ओमप्रकाश गुप्ता
सिसहनियाँ ३१ वैशाख । गए रातीको हावाहुरीले देउखुरीको राप्ती गाउँपालिकाको २ गाउँमा क्षती पु¥याएको छ । हावाहुरीले वडा नम्बर ५ कालापानीका रामप्रसाद चौधरीको कच्ची घरमा रुखको हाँगा खस्दा टिनको छानामा क्षती पु¥याएको छ भने घरभित्र रहेका सामानमा समेत क्षेती हुदा करिव ३५ हजार बराबरको क्षती भएको पिडित चौधरीले बताएका छन् । त्यसै गरी वडा नम्बर ६ भगवानपुरका रामलाल चौधरीको टिन लगाएको कच्ची घरमा क्षती पु¥याएको छ । हावाहुरीले पसल र घर भित्ररहेको सामानमा समेत क्षती हुदा करिव २ लाख बराबरको नोक्सान भएको पिडित चौधरीले बताएका छन् । हावाहुरीले फलफुल, तरकारी तथा अन्नबालीहरुमा समेत नोक्सानी गरेको छ । हावाहुरीबाट भएको क्षेतीको विवरण संकलन गरिरहेको प्रहरी चौकी सिसहनियाँका प्रमुख मिनबहादुर खातीले जानकारी दिएका छन् । उता लमही–भालुवाङ, लमही–गढवा, लमही– रिहार, लमही– घोराही लगायतका ठाउँहरुमा विद्युतपोल ढल्दा राती देखि नै विद्युत सेवा अवरुद्ध भएको छ । विद्युत मर्मतको काम भइरहेको नेपाल विद्युत प्राधिकरण लमहीले जानकारी दिएको छ ।
