ओमप्रकाश गुप्ता
भालुवाङ २२ जेठ । ४६ आँै विश्व वातावरण दिवसको अवसर पारेर राप्ती गाउँपालिकाले अन्तरक्रिया तथा बृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ । राप्ती गाउँपालिकाको सम्पुर्ण क्षेत्र सफा स्वच्छ कसरी वनाउन सकिन्छ र गाउँपालिकाको गाउँ बजार क्षेत्रमा सरसफाई कसरीे गर्न सकिन्छ भन्ने विषयमा अन्तरक्रिया गरिएको छ । बढ्दो फोहर तथा प्लाष्टिक प्रदुषण निर्मुल पार्न स्थानीय सरकार र नागरिकले अपनाउनु गर्ने ब्यबहार तथा वातावरणको क्षेत्रमा स्थानीय सरकारले बनाएको निति तथा कार्यक्रमका वारेमा अन्तरक्रिया गरिएको हो । आगामी दिनमा गाउँपालिकाको पहलमा स्थानीय सरोकारवालहरुको साथ लिएर फोहर जन्य पदार्थको उचित ब्यवस्थापन तथा प्लाष्टिक प्रयोग न्युनिकरणको ब्यवस्थापन गर्नुपर्ने कार्यक्रममा सहभागीहरुले जोड दिएका छन् । राप्ती गाउँपालिका गाउँकार्यपालिकाको कार्यालय परिसरमा कार्यक्रमका सहभागीहरुले बृक्षरोपण समेत गरेका छन् । राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीको अध्यक्षतामा आयोजित अन्तरक्रिया कार्यक्रममा नेकपाका किरण भण्डारी, श्यामेश चौधरी, नेपाली कांग्रेसका दुर्योधन पाण्डे, राजमोका केशवराज खनाल, नेपाल कम्युनिष्ट पार्टी विप्लपका सुरज परियार, पुर्व लालमटिया गाविस अध्यक्ष दोर्ण भुसाल, ऐरावती आदर्श बहुमुखी क्याम्पस संचालक समितिका अध्यक्ष चन्द्रबहादुर जिसी, प्रगतिनगर खानेपानीका अध्यक्ष शान्तराज शर्मा, राप्ती उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष टोपबहादुर कार्की, सर्वोदय मावि विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष शिवध्वज मल्ल, राप्ती वन महासंघका हरि भुसाल, नर्ती वन समन्वय समितिकी तारा घिमीरे, ग्लोवल युथ क्लवका अध्यक्ष रमेश कंडेल, नेपाल पशुपंक्षी परियोजनाका भुपाल नेपाली, दाङ देउखुरी वातावरण संरक्षण पत्रकार मञ्चका प्रवक्ता महेश रिजाल लगायतकाले बोलेका थिए । कार्यक्रममा उपाध्यक्ष जगदम्वाकुमारी चौधरीले स्वागत तथा सहलेखापाल रेशमराज अधिकारीले कार्यक्रमको सञ्चालन गरेका थिए ।
