राप्ती गाउँपालिकाका वडा सदस्य चौधरीको हृदयघातका कारण निधन

२०७५ जेष्ठ ९, बुधबार १४:४९ गते २०७५ जेष्ठ ९, बुधबार १४:४९ गते २०७५ जेष्ठ ९, बुधबार १४:४९ गते

ओमप्रकाश गुप्ता
भालुवाङ ९ जेठ । देउखुरीको राप्ती गाउँपालिकाका गाउँसभा सदस्य तथा वडा नम्बर ४ का वडा सदस्य विश्वपती चौधरीको मंगलवार हृदयघातका कारण निधन भएको छ । उनको मंगलवार गाउँमै एक्कासी हृदयघातका कारण निधन भएको हो । चौधरी भर्खरै सम्पन्न स्थानीयतहमा निर्वाचनमा निर्वाचिनमा वडा नम्बर ४ बाट अत्यधिक बहुमतले विजय भएका थिए । यस बिचै ४९ वर्षको उमेरमा वडा सदस्य चौधरीको दुखद निधन प्रति वडा नम्बर ४ का वडा अध्यक्ष विष्णुबहादुर घर्ती क्षेत्रीले शोक व्यक्तव्य जारी गरी मृत आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा गहरो समवेदना प्रकट गरेका छन् । यसै बिच गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदी, उपाध्यक्ष जगदम्बा कुमारी चौधरी, प्रमुख प्रशासकीय अधिकृत जगतबहादुर भुसाल र ९ वटै वडाका वडा अध्यक्ष,सदस्य तथा विषयगत शाखाका प्रमुखहरुले समेत दुख व्यक्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *