आदर्श नमुना मावि लालमटियामा अनिश्चित तालाबन्दी

२०७५ बैशाख २६, बुधबार १४:०६ गते २०७५ बैशाख २६, बुधबार १४:०६ गते २०७५ बैशाख २६, बुधबार १४:०६ गते

ओमप्रकाश गुप्ता
लालमटिया, दाङ २६ वैशाख । अखिल क्रान्तिकारी दाङले बुधवार देउखुरीको आदर्श नमुना माध्यामिक विद्यालय लालमटियामा अनिश्चितकालीन तालाबन्दी गरेको छ । नेत्रबिक्रम चन्द(बिप्लप) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको भातृ संगठन अखिल क्रान्तिकारीले उक्त तालाबन्दी गरेको हो । विद्यालयले परिक्षाफल प्रकाशनमा विद्यालय प्रशासनले गम्भीर ऋुटी गरेकाले कक्षा ८ मा अध्ययनरत सकुन्तला केसीले मृत्युवरण गर्नु एक प्रकारको हत्या भएको अखिल क्रान्तिकारीले बताएको छ । विद्यार्थी संगठनले वैशाख ७ गते २४ घण्टे अल्टीमेटम सहितको मागलाई वेवास्ता गरि घटनाको सत्यतथ्य छानबीन गर्न गठित समितिले समेत विद्यालय र कक्षा शिक्षकको ऋुटिले सो घटना भएको निश्कर्ष निकाल्दा समेत घटनालाई समान्यकर गर्ने र राज्य प्रशासनले समेत वेवास्ता गरेकाले विद्यालयका तालाबन्दी गरेको अखिल क्रान्तिकारी दाङका अध्यक्ष प्रितिमा चौधरीले जानकारी दिएकी छिन् । साथै विद्यार्थी संगठनले विद्यालयका प्रअ र अध्यक्षले राजिमाना दिनु पर्ने, दोषी कक्षा शिक्षकलाई बरखास्त गर्नु पर्ने, पिडित परिवारलाई उचित क्षतीपुर्ति सहित न्याय दिनु पर्ने र मृतकको नाममा अक्षयकोष स्थापना गर्नु पर्ने माग गरेको छ । सो माग पुरा नभए विद्यार्थी संगठन कडा रुपमा प्रस्तु हुने बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *