अखिल क्रान्तिकारीद्धारा जेठ २१ गते देशव्यापी शैक्षिक हड्तालको अह्वान

२०७५ जेष्ठ १९, शनिबार ०७:०० गते २०७५ जेष्ठ १९, शनिबार ०७:०० गते २०७५ जेष्ठ १९, शनिबार ०७:०० गते

ओमप्रकाश गुप्ता
भालुवाङ १९ जेठ । अखिल नेपाल राष्टिय स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारीले जेठ २१ गते देशव्यापी आमशैक्षिक हड्तालको अह्वान गरेको छ । संगठनले आज एक प्रेस विज्ञप्ती जारी गरी शैक्षिक हड्तालको अह्वान गरेको हो । संगठनका जिल्ला अध्यक्ष प्रितिमा चौधरीद्धारा हस्ताक्षरिता विज्ञप्तीमा भनिएको छ, इतिहास निर्माण गर्दै मालेमावादी विश्व दृष्टिकोणमा आधारित वैज्ञानिक समाजवादी शिक्षा प्राप्तीको महासमरको यात्रामा अनवररुपमा लागि रहेको बताएको छ । त्यसै क्रममा दलाल फाँसीवादी अन्डरलाइन प्रालि नामक सत्ताको दलालीकृत शिक्षा नितिका कारण शिक्षामा मौलाउदै गरेको दलालीकरण, भ्रष्ट्रिकरण , व्यापारीकरण , माफियाकरण हुदै अपराधीकरणको विरुद्ध विगत विभिन्न समयमा भएका सहमति र सम्झौताहरु कार्यन्वयन लगायतका विद्यार्थीहरुको मौलिक अधिकार लागु गर्नु पर्ने लगायतका विविध मागहरु राखी बुझाएको मागपत्र , अन्तरक्रिया लगायतका सालिन संघर्षलाई कमजोरी ठानी व्यवास्ता गरेकोले वाध्यतावस संघर्षको नयाँ चरणमा प्रवेश गर्न बाध्य भएको बताएको छ । यसै क्रममा देशव्यापी आमशैक्षिक हड्तालमा दाङका सम्पुर्ण शैक्षिक संघसंस्थाहरु बन्द गरी सहयोग गरिदिनहुन आमशैक्षिक,संघसंस्थाहरु,अभिभावक र विद्यार्थीहरुमा अनुरोध गरेको छ । शैक्षिक हड्तालको अपिललाई कमजोरी ठाने आइपर्ने सबै प्रकारका दुर्घटनाको जिम्मा सम्बन्धित पक्षले नै लिनुपर्ने विज्ञप्ती मार्फ चेतावनी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *