दुखहरण यादव/ओमप्रकाश गुप्ता
गढवा १७ जेठ । गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादव तथा गढवा गाउँपालिकाको विपद ब्यवस्थापन संयोजक प्रकाश भण्डारीको अगुवाईमा विहिवार गढवा गाउँपालिका वडा नम्बर ३ सुपैलाका कर्णबहादुर रावत,खेतुलाल रावत,बसन्त रावत,गोपाल रावत,बिमती रावत तथा मृतक लक्ष्मी रावतको परिवार र वडा नम्बर २ पचहाका अग्नी पिडीत अमर चौधरीलाई राहत सामग्री वितरण गरीएको छ । गाउँपालिकाको विपद व्यवस्थापन समिती मार्फत सुपैलाका अग्नी पिडीत ७ घर परिवार तथा पचहाको १ घर परिवारलाई राहत सामाग्री वितरण गरिएको हो । गाउँपालिकाका अध्यक्ष सहजराम यादवले अग्नीपिडीत प्रत्येक घर परिवारलाई बाल्टी,डेप्ची,कराही,डाडु,पन्यू र जग १–१ थान,गिलास र थाल २–२ थान,साबुन,ब्रस,सरफ,मंञ्जन १ सेट,चामल ५० केजी.,दाल ३ केजी.,नुन र चिनी १ केजी,चिउरा ३ केजी. र १ लिटर खाने तेल वितरण गर्नुको साथै मृतक लक्ष्मी रावतको किरिया खर्चको लागि २५ हजार रुपैयाँ नगद सहयोग गरेको विपद ब्यवस्थापन संयोजक प्रकाश भण्डारीले बताए । राहत वितरणमा गाउँपालिकाका विपद फोकल पर्सन सुष्मा अधिकारी,कैलाश चौधरी तथा शम्भु चौधरीले सहजीकरण गरेका थिए ।
