक्साइड, कार्वनडाइअक्साइड, कार्वन मोनो अक्साइड, जस्ता हरित ग्याँसहरु, ऋँऋ जस्ता हानिकारक रसायनको उत्सर्जन दीनप्रतिदिन वायुमण्डलमा बढ्दै गैरहेको छ र परावर्तित विकिरणहरु वायुमण्डलमै रोकिनाले पृथ्वीको तापक्रम बृद्धि हुँदैछ ।
 कोइला, खनिजतेल, प्राकृतिक ग्याँस जस्ता इन्धनको अत्यधिक प्रयोग, तिव्र गतिमा वनजङ्गलको विनाश, औद्योगिकरण आदिबाट उत्पादन भएका हानिकारण ग्याँस तथा रसायन वायुमण्डलमा मिसिन गई जलवायु परिवर्तन हुन्छ ।
 दाउरा बाल्दा, टायर बाल्दा, इट्टा लगायत विभिन्न वस्तुको कारखाना सञ्चालन गर्दा विभिन्न वस्तुहरु जलाउँदा धेरै मात्रामा धुवा उत्पन्न हुन्छ र सो धुवामा कार्वनडाइअक्साइड, कार्वनमोनोअक्साइड जस्ता ग्याँसहरु पाइन्छन र ति ग्याँसहरुलाई जलवायु परिवर्तनको प्रमुख कारण तत्वका रुपमा लिइन्छ ।
 बढ्दो शहरीकरण, औद्योगिकरण र तिब्रगतिमा भैरहेको जनसंख्या बृद्धिका कारण विभिन्न उद्योग धन्दा, कलकारखाना, गाडीमोटरको सङ्ख्यामा ब्यापक बृद्धि हुन्छ । तिनीहरु प्रयोगमा आउँदा विभिन्न रसायनहरु, ग्याँसहरु उन्पन्न हुन्छन जुन वायुमण्डलमा गई प्रत्यक्ष असर पार्दछ र जलवायु परिवर्तन हुन्छ ।
 धेरै उत्पादन गर्ने नाउँमा रासायनिक मलको धेरै प्रयोग गर्नाले र अनावश्यक किट्नाशक औषधिको प्रयोग गर्नाले पानी, हावा, माटो प्रदुषण भई अन्ततः जलवायुमै नकारात्मक असर पार्दछ ।
 विभिन्न वस्तुलाई चिस्याउने नाउँमा सञ्चालन भएका चिस्यान केन्द्र ९ऋयमि क्तयचबनभ०, रेफ्रिजेरेटर आदि सञ्चालन गर्दा त्यहाँ ऋँऋ, एमोनिया जस्ता हानिकारक ग्याँसहरु प्रयोग तथा उत्पादन हुन्छन जसले वायुमण्डलमै नकारात्मक असर पार्दछ ।
 विश्वमा भैरहेका विभिन्न युद्धमा प्रयोग भैरहेका आणविक वस्तुहरु, विष्पोटक पदार्थ, बम वारुत आदिबाट विभिन्न हानिकारक रसायन तथा ग्याँसहरु उत्पन्न भइ जलवायु परिवर्तन हुन्छ ।

जलवायु परिवर्तनका असरहरुः
 हालका दिनमा जलवायु परिवर्तनले हिमालय लगाएत मानवजीवन, सामाजिक आर्थिक विकास, जैविक विविधतामा असर पु¥याउन थालेको छ । फलस्वरुप अतिबृष्टि, अनाबृष्टि, बाढी पहिलो, हिमपहिरो, सृख्खा जस्ता प्राकृतिक प्रकोपको जोखीम बढीरहेको छ ।
 विश्वतापमान बृद्धिका कारण प्रभावित हुने सबैभन्दा बढी संवेदनशिल मापक हुन तिनीहरुको आकार हिमपात र यसको पग्लने वस्तुको अनुपातमा निर्भर रहन्छ । साबिकको समयभन्दा पहिले नै विरुवामा फुल, फल लाग्ने, चराले चाँढै अण्डा पारेको पाइन्छ यसले गर्दा विभिन्न जीवजनावर वशुपंक्षीको खाद्य चक्रमा असन्तुलन हुन गइ सिङ्गो परिस्थितिक पद्दतिमा नै खलल हुने सम्भावना छ ।
 उच्च र चिसो स्थानको तापक्रम बढेको हुनाले झिँगा र लामखुट्टे जस्ता रोगबाहक किराहरु ति भागमा पुग्ने र रोग तथा महामारी फैलिनेक्रम बढ्दै गएको छ ।
 तराईमा अत्यधिक गर्मी त हुन्छ नै हिमाली क्षेत्रमा समेत तापक्रम बढेर हिउँ पग्लने क्रम विस्तार हुँदै तिब्रता उन्मुख छ । यसबाट प्रकोप जन्य जोखिम उपन्न भएको छ नै नागरिक सुरक्षा र संरक्षणका थप समस्या जस्तै नयाँ र खतरा रोगको फैलावट, कृषिजन्य उत्पादन चक्र परिवर्तन र ह्रास आई भोकमरी हुन गई ब्यापक बसाइसराई देखापर्ने निश्चित छ । यसको सुरुवात भैसकेको पनि छ ।
 तापक्रममा आएको परिवर्तनले देशका विभिन्न क्षेत्रमा बाढी पहिरो, भू–क्षय र खडेरी जस्ता प्रकोपका घटना बढ्दै गएको पाइन्छ । पहाडी भागमा ब्यापक बाढीपहिरो जानुका साथै स–साना खोल्सा, मुलकुवा आदिको पानी सुक्दै जान थालेका छन त्यो पनि जलवायु परिवर्तन कै असर हो ।
 नेपालमा प्रतिवर्ष औसत ण्।ण्द्धण्ऋ तापक्रम बढ्दै गएको छ जुन विश्वव्यापी औसत बृद्धि भन्दा धेरै बढी हो । त्यसमा पनि उपहाडी क्षेत्रमा तापक्रम बृद्धिको दर अझ बढीरहेको छ । हिमतालको निर्माण र फुट्ने क्रम जलवायु परिवर्तनको सम्भवतः सबभन्दा टड्कारो प्रभाव हो भन्न सकिन्छ । नेपालमा करिब २० वटा यस्ता खतरनाक ताल छन जुन कुनैपनि बेला फुट्न सक्छन् ।
 नेपालमा जलवायु परिवर्तनले गरिबलाई झन गरिब, सिमान्तकृत र जोखिममा परेकालाई अझ कठिनाई भएको हामीले प्रत्यक्ष अबलोकन तथा महशुस गरेका छौं ।

जलवायु परिवर्तन कसरी कम गर्ने त ?
 हाल विश्वमा हुने हरितगृह ग्याँसको कुल उत्सर्जनमा नेपालको हिस्सेदारी करिब ण्।ण्द्दछ५ छ । ऋइद्द ग्याँसको अत्याधिक उत्पादनको कारण नै जलवायु परिवर्तन हो । अहिले विश्वमा उत्पादित ऋइद्द को करिब ७०% जति वनजङ्गलले सोस्ने गर्दछ । यसबाट पनि भन्न सकिन्छ कि जलवायु परिवर्तनलाई कम गर्न हामीले सकेसम्म बढी वन जङ्गल बढाउने प्रयत्न गर्नुपर्दछ । एक घर एक विरुवा, एक सदस्य एक विरुवा अभियान चलाउनु पर्दछ ।
 चुरे पहाडको संरक्षणलाई पनि विशेष ध्यान दिनुपर्दछ । लगातार रुपमा चुरे पर्वत श्रृङ्खलामा भैरहेको क्षयीकरणले हाम्रो भू–सन्तुलनमा नै समस्या खडा गर्ने देखिएको छ ।
 देशैभरी वातावरण मैत्री सार्वजनिक तथा निजी यातायात प्रणालीको विकास गरी प्रत्येक घरमा उर्जा बचतको प्रविधि लागु गर्नुपर्दछ र सम्पूर्ण उद्योगलाई कम कार्वनडाइअक्साइड उत्सर्जन गरेको सुनिश्चित गर्न लगाउनु पर्दछ ।
 विद्यालयको सम्पूर्ण तहमा वातावरण शिक्षाको पाठ्यक्रमको समावेश गर्नुपर्दछ र भएका पाठ्यक्रमको अद्यावधिक र स्तरीकरण गर्न जरुरी छ ।
 हरित गृह ग्याँसको उपादनमा कमी ल्याउन वैकल्पिक उर्जाको प्रयोग गर्नुपर्दछ । आजैदेखि उर्जाको रुपमा पेट्रोलियम पदार्थको उपयोग कमी ल्याई वैकल्पिक उर्जा जस्तै जलविद्युत, सौर्यशक्ति, बायोग्याँस, वायुउर्जा आदिको उपयोगमा बृद्धि गर्नुपर्दछ ।
 विभिन्न बन्द, विरोधका नाउँमा टायर बोल्ने काम बन्द गर्नुपर्दछ । सम्पूर्ण जनतालाई जलवायु परिवर्तन, कारण, असर र बच्ने उपाय सम्बन्धि जनचेतना जगाउनु पर्दछ ।
 घर, उद्योग धन्दा, कलकारखानाबाट निस्कने तथा अन्य प्रक्रिया बाट निस्कने फोहोरलाई कुहिने नकुहिने, पुनः प्रयोगमा आउने नआउने गरी ग्रेडिङ गर्नुपर्दछ र पुनः प्रयोगमा नआउने वस्तुलाई वायुमण्डललाई असर नगर्ने गरी व्यवस्थापन गर्नु पर्दछ र कुहिने वस्तुलाई वातावरण मैत्रिहिसाबले जैविक मल बनाउनु पर्दछ ।
 पुराना गाडी मोटरलाई सञ्चालन गर्न दिनुहुँदैन र प्रत्येक गाडी मोटर वातावरण मैत्री हुनु पदृछ ।

नेत्रलाल भट्टराई (नारायण)
अध्यक्षः विज्ञान शिक्षक समाज तुलसीपुर, दाङ
महासचिवः तुलसीपुर नगरजेसीज तुलसीपुर, दाङ
email:[email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *