ओमप्रकाश गुप्ता
देउखुरी १ जेठ । देउखुरीको राप्ती गाउँपालिका ४ नयाँगाउमा आइतवार राती एक घरमा चोरी भएको छ । आइतवार राती समयमा चोर घरको ढोकामा लगाएको ताल्चा फोडी घर भित्र प्रवेश गरी १५ तोला सुन र नगद ९० हजार रुपैयाँ चोरी भएको पिडित कृष्णबहादुर कार्कीले जानकारी दिएका छन् । चोरी भएको विहान ५ बजे मात्र आफुलाई थाहा भएको पिडित कार्कीले बताए । चोरको खोजी कार्य भइरहेको प्रहरीको भनाई छ ।
