भालुवाङमा विद्युत अवरुद्ध हुँदा नमस्तेको नेटवर्क जाने समस्या

२०७५ असार १, शुक्रबार ०४:२४ गते २०७५ असार १, शुक्रबार ०४:२४ गते २०७५ असार १, शुक्रबार ०४:२४ गते

ओमप्रकाश गुप्ता
भालुवाङ १ अषाढ । देउखुरीको प्रमुख व्यापारीक केन्द्रको रुपमा रहेको राप्ती गाउँपालिका १ भालुवाङ बजारमा विद्युत जाने वित्तीकै मोवाइलमा नमस्तेको नेटवर्क जाने गरेको छ ।
भालुवाङ पुल्चोकमा रहेको नमस्तेको विटिएस टावरमा व्याट्री ड्यामेज हुनुका साथै विद्युत भोल्टज कम भएका कारण विद्युत जाने वित्तीकै मोवाइलमा नमस्तेको नटवर्क जाने गरेको हो । विगत डेढ महिना देखिको समस्या अझै पनि हल हुन सकेको छैन । नेटवर्क नहुँदा यसको प्रत्यक्षमारमा सञ्चारकर्मी,सुरक्षाकर्मी, उद्योगी व्यापारीहरुलाई बढी पर्ने गरेको छ । यस क्षेत्रका जिम्मेवार व्यक्तिहरु जिम्मेवार नबन्दा यो समस्या हल हुन नसकेको स्थानीयहरुले बताएका छन् । यस विषयमा नेपाल टेलिकमका राप्ती अञ्चल इन्जीनियर चन्दन शाह सँग बुझ्दा अवको १ हप्ता भित्र नेटवर्क जाने समस्या हल हुने बताएका छन् । म अहिले काठमाण्डौमा छु, १÷२ दिन भित्र प्राविधिक सहितको टोली त्यहाँ पठाउछु । व्याट्रीको अवस्था हेरी नयाँ व्याट्री चेन्ज गरेपछि समस्या हल हुने शाहले बताएका छन् । लालमटियाको रेडियो राप्तीबाट ओमप्रकाश गुप्ताले खवर पठाउनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *