ओमप्रकाश गुप्ता
देउखुरी १ अषाढ । गढवा गाउँपालिकाको एक टोलीले बिहिवार यस आर्थिक बर्षमा वडा नम्बर ८ कोइलाबासका सबै गाउँहरुमा भएका बिकासे योजनाहरुको अनुगमन गरेको छ । गाउँपालिकाका उपाध्यक्ष तथा न्यायीक समितिका संयोजक शान्ती चौधरीको नेतृत्वमा इन्जीनियर सुर्यबहादुर रावत, सव–इन्जीनियरहरु लिलाधर गिरी तथा मदन जिसी, वडा नम्बर ८ का अध्यक्ष सद्दाम सिद्दिकी, कर्मचारी रामनरेश यादव र पत्रकार समेतको टोलीले विकासे योजनाहरुको अनुगमन गरेको हो ।
अनुगमनको क्रममा ८ लाखको लागतमा कोइलाबास देखि खबरीनाका सम्म तथा ९ लाखको लागतमा कोइलाबास देखि मुसीनाका सम्मको सडकको ट्रयाक खोलिएको, मुसी नाकामा ४ लाख ५० हजारको लागतमा बोक्सरे खोलाबाट ल्याइएको खानेपानी संकलन गर्न पक्की टेङकी निर्माण गरिएको, घङराल नाकामा १ लाख ५० हजारमा सिंचाई कुलो निर्माण गरिएको, ४० घरधुरी रहेको डाँडागाउँमा १०३ मिटर पक्की नाली सहित गाउँभरमा सडक विस्तारको १० लाखको योजना तथा कोइलाबास खोलामा जाने ४ वटा भ¥याङ निर्माण ४ लाख र कोइलाबास बजारमा बाढी नियन्त्रण गरी कटान रोक्न १० लाखको लागतमा बनाइएका ८८ थान तारजाली स्पर निर्माण, खबरी नाका कुलो सिंचाई तथा ड्याम निर्माण ६ लाख लगायतका योजनाहरुको अनुगमन गरिएको उपाध्यक्ष शान्ती चौधरीले जानकारी दिइन् । यसै गरी फूटकर योजनाहरुमा डाडाँगाउँमा बिद्युत्त विस्तार ४ लाख, हनुमानगढी मन्दीर रंगरोगन ५० हजार, सिमा प्रहरी चौकी तथा कोइलाबासको मुलगेट रंगरोगन र चर्पी निर्माण २ लाख ५० हजार, बिभिन्न गाउँमा सोलार जोड्न नसकेका उपभोक्ताका घरमा सोलार जडान २ लाख ५० हजार, सिसौरा गाउँमा खानेपानी टेङकी निर्माण, पाइपलाइन विस्तार र पम्पसेट खरिदमा ९० हजार, महिला वालवालिका भवनको १ कोठा थप संगै पलस्टर २३ लाख, तथा शवदाह स्थलमा प्रतिक्षालय निर्माणमा लगानी भएको ३ लाख, विद्यालयको १ कोठा भवन निर्माण र बिपन्न बर्गलाई बाख्रा वितरण १ लाख ५० हजार लगायतका योजनाहरु नियम संगत ढंगले सम्पन्न भएको अनुगमनको क्रममा पाइएको इन्जीनियर सुर्यबहादुर रावतले जानकारी दिए ।
खानेपानीको हाहाकार भएको कोइलाबासमा अब पानीको लागि गढवा गाउँपालिकाको सिमाक्षेत्र बिकास कार्यक्रम अन्र्तगत ३० लाखको लागतमा डिप बोरिङहरु गाड्ने तयारीका साथ सामानहरु आइसकेको उपाध्यक्ष शान्ती चौधरीले बताइन् । कोइलाबास खोलामा रहेका ढुङ्गाको ठेक्का पछि उत्खनन् हुँदा तथा कोइलाबास खोलामा भारतले बनाएको चेकड्याम खोलाले बगाए पछि खोलाको सतह गहिरिएर अहिले भ¥याङ बनाउनु पर्ने स्थिती आएको स्थानीय ८० बर्षिय नागरिक अनिसुल रहमा सिद्दीकीले । कोईलाबास बताए । खोलाको पुल समेत उच्च जोखिममा रहेकोले पुलको दक्षिण तर्फ र खोलाको दुवै भागमा जोखिमपुर्ण स्थानहरुमा १९ लाखको लागतमा चेकड्याम निर्माण र तारजाली तटबन्धनका लागि प्रतिमा निर्माण सेवा प्रालिले ठेक्का टेण्डर पाइसकेको र यसै बर्ष देखि काम सुरु हुने गढवा गाउँपालिकाले जनाएको छ । लालमटियाको रेडियो राप्तीबाट ओमप्रकाश गुप्ताले खवर पठाउनु भएको छ ।
