पिपरीमा तरकारी खेती घुम्ती तालिम

२०७५ जेष्ठ १९, शनिबार १६:३१ गते २०७५ जेष्ठ १९, शनिबार १६:३१ गते २०७५ जेष्ठ १९, शनिबार १६:३१ गते

ओमप्रकाश गुप्ता
भालुवाङ १९ जेठ । राप्ती गाउँपालिका कृषि विकास उपशाखाको आयोजनामा २ दिने वडा स्तरीय तरकारी खेती घुम्ती तालिम वडा नम्बर ८ को पिपरीमा शनिवार देखी सुरु भएको छ । गाउँपालिकाको ३ ठाउँमा सञ्चालन गरिने घुम्ती तरकारी खेती तालिमको वडा नम्बर ८ का करीव ४० जना कृषक तथा गृहिणीहरुलाई तरकारी खेती, बेमौसमी तरकारी, तरकारीका फाइदा, तरकारी खेती गर्ने तरीकाका वारेमा तालिम दिइने वडा नम्बर ८ का वडा अध्यक्ष गोकर्णबहादुर राना मगरले जानकारी दिएका छन् । २ दिने वडा स्तरीय तरकारी खेती घुम्ती तालिमको उद्घाटन गर्दै अध्यक्ष रानाले नागरिकले आफ्नो स्वास्थ्यको रक्षा तथा स्वस्थ्य रहन सफा तथा ताजा तरकारी सेवन गर्नु पर्ने र आर्गनिक तरकारीका लागि आफ्नो करेसावारीमा आफ्नो परिवारलाई मात्र पुग्ने गरी भए पनि तरकारी खेती गर्नु पर्ने बताए । तालिमको प्रशिक्षकमा कृषि विकास उपशाखाका दानसिहं रोकाय रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *