ओमप्रकाश गुप्ता/ तिर्थराज ज्ञवाली
देउखुरी १५ चैत । सामाजिक विकास तथा शिक्षा समितिको अनुगमन टोलीले राप्ती गाउँपालिका भित्र रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरुको विहिवार अनुगमन गरेको छ । विद्यालयको कक्षा थप,तह थप, विद्यालय स्थान्तरण, अनुमति आदिका वारेमा विद्यायलहरुले उपलब्ध गराएका विवरणहरुका वारे स्थलगत अनुगमन गरिएको हो । सामाजिक विकास तथा शिक्षा समितिका संयोजक विद्याशरण चौधरीको अगुवाईमा गएको अनुगमन टोलीले भालुवाङमा रहेको रिभर राप्ती ईङ्लीस स्कुल, दारुल मदरसा, रजा ए मुस्तफा मदरसा, दिप बोडिङ ईङ्लीस स्कुल, स्वर्गद्घारी गृहिणी महिला आधारभुत विद्यालयको अनुगमन गरेको छ । त्यस्तै पाखापानीको उज्यालो भविष्य शिक्षा सदन, लालमटियाको चन्द्र ज्योति बोडिङ स्कुल, मसुरीयाको दुर्गा भवानि प्रावि, बसन्तापुरको विपी आधारभुत विद्यालय, सिसहनियाको शुभ दर्पण एकेडेमी, पत्थरगढवाको मार्टिन एकेडेमी तथा ईन्द्रेनि ईङलीस स्कुल, नुतन बाल उद्यान प्रा.वि. सिङगे को अनुगमन गरिएको छ । अनुगमन पश्चात विद्यालयहरुले माग गरे बमोजिमका विषयमा सर्त तथा नियम पुरा गरेको पाईएमा सम्वन्धित निकायमा सिफरिस गरिने समितिका संयोजक विद्याशरण चौधरीले जानकारी दिएका छन् । अनुगमन टोलीमा समितिका सदस्य सचिव राजेन्द्र कुमार घिमीरे, सदस्यहरु किरण पोख्रेल, विक्रान्त ज्ञवाली, कुलराज जैशी, शोभाकर भुसाल, रामनारायण चौधरी तथा पे्रस संयोजक तिर्थराज ज्ञवाली रहेका थिए ।
