जनता मावि गढवामा खानेपानीको समस्या

२०७५ जेष्ठ २, बुधबार १३:४० गते २०७५ जेष्ठ २, बुधबार १३:४० गते २०७५ जेष्ठ २, बुधबार १३:४० गते

ओमप्रकाश गुप्ता
गढवा २ जेठ । देउखुरीको गढवामा रहेको खानेपानी आपूर्ति ३ दिन अघि देखी बन्द हँुदा खानेपानीको समस्या देखिएको छ । जसका कारण एक सरकारी विद्यालय नै बन्द भएको छ । गढवा स्थित जनता माध्यमिक विद्यालयको खानेपानी टैंकीमा पानी सकिएपछि बुधवार १२ बजे पछि विद्यार्थीहरुलाई विदा दिई विद्यालय नै बन्द गर्न बाध्य भएको विद्यालय प्रशासनले जनाएको छ । तिन दिन अघिदेखी खानेपानी छैन, करिब आधा घण्टा समय खर्चेर स्थानीय गाउँमा रहेको कुवाबाट जर्किनमा पानी बोकेर भात पकाउन र खानेपानी प्रयोग गर्नु परेको पत्रकार तथा प्रेस सञ्चालक पुरन प्रसाद चौधरीले बताए । पानीको हाहाकार सुरु भएपछि स्थानीय ब्यवसायीहरु नुहाउनको लागी समेत गाउँतर्फ जान थालेको बताइएको छ । खानेपानीको धारामा पानी आउन छोडेको ३ दिन भएपछि यथाशिघ्र खानेपानी आपुर्ति सञ्चालनमा ल्याउन भन्दै स्थानीय गढवा बजारका ब्यवसायीहरुबाट ब्यापक बिरोध आएको छ । गढवा खानेपानीको आयोजना सञ्चालन गर्ने ब्यवस्थापन समितिले साधारणसभा नगरेको ३ बर्ष नाघिसकेको स्थानीय उपभोक्तको गुनासो छ । यथाशिघ्र खानेपानीको आपुर्ति सुचारु गर्न र साधारण सभा गर्न स्थानीयले माग गरेका छन् । यता खानेपानीको समस्या भएको सर्बत्र गुनासो आउन थालेपछि गढवा खानेपानी संस्थाले जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालयसंग समन्वय गरेर प्रविधिक बोलाई काम सुरु गरेको संस्थाका सचिव पटवारी यादवले बताए । खानेपानीको डिप बोरीङको मोटर सर्ट भएका कारण चेनपुल्ली ल्याएर नयाँ मोटर बदल्ने काम सुरु भएको छ , संभवत आज या भोलीमा खानेपानी सहज ढंगले सुचारु हुन्छ उनले भने । यसका साथै लामो समयपछि आगामी जेठ १९ का दिन संस्थाको साधारण सभाको लागि तयारी गरेको बर्तमान कार्यसमिति स्रोतले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *