देउखुरीमा अजिंगर फेला

२०७४ चैत्र १८, आईतवार ०७:४४ गते २०७४ चैत्र १८, आईतवार ०७:४४ गते २०७४ चैत्र १८, आईतवार ०७:४४ गते

ओमप्रकाश गुप्ता
सिसहनियाँ १८ चैत । देउखुरीको राप्ती गाउँपालिका ६ पत्थरगढवामा अजिंगर फेला परेको छ ।देउकी सामुदायिक वनका सदस्य पत्थरगढवा निवासी पुरन प्रसाद चौधरीले आइतवार विहान ११.४५ बजेको समयमा खेतमा काम गर्न गएका बेला अजिंगर फेला पारेका हुन् । ९ फिट लम्बाई र १२ इन्च गोलाइ रहेको अजिंरलाई देउकी सामुदायिक वन पहरुवामा लगेर छोडिएको सामुदायिक वनका सदस्य पुरन चौधरीले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *