ओमप्रकाश गुप्ता
देउखुरी ९ चैत । राप्ती गाउँपालिका भित्र रहेका एसइई परिक्षा केन्द्रवाट संञ्चालन भईरहेको परिक्षा केन्द्रहरुको अनुगमन गरिएको छ । राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदी सहितको टोलीले शुक्रवार अनुगमन गरेको छ । तीन वटा एसइई परिक्षा केन्द्र रहेको राप्ती गाउँपालिका भित्रका आदर्श नमुना माध्यमिक विद्यालय लालमटिया, माध्यमिक विद्यालय मौरीघाट र सर्बोदय माध्यामिक विद्यालय सिसहनियाँको अनुगमन गरिएको हो । गाउँपालिका अध्यक्ष सुबेदीले परिक्षाको अवलोकन गर्दै परिक्षालाई मर्यादित र अनुशासीत तवरमा सञ्चान गराई राख्न परिक्षा केन्द्रध्यक्षहरुलाई आग्रह गरेका छन् । ९ सय ४८ विद्यार्थीले राप्ती गाउँपालिका भित्रका परिक्षाकेन्द्रवाट एसइई परिक्षा दिइ रहेकोमा शुक्रवार ५ विद्यार्थी अनुपस्थीत रहेको राप्ती गाउँपालिका शिक्षा शाखा सह संयोजक किरण पोख्रेलले जानकारी दिएका छन् । राप्ती गाउँपालिकाका एसइई परिक्षा केन्द्रमा छिमेकी गढवा, बंगलाचुली गाउँपालिका तथा लमही नगरपालिकाका केही विद्यालयका विद्यार्थीहरुले पनि परिक्षा दिइरहेको केन्द्रध्यक्षहरुले जानकारी दिएका छन् ।
