देउखुरीको गढवामा सिएलआरसी प्रथम टि २० कप क्रिकेट प्रतियोगिता सुरु

२०७५ बैशाख २१, शुक्रबार १४:४६ गते २०७५ बैशाख २१, शुक्रबार १४:४६ गते २०७५ बैशाख २१, शुक्रबार १४:४६ गते

ओमप्रकाश गुप्ता
गढवा २१ वैशाख । दे उखुरी सामुदायिक पुस् तकालय तथा स्रो त के न्द्रको  आयो जनामा आज देखि गढवा गाउपालिका स् तरीय दे उखुरी सि एल आरसी प्रथम टि–२० क्रिके ट प्रतियो गिता गढवामा शुरु   भएको  छ । स्रोत केन्द्रका अध्यक्ष गिरिराज भट्टको अध्यक्षता एवम् गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवको प्रमुख आतिथ्यतामा भएको खेल उद्घाटन कार्यक्रममा नेकपा एमालेका रामप्रसाद गैरे, नेपाली कांग्रेसका तेजप्रसाद न्यौपाने,राजमोका कपिलदेव खनाल,गढवा गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष बालचन्द्र हमाल, दाङ जिल्ला क्रिकेट संघका देउखुरी संयोजक किशोर घर्ती मगर लगायतका वक्ताहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । केन्द्रका उपाध्यक्ष पुरन चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन ओभा पाठक र शिवराज पन्थीले गरेका थिए । ८ वटा टिमले भाग लिएको खेलमा अहिले कोइलावास क्रिकेट क्लव र आयोजक टिम बिच खेल जारी रहेको गढवाबाट पत्रकार शिवराज पन्थीले जानकारी दिएका छन् । खे लकूदमा प्रथम हुने लाई रु. २५ हजार र दो स्रो  हुने लाई रु. १५ हजार तथा म्यान अफ द सिरिजलाई दुई हजार राशी पुरस् कार तथा शिल्ड, मे डल र प्रमाणपत्र प्रदान गरिने  आयो जकले  बताएको  छ । यसै गरी प्रत्ये क खे लमा म्यान अफ द म्याचलाई पनि पुरस् कार प्रदान गरिने  भएको  छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *